सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। करिब पाँच वर्षअघि निर्माण सुरु भएको उक्त मन्दिर स्थानीय कुशवाहा समाजसँगै गाउँका सर्वसाधारणको महत्वपूर्ण सहयोगमा निर्माण सम्पन्न भई भोली शुक्रबार लवकुश प्रतिमाको प्राणप्रतिष्ठान हुने भएको छ ।
लवकुश मन्दिर प्राण–प्रतिष्ठा सेवा समितिका सचिव शत्रुघ्न महतोका अनुसार सार्वजनिक स्थलमा धार्मिक संरक्षण तथा धार्मिक–सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको हो। स्थानीयवासी तथा कुशवाहा समाजको सक्रिय सहयोगमा मन्दिर निर्माणको काम अघि बढाइएको छ ।
महतोका अनुसार मन्दिर निर्माणका लागि २०७७ सालको विजयादशमीको दिन शिलान्यास गरिएको थियो। त्यसपछि गाउँका प्रत्येक घरबाट पाँच हजार, १० हजार, दुई हजार तथा चार हजार रुपैयाँलगायत आफ्नो क्षमताअनुसार सहयोग संकलन गरिएको थियो। स्थानीय सहयोगसँगै पर्यटन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबाट समेत मन्दिर निर्माणका लागि सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
मन्दिर निर्माणको मुख्य उद्देश्य धार्मिक आस्थाको संरक्षणसँगै सार्वजनिक स्थललाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नु रहेको समितिले जनाएको छ। स्थानीयवासीको सहयोगमा मन्दिर निर्माण सम्पन्न हुने चरणमा पुगेपछि प्राण–प्रतिष्ठा कार्यक्रम आयोजना गर्न लागिएको हो।
प्राण–प्रतिष्ठाको अवसरमा तीन दिनसम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा साधु–सन्तका लागि भण्डारा तथा स्थानीय श्रद्धालुका लागि सामूहिक भण्डाराको व्यवस्था गरिने समितिले जनाएको छ। गंगासागरबाट कलश ल्याएर धार्मिक विधिअनुसार मन्दिरको प्राण–प्रतिष्ठा सम्पन्न गर्ने तयारी गरिएको छ।
सचिव महतोका अनुसार मन्दिर निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन तथा स्थानीय धार्मिक गतिविधिको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, मन्दिर निर्माण सम्पन्न भएपछि नियमित पूजा–पाठ तथा व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुने उहाँको भनाइ छ। दैनिक पूजाका लागि पुजारी, आर्थिक स्रोत तथा व्यवस्थापनको स्थायी व्यवस्था आवश्यक रहेको महतोले बताउनुभयो।
स्थानीयवासीको सहयोगमा मन्दिर निर्माण सम्भव भए पनि आगामी दिनमा नियमित पूजा, संरक्षण तथा व्यवस्थापनका लागि पनि सामूहिक सहभागिता आवश्यक रहेको समितिले जनाएको छ। मन्दिरलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय तह, सम्बन्धित निकाय तथा गाउँवासीको निरन्तर सहयोग आवश्यक रहेको बताइएको छ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
11 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
12 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
12 दिन पहिले