सिकारु टोलीविरुद्ध नेपालको दबदबा : टी-२० अन्तर्राष्ट्रियमा विश्व कीर्तिमानहरूको पुनर्लेखन

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं,असोज १० गते । एसियन गेम्समा नेपालले पुरुष क्रिकेटतर्फ मंगोलियाविरुद्ध दबदबापूर्ण जित हासिल गरेको छ । कमजोर प्रतिद्वन्द्वीलाई क्रिकेटको पाठ सिकाउने क्रममा नेपालले विश्व कीर्तिमानहरुको बिस्कुन लगायो ।खेल पूर्व गुगलले नेपालको जित सम्भावना ९९.५ प्रतिशत देखाउनुले नै बुझ्न सकिन्छ कि यो कुनै प्रतिस्पर्धात्मक खेल हुनेवाला थिएन ।अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै उपस्थिति देखाउन नसकेको मंगोलिया र एसोसियट्स राष्ट्रमा अब्बल नेपालबीचको खेल एकपक्षीय हुने त पूर्वनिश्चित थियो । तर, नेपालले यति विशाल जितको चाहिँ अनुमान थिएन ।पहिलो ओभरबाटै मंगोलियाको स्तर उजागर भइसकेको थियो । उनीहरूको बलिङमा कुनै धार थिएन, कुनै लय थिएन । बललाई दुई लाइनभित्र राख्न नै संघर्ष गरिरहेका थिए । यति फितलो बलिङ कि नेपाली ब्याट्सम्यानका लागि भिडिओ गेम खेलेजस्तो भयो ।उदेकलाग्दो चाहिँ के भने यस्तो बलिङमा पनि नेपालका ओपनिङ जोडी सस्तैमा आउट भयो त्यो पनि १०० भन्दा कमको रनरेटमा ब्याटिङ गर्दै । भारतजस्तो टिमलाई हराबरा खेलाएका आक्रामक ओपनर कुशल भुर्तेलले २३ बलको सामना गर्दा १७ रन मात्रै जोड्नु आश्चर्यजनक थियो । अर्का ओपनर आसिफ शेखले पनि १७ बलमा १६ रन मात्रै जोड्न सके । कुशल मल्ल क्रिजमा आएपछि बल्ल रनको तुफान सुरु भएको थियो । यदि सुरुबाटै विष्फोटक खेलेको भए सायद नेपालले ३५० रन कटाउन सक्थ्यो ।

मंगोलियाको फिल्डिङ उस्तै झूर थियो । उनीहरूले कयौँ क्याच मिस गरे । कयौँ बाउन्ड्री छोडे । क्रिकेटको आधारभूत सीपकै कमी देखियो । नेपालले अतिरिक्त २९ रन पाएको थियो, जसमा २० वाइड र ७ नोबल थिए ।जे भए पनि नेपालले कमजोर टिममाथि दादागिरी देखाएकै हो । टी–२० क्रिकेटमा २७३ रनको जित अविश्वसनीय मान्नुपर्छ । नेपालले बनाएको ३१४ रन पनि दुर्लभ हो । यीबाहेक आजको म्याचमा नेपालले अरू पनि विश्व कीर्तिमान राखेको छ ।

सर्वाधिक फराकिलो जित

नेपालले मंगलोलियाविरुद्ध हासिल गरेको २७३ रनको जित टी–२० क्रिकेटमा सर्वाधिक धेरै रनको जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकले टर्की विरुद्ध २५७ रनको जित हासिल गरेको थियो । टी–२० अन्तर्राष्ट्रियमा तीन पटक मात्रै २ सय रनभन्दा ठूलो अन्तरले जित–हार भएको छ ।नेपालले यसअघि सबैभन्दा ठूलो जितको रेकर्ड नेदरल्यान्ड्सविरुद्ध राखेको थियो । खेलमा नेपालले बलियो एसोसिएट टिम नेदरल्यान्ड्सलाई १४२ रनले हराएको थियो ।

सर्वाधिक ठूलो स्कोर

नेपालले पहिलो इनिङमा २० ओभर ब्याटिङ गर्दै ३ विकेट गुमाएर ३१४ रन जोड्यो । नेपालले १५।७० को रनरेटमा यो स्कोर खडा गरेको हो ।अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० मा कुनै पनि टिमले ३०० को स्कोर छुन सकेका थिएनन् । सन् २०१९ मा अफगानिस्तानले आयरल्यान्ड विरुद्ध बनाएको २७८ रन टी–२० अन्तर्राष्ट्रियमा बनेको सबैभन्दा ठूलो स्कोर थियो ।नेपालले त्यो स्कोरलाई निकै पछाडि छोडेको छ । नेपालले बनाएको यो कीर्तिमान तोडिन लामो समय लाग्न सक्छ ।

सर्वाधिक छिटो शतक

नेपालका कुशल मल्लले टी–२० क्रिकेटमा सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेका छन् । उनले ३४ बलमै शतक पुरा गरे ।यसअघि फास्टेस्ट हन्ड्रेडको कीर्तिमान तीन ब्याट्सम्यानको संयुक्त नाममा थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले बंगलादेशविरुद्ध भारतका रोहित शर्माले श्रीलंकाविरुद्ध र चेक रिपब्लिकका एस विक्रमशेखराले टर्कीविरुद्ध ३५ बलमा शतक बनाएका थिए ।नेपालका विष्फोटक ब्याट्सम्यान कुशलले मंगोलियाको कमजोर बलिङमाथि निर्दयी आक्रमण गरे । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ५० बल खेल्दा १२ छक्का र ८ चौका प्रहार गरेका थिए ।

