जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गरे सार्वजनिक
47 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको आह्वानमा करिब ४० वटा व्यवसायिक तथा सामाजिक संघ–संस्थाले राहत सामग्री संकलन गरेका छन्। संघले चार दिनसम्म सञ्चालन गरेको अभियानबाट करिब एक करोड रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, कम्बललगायतका सामग्री संकलन भएको जनाएको छ । मंगलबार जनकपुरधाम उद्योग वाणिजय संघमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको छ । संकलित सामानहरु बुधबार गन्तव्यतिर लाग्ने राहत संकलन सििमतका संयोजक तथा जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभएको छ ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीले देशमा विभिन्न समयमा आउने संकट तथा विपद्का बेला जनकपुरका उद्योगी–व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो। उहाँका अनुसार पछिल्लो विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले संघले आह्वान गरेपछि छोटो समयमै विभिन्न क्षेत्रका करिब ४० व्यवसायिक तथा सामाजिक संस्था अभियानमा जोडिएका हुन्। भण्डारीले करिब ८० जना उद्योगी–व्यवसायी तथा विभिन्न संस्थाले प्रत्यक्ष रूपमा सहयोग गरेको जानकारी दिनुभयो। संघका पूर्वअध्यक्ष, वर्तमान कार्यसमिति, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न संघ–संस्थाको समन्वयमा राहत सामग्री संकलन, प्याकिङ र व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। संकलित सामग्री अब गाडीमार्फत सम्बन्धित विपद् प्रभावित क्षेत्रमा पु¥याएर व्यवस्थित रूपमा वितरण गरिनेछ ।
राहत संकलन समितिका संयोजक जितेन्द्र महासेठका अनुसार अभियानअन्तर्गत महिला, पुरुष तथा बालबालिकाका लागि आवश्यक विभिन्न प्रकारका कपडा तथा सामग्री संकलन भएका छन् । संकलित सामग्रीमा १ हजार ३ सय ७० थान लेडीज सुट, १४५ थान साडी, ७६५ सेट बालबालिकाका कपडा, ४६५ थान जिन्स पाइन्ट, १ हजार ५ सय ८२ थान जिन्स भेस्ट, २२० थान लेडीज सल, २१३ थान जिन्स ज्याकेट र १ हजार ३ सय ४४ सेट ट्र्याकसुट रहेका छन्। त्यस्तै, १८१ थान लेडीज चप्पल, २५८ थान लेडीज जुत्ता, ३९५ थान बालबालिकाका जुत्ता, ५५६ थान म्याजिक चप्पल, ५० थान कम्बल, ७३ थान बेडसिट र २० थान झुल पनि संकलन गरिएको महासेठले जानकारी दिनुभयो। एक थान सिलाइ मेसिनसमेत राहत सामग्रीमा समावेश छ। त्यस्तै हार्डवेयर व्यवसायी संघको तर्फबाट दुई सय एक थान त्रिपाल सहयोग गरिएको छ । खाद्यान्नतर्फ २५ किलोका १२५ बोरा चामल, २१ बोरा सोयाबिन, एक बोरा दाल, चार बोरा नुन, ४१ बोरा चिउरा, २८ बोरा मोरी र ३१ बोरा चाउचाउ संकलन गरिएको छ। त्यसैगरी तीन बोरा डायपर, तीन बोरा प्याड, ७५ थान फ्राइप्यान, ७५ थान कडाइ, एक कार्टुन चियापत्ती, थाली, कचौरा, गिलास, फिनेल तथा ट्वाइलेट क्लिनरलगायतका सामग्री पनि संकलन भएका छन्।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले पनि राहत अभियानमा सहयोग गर्दै १० थान त्रिपाल, १५० थान कम्बल, १५० थान डोरी, १५० थान बाल्टिन, १४५ थान जग र २५ थान सुपानेट झुल उपलब्ध गराएको छ। रेडक्रसले ५० थान चार सिट तथा १५० वटा पारिवारिक किटसमेत उपलब्ध गराएको महासेठले बताउनुभयो। उक्त किटमा प्लेट, गिलास, कचौरा तथा अन्य आवश्यक घरायसी सामग्री समावेश छन्। पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले पनि विपद्को सुरुदेखि नै राहत तथा उद्धारका लागि सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार मन्त्रिपरिषद्ले प्रदेशका पदाधिकारी तथा कर्मचारीबाट एक दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री यादवले करिब दुई करोड रुपैयाँ बराबरका टेन्ट तथा कम्बल तयारी अवस्थामा रहेको जानकारी दिँदै आगामी चरणमा १० करोड रुपैयाँभन्दा बढीको राहत सामग्री प्रभावित गाउँ तथा स्थानीय तहसँग समन्वय गरी वितरण गर्ने तयारी भइरहेको बताउनुभयो। कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र ठाकुर, पूर्व सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, पूर्व मेयर लालकिशोर साह तथा नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन साहलगायतले राहत अभियान तथा विपद् व्यवस्थापनका विषयमा धारणा राख्नुभएको थियो। पत्रकार सम्मेलनमा संघका पूर्वअध्यक्ष, वर्तमान कार्यसमितिका पदाधिकारी, वस्तुगत संगठनका प्रतिनिधि, उद्योगी–व्यवसायी, समाजसेवी तथा सञ्चारकर्मीको सहभागिता थियो। कार्यक्रमको उद्घोषण संघका महासचिव फुलदेव पण्डितले गर्नुभएको थियो।
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
43 मिनट पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
43 मिनट पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
47 मिनट पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
13 घन्टा पहिले
मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..
जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..
13 घन्टा पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
43 मिनट पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
13 घन्टा पहिले
मानव तस्करीको आशंका विफल, १३ वर्षीया बालिकासहित दुई युवत..
जनकपुरधाम भदौँ २३ गते । सशस्त्र सीमा बल (एसएसबी)ले मानव तस्करीको आशंकामा भारतबाट नेपालतर्फ लैजाँदै गरिएका १३ वर्..
13 घन्टा पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
2 दिन पहिले
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..
2 दिन पहिले
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..
3 दिन पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
मैथिली साहित्यक दिग्गज साहित्यकार डा. रेवतीरमण लालक निध..
जनकपुरधाम२१ गते भादब । मैथिली साहित्य जगतक वरिष्ठ साहित्यकार, लेखक तथा चिन्तक डा. रेवतीरमण लालक निधन भेल अछि । हुन..