महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सम्झौता
54 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईदिने सार्वजनिक खरिद तथा बिजनेस टु बिजनेस (बीटुबी) बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न नौ व्यवसायबीच उत्पादनको खरिद तथा बिक्री–वितरणसम्बन्धी सम्झौता भएको छ ।
युरोपेली संघको सहयोगमा संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) ले आयोजना गरेको कार्यक्रममा करिब ४० जना क्रेता तथा बिक्रेताको सहभागिता थियो। कार्यक्रममा महिला उद्यमी र सम्भावित क्रेताबीच प्रत्यक्ष व्यावसायिक छलफल तथा सम्पर्क स्थापित गराइएको थियो । कार्यक्रमको पहिलो दिन मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले उद्घाटन गर्नुभएको थियो। उद्घाटनका क्रममा उहाँले महिला सशक्तीकरणलाई राजनीतिक सहभागितामा मात्र सीमित नराखी सामाजिक तथा आर्थिक क्षेत्रमा समेत विस्तार गर्नुपर्ने बताउनुभयो।
महिलाले उद्यम सुरु गरे पनि उत्पादनको बजार सुनिश्चित नहुँदा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्री थापाले महिला उद्यमीलाई बजारसँग जोड्ने पहल आवश्यक रहेको बताउनुभयो ।
बीटुबी बैठकमा मिथिला चित्रकला, स्थानीय मसौरा, लहचुरा, बाँसका सामग्री, तरकारीलगायत स्थानीय उत्पादनको खरिद तथा बिक्री–वितरण विस्तारका विषयमा छलफल भएको थियो। क्रेता तथा बिक्रेताबीच उत्पादनको गुणस्तर, मूल्य, बजार माग, आपूर्ति क्षमता तथा खरिद–बिक्रीका सम्भावनाबारे प्रत्यक्ष छलफल गरिएको आयोजकले जनाएको छ । महिला उद्यमीहरूले उद्यम सञ्चालनका लागि सीप, स्रोत तथा अन्य सहयोग पाए पनि उत्पादनपछि बजार खोज्नु अझै चुनौतीपूर्ण रहेको बताएका छन्। आफ्ना उत्पादनले नियमित बजार पाउने अवस्था सिर्जना हुँदा व्यवसायलाई निरन्तरता दिन थप उत्साह मिल्ने उनीहरूको भनाइ छ।
कार्यक्रममा सहभागी एक महिला उद्यमीले सम्भावित क्रेतासँग प्रत्यक्ष भेटेर उत्पादन तथा व्यवसाय विस्तारका विषयमा छलफल गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताइन्। नियमित क्रेतासँग सम्बन्ध स्थापित गर्न सके उत्पादन बिक्रीका साथै व्यवसायलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज हुने उनको भनाइ थियो । आयोजकका अनुसार महिला उद्यमीलाई तालिम, सीप तथा व्यवसाय सञ्चालनका लागि सहयोग उपलब्ध गराउनुका साथै उनीहरूले उत्पादन गरेका वस्तुलाई बजार र क्रेतासँग जोड्न बीटुबी बैठक आयोजना गरिएको हो। यसबाट महिला उद्यमीको बजार पहुँच विस्तार हुनुका साथै स्थानीय उत्पादनको बिक्री–वितरण र व्यावसायीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममार्फत मिथिला क्षेत्रका स्थानीय उत्पादन तथा हस्तकलालाई व्यावसायिक बजारसँग जोड्ने प्रयास गरिएको छ। मिथिला चित्रकला, मसौरा, लहचुरा, बाँसका सामग्री तथा कृषि उत्पादनलाई थप बजारमा पु¥याउन महिला उद्यमी, निजी क्षेत्र र स्थानीय बजारबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
54 मिनट पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
59 मिनट पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
5 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
6 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
7 मिनट पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
59 मिनट पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
5 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
6 दिन पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
6 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
7 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..