सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

2 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। करिब पाँच वर्षअघि निर्माण सुरु भएको उक्त मन्दिर स्थानीय कुशवाहा समाजसँगै गाउँका सर्वसाधारणको महत्वपूर्ण सहयोगमा निर्माण सम्पन्न भई भोली शुक्रबार लवकुश प्रतिमाको प्राणप्रतिष्ठान हुने भएको छ ।
लवकुश मन्दिर प्राण–प्रतिष्ठा सेवा समितिका सचिव शत्रुघ्न महतोका अनुसार सार्वजनिक स्थलमा धार्मिक संरक्षण तथा धार्मिक–सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गरिएको हो। स्थानीयवासी तथा कुशवाहा समाजको सक्रिय सहयोगमा मन्दिर निर्माणको काम अघि बढाइएको छ ।
महतोका अनुसार मन्दिर निर्माणका लागि २०७७ सालको विजयादशमीको दिन शिलान्यास गरिएको थियो। त्यसपछि गाउँका प्रत्येक घरबाट पाँच हजार, १० हजार, दुई हजार तथा चार हजार रुपैयाँलगायत आफ्नो क्षमताअनुसार सहयोग संकलन गरिएको थियो। स्थानीय सहयोगसँगै पर्यटन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाबाट समेत मन्दिर निर्माणका लागि सहयोग प्राप्त भएको उहाँले जानकारी दिनुभयो।
मन्दिर निर्माणको मुख्य उद्देश्य धार्मिक आस्थाको संरक्षणसँगै सार्वजनिक स्थललाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नु रहेको समितिले जनाएको छ। स्थानीयवासीको सहयोगमा मन्दिर निर्माण सम्पन्न हुने चरणमा पुगेपछि प्राण–प्रतिष्ठा कार्यक्रम आयोजना गर्न लागिएको हो।

प्राण–प्रतिष्ठाको अवसरमा तीन दिनसम्म विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा साधु–सन्तका लागि भण्डारा तथा स्थानीय श्रद्धालुका लागि सामूहिक भण्डाराको व्यवस्था गरिने समितिले जनाएको छ। गंगासागरबाट कलश ल्याएर धार्मिक विधिअनुसार मन्दिरको प्राण–प्रतिष्ठा सम्पन्न गर्ने तयारी गरिएको छ।

सचिव महतोका अनुसार मन्दिर निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन तथा स्थानीय धार्मिक गतिविधिको विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, मन्दिर निर्माण सम्पन्न भएपछि नियमित पूजा–पाठ तथा व्यवस्थापन गर्नु चुनौतीपूर्ण हुने उहाँको भनाइ छ। दैनिक पूजाका लागि पुजारी, आर्थिक स्रोत तथा व्यवस्थापनको स्थायी व्यवस्था आवश्यक रहेको महतोले बताउनुभयो।
स्थानीयवासीको सहयोगमा मन्दिर निर्माण सम्भव भए पनि आगामी दिनमा नियमित पूजा, संरक्षण तथा व्यवस्थापनका लागि पनि सामूहिक सहभागिता आवश्यक रहेको समितिले जनाएको छ। मन्दिरलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्थानीय तह, सम्बन्धित निकाय तथा गाउँवासीको निरन्तर सहयोग आवश्यक रहेको बताइएको छ।

12 comments
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 घन्टा पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 घन्टा पहिले

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..

2 घन्टा पहिले

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

2 घन्टा पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 घन्टा पहिले

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..

2 घन्टा पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

1 दिन पहिले

नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..

  नगराइन, ९ भदौ ।  औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..

8 दिन पहिले

बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..

  लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..

9 दिन पहिले

गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..

  जनकपुरधाम  भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..