मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवतीको उद्धार
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्षीया बालिकासहित दुई युवतीलाई सुरक्षित संरक्षणमा लिएको छ। घटनामा संलग्न रहेको आशंकामा दुई भारतीय युवालाई समेत नियन्त्रणमा लिइएको छ ।
४८औँ वाहिनी सशस्त्र सीमा बलअन्तर्गत ‘सी’ कम्पनी, पिपरौनको पिपरौन–जटही चेकपोस्टमा नियमित ड्युटी तथा सीमा जाँचका क्रममा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारिएको एसएसबीले जनाएको छ ।
सीमा स्तम्भ नम्बर २८४÷३५ बाट करिब २० मिटर भारतीय भूमितर्फ भारतबाट नेपालतर्फ जाँदै गरेका दुई युवक र दुई युवतीलाई सुरक्षाकर्मीले रोकेर परिचय तथा सोधपुछ गरेका थिए। महिला सुरक्षाकर्मीको उपस्थितिमा युवतीहरूसँग छुट्टाछुट्टै सोधपुछसमेत गरिएको थियो।
सोधपुछका क्रममा दुवै युवतीको सम्बन्धित युवाहरूसँग करिब तीन महिनाअघि इन्स्टाग्राममार्फत चिनजान भएको खुलेको छ। त्यस्तै, करिब तीन दिनअघि उनीहरूलाई बेनीपट्टीमा आयोजित नृत्य कार्यक्रममा बोलाइएको र त्यसबापत ८ हजार रुपैयाँ दिइएको जानकारी प्राप्त भएको एसएसबीले जनाएको छ । प्राप्त सूचना र घटनाको परिस्थितिका आधारमा युवतीहरूलाई प्रलोभनमा पारेर नेपालतर्फ लैजान खोजिएको हुनसक्ने तथा उनीहरूलाई कुनै गैरकानुनी वा असामाजिक गतिविधिमा संलग्न गराउने प्रयास भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै एसएसबीले दुवै युवतीलाई सुरक्षित संरक्षणमा लिएको छ भने चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।
नियन्त्रणमा लिइएका युवाहरूमा मधुबनी जिल्ला, बेनीपट्टी निवासी करिब १९ वर्षीय कृष्णकुमार महतो र मानपुर, बेनीपट्टी निवासी करिब २२ वर्षीय अमितकुमार रहेका छन्। सुरक्षित संरक्षणमा लिइएका युवतीमध्ये एक १३ वर्षीया बालिका र अर्की १८ वर्षीया युवती पश्चिम बंगाल निवासी रहेको जनाइएको छ। नाबालिगसहित युवतीहरूको सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै उनीहरूको नाम, मोबाइल नम्बर तथा अन्य व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन।
आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै युवतीलाई हरलाखी प्रहरीको उपस्थितिमा सम्बन्धित गैरसरकारी संस्था (एनजीओ)को जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ। नियन्त्रणमा रहेका दुवै युवकमाथि हरलाखी प्रहरीले नियमानुसार थप कानुनी कारबाही अघि बढाइरहेको एसएसबीले जनाएको छ । एसएसबीले यस घटनामा आफ्ना जवानहरूले उच्च सतर्कता, त्वरित कारबाही र मानवीय संवेदनशीलता प्रदर्शन गरेको जनाएको छ। विशेषगरी नाबालिग बालिकाको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ । ४८औँ वाहिनी सशस्त्र सीमा बल, जयनगरका कमान्डेन्टले महिला तथा बालबालिकाको सुरक्षा एसएसबीको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताएका छन्। सीमा क्षेत्रमा मानव तस्करी तथा अन्य शंकास्पद गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीहरू निरन्तर सतर्क रहेको र कुनै पनि शंकास्पद गतिविधिको सूचना प्राप्त भए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी कारबाही गरिने उनले बताए।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
11 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
12 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
13 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
13 दिन पहिले