सर्वाधिक छिटो अर्धशतक

आजको खेलमा सबैभन्दा अविश्वसनीय प्रदर्शन चाहिँ दीपेन्द्रसिंह ऐरीले गरे । उनले ९ बलमै अर्धशतक बनाएका छन् । यो अब भविष्यमा पनि कहिल्यै तोडिन नसक्ने रेकर्ड हो । बढीमा कसैले बराबरीसम्म गर्न सक्छ ।१८.१ ओभरमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । नेपालले खेल्नका लागि केवल ११ बल बाँकी थियो । दीपेन्द्रले अर्धशतक बनाउलान् भन्ने कुनै कल्पना नै थिएन । अर्को इन्डमा कुशल मल्ल आफ्नो विष्फोटक अवतारमा थिए ।तर, दीपेन्द्रले अन्तिम दुई ओभरमा यसरी ब्याटिङ गरे कि कुशलको कीर्तिमान शतक समेत छायाँमा पर्‍यो । १८।२ ओभरमा छक्का हान्दै दीपेन्द्रले आफ्नो खाता खोलेका थिए । त्यसपछि उनले छक्कामा मात्रै डिल गरे । आफूले सामना गरेका ६ बलमा उनले छ छक्का हाने ।टी–२० मा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारत युवराज सिंहको नाममा छ । दीपेन्द्रले भने एउटा ओभरमा पाँच र अर्को ओभरमा एक गरी लगातार ६ छक्का हानेका हुन् । त्यसपछिको एक बलमा उनले २ रन मात्रै लिएर थकाइ मारे । फेरि दुई बलमा लगातार छक्का हान्दै आफ्नो अर्धशतक पूरा गरे ।भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएर राखेको विश्व कीर्तिमान दीपेन्द्रले तोडेका छन् । सिंहले सन् २००७ मा ईङ्ग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक बनाएका थिए, जसमा एकै ओभरमा ६ छक्का हानेका थिए ।

पहिलो ६ बलमा छ छक्का

दीपेन्द्रले आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का हाने । यो पनि एउटा अद्भुत विश्व कीर्तिमान हो । कुनै पनि ब्याट्सम्यानले आफूले सामना गरेका ६ बलमा छ छक्का हान्ने सायद कल्पनासम्म गर्न सक्दैनन् ।मंगोलियाका बलरले ६ वटै बल मिडल र लेगस्टम्पबीचमा फ्याकेका थिए । त्यो दीपेन्द्रका लागि हिटिङ जोन थियो । उनले ५ बल अन साइडमा र १ छक्का अफ साइडमा हिर्काए । उनी छक्काबाहेक अरू केही हान्ने मुडमै थिएनन् ।

तेस्रो नम्बरमा सर्वाधिक रन

कुशल मल्लले तेस्रो नम्बरमा आएर बनाएको १३७ रन पनि विश्वकीर्तिमान हो । टी२० मा चौथो नम्बरमा यति ठूलो स्कोर कुनै ब्याट्सम्यानले बनाउन सकेका थिएनन् ।न्यूजिल्यान्डका ब्रान्डेम म्याकुलमले बंगलादेशविरुद्ध सन् २०१२ मा १२३ रनको इनिङ खेलेका थिए । अहिलेसम्म तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको सर्वाधिक ठूलो स्कोर यही थियो । कुशलले यादवको कीर्तिमानलाई तोडिदिएका छन् ।

चौथो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी

आज बनेको अर्को कीर्तिमान भनेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी पनि हो । कुशल मल्ल र रोहित पौडेलबीच १९३ रनको साझेदारी भएको थियो ।यसअघि टी–२० मा तेस्रो विकेटका लागि सर्वाधिक ठूलो साझेदारीको विश्व कीर्तिमान न्यूजिल्यान्डका डीपी कोनवे र जिडी फिलिप्सको नाममा थियो । उनीहरूले सन् २०२०मा वेस्ट इन्डिजविरुद्धको खेलमा १८४ रनको साझेदारी गरेका थिए ।

एउटै म्याचमा सर्वाधिक छक्का

नेपालले एउटै टी–२० म्याचमा सर्वाधिक छक्काको कीर्तिमान पनि आज राखेको छ । २० ओभर ब्याटिङ गर्दा नेपालका ब्याट्सम्यानहरूले २६ छक्का प्रहार गरे । कुशल मल्लले १२, रोहित पौडेलले ६ र दीपेन्द्रसिंह ऐरीले ८ छक्का प्रहार गरेका थिए ।एउटै टी–२० इनिङमा सर्वाधिक छक्काको कीर्तिमान अफगानिस्तान र वेस्ट इन्डिजको नाममा थियो । सन् २०१९ मा आयरल्यान्डविरुद्धको म्याचमा अफगान ब्याट्सम्यानहरूले २२ छक्का प्रहार गरेका थिए । यस्तै वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्ध सन् २०२३ मा २२ छक्का हानेको थियो । यी दुवै टिमको संयुक्त कीर्तिमान आज नेपालले तोडिदिएको छ ।व्यक्तिगत सर्वाधिक शतक बनाउनेको सूचीमा भने कुशल मल्ल सातौँ स्थानमा छन् । एउटै म्याचमा सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको सूचीमा अफगानिस्तानका अज्रातुल्लाह जदाइको नाममा छ । उनले आयरल्यान्डविरुद्धको म्याचमा १६ छक्का हानेका थिए ।

साभार : नेपाल प्रेस

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

19 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

19 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

21 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..

3 वर्ष पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..