आज विश्व रेबिजविरुद्धको दिवस मनाइँदै

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं , असोज ११ गते ।   विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरूकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ ।यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश पारेको छ । यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रूपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए ।यस दिवसको उद्देश्य रेबिजविरुद्धको लडाइँमा सबै समूह, सङ्गठन र सरोकारवालालाई एकजुट गराउने हो । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको दिवसको रूपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको थियो ।

 नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्र्दभमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउनुहुन्छ । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ ।
 इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।यस्तै आव २०७५/७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।

गत आवमा दुई लाख ५० हजार, ‘एआरभी’ भायल खोप खपत भएको थियो । महाशाखाका अनुसार आव ०७०/७१ मा नेपालमा रेबिजका कारण १० जनाको मृत्यु भएको थियो ।आव ०७१/७२ मा १३ जना, आव ०७२/७३ मा छ जना, आव ०७३/७४ मा आठ, आव ०७४/७५ मा ३२ जना र आव ०७५/७६ मा १८ जनाको रेबिजका कारण मृत्यु भएको थियो । तर पछिल्ला वर्षहरुको तथ्याङ्कमा रिपोर्ट भएका जनावरको टोकाइका घटनाको सङ्ख्यामा उतारचढाव आए पनि रेबिजको मृत्युको सङ्ख्या गत वर्षको तुलनात्मक रूपमा बढ्दै गएको महाशाखाका अधिकारी बताउँछन् ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठले भने, ‘टोक्नासाथ रेबिजविरुद्धको खोप लगाएमा यो रोगबाट बच्न सकिन्छ । अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ, र धेरैजसो अवस्थामा मृत्यु हुन्छ ।’ रेबिजबारे भ्रमलाई चिर्न यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक भएको उनले बताए ।जनावरले टोक्ने बित्तिकै बगिरहेको, धाराको पानीमा १५ मिनेटसम्म सफा गर्नेपर्ने उनको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा यसविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । चिकित्सकका अनुसार घाउमा बेसार, खुर्सानी दल्ने चलन छ, त्यसले सङ्क्रमण झन बढ्ने जोखिम हुन्छ ।साभार : नेपाल प्रेस

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

13 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

14 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

14 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

14 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

14 घन्टा पहिले

शान्ति पुनस्र्थापना गृहको पहलमा धनुषाका बालिकालाई à..

बटुकनाथ झा जनकपुरधाम असोज ६ गते ।धनुषा जिल्लाको एक जना १७ वर्षिय बालिकालाई चार जनाले अपहरणशैलीमा भारतको गुजरात र..

2 वर्ष पहिले

आसिफ र अनिलको अर्धशतकमा वेस्टइन्डिज एमाथि नेपाल ६ विकेटà..

काडमाडाैं, वैशाख २२ : वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शनिबार कीर्à..

2 वर्ष पहिले

निर्देशक पुर्णेन्दु झाले फिल्म ‘लेबर’ को घोषणा गरे

काठमाडौं,वैशाख २० गते ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराकासाथ विश्वभर मानाइँदै गरेको एक सय ३५ औँ अ..

2 वर्ष पहिले

अहिले अभिनयमै व्यस्त छु, पछि निर्देशक बन्ने सोच छ : दयाहाङ..

काठमाडौं, वैशाख १५ : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्। उनले निर्..

2 वर्ष पहिले

रोहितको शतकमा वेस्टइन्डिज एमाथि नेपालको शानदार जित

काठमाडाैं, वैशाख १५ । ५ खेलको टि–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिज एविरुद्ध नेपाल विजयी भएको छ। कीर्तिपुरस्थि..

2 वर्ष पहिले

सुरु भयो सुदर्शनको 'रावायण', पल दोहोरो भूमिकामा

काठमाडौं ,वैशाख ११ गते । निर्देशक सुदर्शन थापाले ‘रावायण’को छायांकन सुरु गरेका छन् । जनकपुरधामको जानकी à¤..

3 वर्ष पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

धनुषाका प्रहरी युनिट प्रमुखसँग कार्यसम्पादन सम्झौता

जनकपुरधाम असोज २६ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लाभित्र प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने ..