जवानले तोड्यो पठान र गदर २ को रेकर्ड, ३ दिनमा ३५० करोड कमाइ
2 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौं,भदौ २५ गते । यसै वर्ष जनवरीमा रिलिज भएको फिल्म ‘पठान’ मार्फत शाहरुख खान ४ वर्षपछि ठूलो पर्दामा फर्किएका छन् । शाहरुखले आफ्नो जासूसी अवतारमा बक्स अफिसमा बलिउड उद्योगको सबैभन्दा कमाई गर्ने फिल्म दिएका छन् । अब ८ महिनापछि शाहरुखको नयाँ फिल्म ‘जवान’ हलमा चलिरहेको छ । यदि ‘पठान’ शाहरुखको कमब्याक थियो भने ‘जवान’ बाट उनले बक्स अफिसमा आफ्नो राज गर्दैछन् ।‘जवान’ मा शाहरुख यस्तो अवतारमा देखिएका छन्, जसमा उनी पहिले कहिल्यै देखिएका थिएनन् । शाहरुखको एक्सन, इन्टेन्स लुक्स र स्वैगको क्रेज सिनेमाघरमा यति हदसम्म चलिरहेको छ कि यो साताको अन्त्यमा सिनेमाघरमा ‘जवान’ को टिकट पाउन मुस्किल भएको छ ।बिहीबार सिनेमाघरमा रिलिज भएको ‘जवान’ बलिउडको इतिहासमा सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको छ । शुक्रबार कामको दिन भएकाले फिल्मको कमाईमा केही ह्रास आएको थियो तर शनिबार शाहरुखको फिल्मको लागि यस्तो उछाल ल्यायो जसले ठूलो चमत्कार गरेको छ ।
पहिलो दिन ७५ करोड कमाएको ‘जवान’ले शुक्रबार केही गिरावट सहित दोस्रो दिन भारतमा ५३ करोडभन्दा बढीको कलेक्सन गरेको थियो । तर शनिबार फिल्मले बक्स अफिसमा यति ठूलो फड्को मारेको छ कि तेस्रो दिनको कमाई झण्डै पहिलो दिनको स्तरमा पुगेको छ ।तेस्रो दिन ‘जवान’को देशमा ७३ देखि ७५ करोड रुपैयाँसम्म नेट कलेक्सन भएको ट्रेड रिपोर्टले देखाएको छ । अर्थात् तीन दिनमै शाहरुखको फिल्मले भारतमा २०० करोडको आँकडा पार गरेको छ । शनिबारपछि ‘जवान’को नेट कलेक्सन २०१ करोडभन्दा बढी छ ।जनवरीमा जब शाहरुखको फिल्म ‘पठान’ ले ४ दिनमा देशमा २०० करोडभन्दा बढी कमाइ गरेको थियो । तर अहिले ‘जवान’ तीन दिनमा यो आँकडा पुग्ने सबैभन्दा छिटो बलिउड फिल्म बनेको छ । शाहरुखका दुवै फिल्मपछि यो वर्ष रिलिज भएको ‘गदर २’ तेस्रो स्थानमा छ । सन्नी देओलको फिल्मले ५ दिनमा २०० करोडको आँकडा पार गरेको थियो ।हिन्दी चलचित्रको इतिहासमा तेस्रो दिन सर्वाधिक कमाई गर्ने कीर्तिमान ‘गदर २’ ले बनाएको थियो । गत महिना रिलिज भएको यो फिल्मले तेस्रो दिन ५१.७ करोड कमाएको थियो । त्यसअघि रिलिजको पहिलो शनिबारको सबैभन्दा धेरै कलेक्सन ५१.५ करोड शाहरुखको ‘पठान’को नाममा थियो । अहिले यी दुवै कीर्तिमान ‘जवान’को नाममा छन् ।‘जवान’ ले दुई दिनमै विश्वव्यापी रूपमा २४० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो । तेस्रो दिन फिल्मले भारतमा नै करिब ९० करोडको कलेक्सन गरेको छ भने शनिबार विदेशी बजारमा पनि फिल्मले राम्रो बृद्धि गरेको छ । अन्तिम तथ्याङ्क बाहिर आउँदासम्म ‘जवान’ को तेस्रो दिनको विश्वव्यापी कुल कलेक्सन १२५ करोडभन्दा बढी हुनेछ । अर्थात् शाहरुखको फिल्मले मात्र तीन दिनमा विश्वव्यापी बक्स अफिसमा ३५० करोडभन्दा बढी कलेक्सन गरेको छ ।साभार : डिसी नेपाल
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
8 घन्टा पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
8 घन्टा पहिले
सशक्तिकरण परियोजनाको धनौजीमा सामाजिक लेखा परिक्षण सम्प..
जनकपुरधाम पुस ११ गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि धनुषाको धनौजी गाउँपालकामा संचालनमा रहेको सश..
8 घन्टा पहिले
सशक्तिकरण परियोजनाको मटिहानीमा सामाजिक लेखा परिक्षण सम..
जनकपुरधाम पुस १० गते ।नेपालमा शान्तिपुर्ण र समावेशी समुदायको लागि महोत्तरीको मटिहानीमा संचालनमा रहेको सशक्तिक..
1 दिन पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
3 दिन पहिले
पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हिसँ शुरू ..
जनकपुरधाम पुस ८ गते । जनकपुरधाममे पाँचम अन्तरविद्यालय क्रिकेट प्रतियोगिता काल्हि सँ शुरू होय रहल अछि । बाह..
3 दिन पहिले
शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई ..
बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..
1 वर्ष पहिले
आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेट..
काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्..
2 वर्ष पहिले
निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे
काठमाडौं,वैशाख २० गते । ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..
2 वर्ष पहिले
अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..
काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..
2 वर्ष पहिले
रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित
काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..
2 वर्ष पहिले
सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा
काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी ..
2 वर्ष पहिले
एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे
जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..
मधेसमे जलवायु संकटके प्रभाव आदिवासी आ अपाङ्ग समुदायपर अ..
जनकपुरधाम, ७ पुस ।मधेस प्रदेशमे जलवायु परिवर्तनके असर सबसँ बेसी दलित, आदिवासी–जनजाति आ अपाङ्गता भेल व्यक्ति..
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
खान–पानमे सुधार आ नियमित व्यायाम सँ नसैला रोग सँ बचाव सं..
जनकपुरधाम, पुस ७ । नेपालमे होबबला मृत्युके ७१ प्रतिसत बिना सरुवा रोग (नन–कम्युनिकेबल डिजिज) सँ भरहल यृ नमहर सम..