मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवतीको उद्धार
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्षीया बालिकासहित दुई युवतीलाई सुरक्षित संरक्षणमा लिएको छ। घटनामा संलग्न रहेको आशंकामा दुई भारतीय युवालाई समेत नियन्त्रणमा लिइएको छ ।
४८औँ वाहिनी सशस्त्र सीमा बलअन्तर्गत ‘सी’ कम्पनी, पिपरौनको पिपरौन–जटही चेकपोस्टमा नियमित ड्युटी तथा सीमा जाँचका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारिएको एसएसबीले जनाएको छ ।
सीमा स्तम्भ नम्बर २८४÷३५ बाट करिब २० मिटर भारतीय भूमितर्फ भारतबाट नेपालतर्फ जाँदै गरेका दुई युवक र दुई युवतीलाई सुरक्षाकर्मीले रोकेर परिचय तथा सोधपुछ गरेका थिए। महिला सुरक्षाकर्मीको उपस्थितिमा युवतीहरूसँग छुट्टाछुट्टै सोधपुछसमेत गरिएको थियो।
सोधपुछका क्रममा दुवै युवतीको सम्बन्धित युवाहरूसँग करिब तीन महिनाअघि इन्स्टाग्राममार्फत चिनजान भएको खुलेको छ। त्यस्तै, करिब तीन दिनअघि उनीहरूलाई बेनीपट्टीमा आयोजित नृत्य कार्यक्रममा बोलाइएको र त्यसबापत ८ हजार रुपैयाँ दिइएको जानकारी प्राप्त भएको एसएसबीले जनाएको छ । प्राप्त सूचना र घटनाको परिस्थितिका आधारमा युवतीहरूलाई प्रलोभनमा पारेर नेपालतर्फ लैजान खोजिएको हुनसक्ने तथा उनीहरूलाई कुनै गैरकानुनी वा असामाजिक गतिविधिमा संलग्न गराउने प्रयास भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै एसएसबीले दुवै युवतीलाई सुरक्षित संरक्षणमा लिएको छ भने चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका युवाहरूमा मधुबनी जिल्ला, बेनीपट्टी निवासी करिब १९ वर्षीय कृष्णकुमार महतो र मानपुर, बेनीपट्टी निवासी करिब २२ वर्षीय अमितकुमार रहेका छन्। सुरक्षित संरक्षणमा लिइएका युवतीमध्ये एक १३ वर्षीया बालिका र अर्की १८ वर्षीया युवती पश्चिम बंगाल निवासी रहेको जनाइएको छ। नाबालिगसहित युवतीहरूको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै उनीहरूको नाम, मोबाइल नम्बर तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै युवतीलाई हरलाखी प्रहरीको उपस्थितिमा सम्बन्धित गैरसरकारी संस्था (एनजीओ)को जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ। नियन्त्रणमा रहेका दुवै युवकमाथि हरलाखी प्रहरीले नियमानुसार थप कानुनी कारबाही अघि बढाइरहेको एसएसबीले जनाएको छ । एसएसबीले यस घटनामा आफ्ना जवानहरूले उच्च सतर्कता, त्वरित कारबाही र मानवीय संवेदनशीलता प्रदर्शन गरेको जनाएको छ। विशेषगरी नाबालिग बालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ । ४८औँ वाहिनी सशस्त्र सीमा बल, जयनगरका कमान्डेन्टले महिला तथा बालबालिकाको सुरक्षा एसएसबीको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका छन्। सीमा क्षेत्रमा मानव तस्करी तथा अन्य शंकास्पद गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीहरू निरन्तर सतर्क रहेको र कुनै पनि शंकास्पद गतिविधिको सूचना प्राप्त भए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी कारबाही गरिने उनले बताए।
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
53 मिनट पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
53 मिनट पहिले
मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..
जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..
1 घन्टा पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
2 दिन पहिले
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
2 दिन पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
53 मिनट पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
2 दिन पहिले
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
2 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
2 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
5 दिन पहिले

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..