टोल विकास संस्थाबाटै सुशासन र आत्मनिर्भरता, सिकाइ आदान–प्रदानमा जोड

2 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ ३ गते । स्थानीयस्तरमा समुदायको विकास, सुशासन र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले टोल विकास संस्थाका पदाधिकारीबीच अन्तरजिल्ला सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

साउन ३१ गते सम्पन्न कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका–८ स्थित सीतानगर टोल विकास संस्था र बरहथवा नगरपालिका–११ हिरापुरस्थित नवजागरण टोल विकास संस्थाको अवलोकन गरिएको थियो।

अवलोकनका क्रममा सीतानगर टोल विकास संस्थाले समुदायबाटै स्रोत परिचालन गरी संस्थालाई आर्थिक रूपमा सबल बनाएको पाइएको थियो। संस्थाले सपोर्ट नेपालबाट प्राप्त १ लाख रुपैयाँबाट टेन्ट तथा आवश्यक सामग्री खरिद गरी टोलवासीलाई न्यूनतम शुल्कमा सेवा दिँदै आएको छ। टोलबाहिरका समुदायलाई समेत सामग्री भाडामा उपलब्ध गराएर संस्थाले आम्दानीको स्रोत निर्माण गरेको छ।

हाल संस्थासँग करिब ४ लाख रुपैयाँ बराबरका सामग्री रहेको जनाइएको छ। संस्थाले आर्थिक गतिविधिसँगै समुदायका विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ। टोलमा रहेको सामुदायिक विद्यालय र स्वास्थ्य चौकीको निगरानी, सरसफाइ तथा अन्य सामाजिक गतिविधिमा समेत संस्थाले भूमिका निर्वाह गरिरहेको छ।

त्यस्तै, बरहथवा–११ को नवजागरण टोल विकास संस्थाले पनि प्राप्त १ लाख रुपैयाँलाई सडक विस्तार तथा सरसफाइमा परिचालन गरेको थियो। अहिले संस्थाले सामूहिक लगानीमा सर्फ उत्पादन उद्योग सञ्चालन गरी आम्दानीको आधार तयार गरेको छ।

नवजागरण टोल विकास संस्थाले टोलमा देखिने सामाजिक समस्यालाई समेत प्राथमिकतामा राख्दै आएको छ। लैङ्गिक हिंसा न्यूनीकरण, सरसफाइ, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रम विभिन्न संघसंस्थासँगको समन्वयमा नियमित सञ्चालन हुँदै आएको बताइएको छ।

कार्यक्रममा सहभागी टोल विकास संस्थाका पदाधिकारीहरूले एउटै स्रोत र सहयोगलाई फरक ढंगले परिचालन गर्दा समुदायको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक परिणाम ल्याउन सकिने अनुभव साझा गरेका थिए।

स्थानीय तहमा नागरिकको सहभागिता बढाउँदै टोलस्तरबाटै विकास, निगरानी, उत्तरदायित्व र सुशासन कायम गर्न टोल विकास संस्थाको भूमिका प्रभावकारी बनाउनुपर्ने निष्कर्षसमेत कार्यक्रमबाट निकालिएको छ। यस किसिमको अन्तरजिल्ला भ्रमण तथा अनुभव आदान–प्रदानले सफल अभ्यासलाई अन्य टोलमा विस्तार गर्न सहयोग पुग्ने सहभागीहरूको भनाइ थियो।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

18 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

18 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

18 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

19 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..