भारतमा आम चुनावअघि किन पक्राउ परे केजरीवाल ? मोदीले राजनीतिक षडयन्त्र रचेको आरोप

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं ,चैत ९ गते । भ्रष्टाचारको आरोपमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल पक्राउ परेसँगै भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । भारतमा आमनिर्वाचन सुरु हुन केही साता मात्रै बाँकी रहँदा सरकारको यो कदमलाई विश्लेषकले राजनीतिक मानेका छन् ।

केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ । मोदी सरकारको अनुदार र अतिवादी छविलाई यो घटनाले अझै धेरै प्रस्फुटन गरेको विश्लेषण पश्चिमी मिडियाहरूले गरेका छन् । भारतीय मिडियाहरू भने सधैँजस्तो मोदीकै प्रतिरक्षामा उभिएका छन् ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारतको छवि मोदीको कार्यकालमा धुलिसात भएको आरोप छ । उनले देशभित्रका धार्मिक अल्पसंख्यक, खासगरी मुस्लिमहरूलाई निरन्तर दमन गर्दै आएका छन् । हिन्दू जनसंख्यामा भने उनको लोकप्रियता चुलिँदो छ ।

 केजरीवाल र उनको आम आदमी पार्टी (आप) माथि मदिरा नीति निर्माण गर्दा अनियमिता गरेको आरोप लगाइएको छ । उले मदिरा डिलरहरुसँगै आर्थिक लेनदेन गरेर उनीहरूको स्वार्थमा काम गरेको भन्दै छानबिन सुरु गरिएको थियो । यद्यपि, केजरीवालले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् र उनको पार्टीले यो गिरफ्तारीमा राजनीतिक षडयन्त्र रहेको बताएको छ ।
 यही विवादमा आपका अन्य दुई जना नेतालाई यसअघि नै गिरफ्तार गरिएको थियो । यसलाई लिएर केजरीवालले मोदीको भारतीय जनता पार्टीमाथि संघीय एजेन्सीहरूलाई प्रयोग गरेर विपक्षीलाई निशाना बनाइएको आरोप लगाइरहेका थिए । केजरीवाललाई प्रहरीले पक्राउ गर्दा आपका कार्यकर्ताहरूले बिहीबार उनको निवासबाहिर जम्मा भएर नाराबाजी गरेका थिए । आपका कार्यकर्ताहरूको अवरोध पन्छाउँदै इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी) का अधिकारीहरूले केजरीवाललाई लिएर हिँडे ।

‘यसले पुष्टि हुन्छ कि आज इडी एउटा स्वतन्त्र अनुसन्धान एजेन्सीका रूपमा छैन,’ आपका नेता अतिशी सिंहले भनिन्, ‘यो विजेपीको राजनीतिक हतियारजस्तो बनेको छ ।’

विजेपीका वरिष्ठ नेता रवि शंकर प्रसादले भने केजरीवाल पक्राउ पर्नु स्वभाविक भएको बताए ।

उनले भने, ‘यो एउटा कानूनी प्रक्रिया हो जुन भ्रष्टाचार नियन्त्रणका लागि अति आवश्यक छ । कानूनलाई आफ्नो काम गर्न दिनुपर्छ ।’

भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी । सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो भने पाँच वर्षपछि दोस्रो कार्यकालका लागि चुनाव जित्यो । १५ वर्षपछि दिल्लीलाई कांग्रेसको हातबाट खोस्दै केजरीवाल, जो एक पूर्व कर आयुक्त थिए, मुख्यमन्त्री बनेका थिए । तल्लो तप्काका जनताका एजेन्डाहरू उठाएर राजनीतिमा लोकप्रियता कमाएका नेता हुन् उनी । उनको नेतृत्वको सरकारले भारतको राजधानी शहरमा खानेपानी, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको थियो ।

सानो पार्टी भए पनि सत्तारुढ भारतीय जनता पार्टीलाई लल्कार्न सक्ने एउटा प्रभावशाली राजनीतिक शक्तिका रूपमा आपले आफूलाई उभ्याएको थियो । केजरीवालले मोदीविरोधी नेताका रूपमा आफ्नो सशक्त छवि बनाइरहेका थिए । त्यसैले उनीप्रति प्रधानमन्त्री मोदीको व्यक्तिगत चिडचिडाहट थियो नै । आपले आउँदो आम निर्वाचनमा २६ वटा विपक्षी राजनीतिक दलको गठबन्धनबाट प्रतिस्पर्धा गर्दैछ ।

भारतको मुख्य प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसले विजेपीमाथि कर विभागलाई प्रयोग गरेर आफ्नो पार्टीको वित्तीय प्रणाली अवरुद्ध तुल्याएको आरोप लगाएको केही घण्टापछि नै केजरीवाल गिरफ्तार भए । कांग्रेसका अनुसार उनीहरूको बैंक खाता कर विभागले रोक्का गरेको दाबी गरेको छ, जसले गर्दा बैंकमा रहेको २ करोड डलरभन्दा बढी रकम प्रयोग गर्न सकिरहेको छैन ।

‘हामी आफ्नो अभियानका कामहरू गर्न सकिरहेका छैनौँ । आफ्ना कार्यकर्ता र उम्मेदवारलाई सहयोग गर्न असमर्थ भइरहेका छौँ । हाम्रा नेताहरू देशको एउटा कुनाबाट अर्को कुनामा जान सक्ने अवस्था छैन । हामी सञ्चारमाध्यममा विज्ञापन दिन सकिरहेका छैनौँ,’ कांग्रेसका नेता राहुल गान्धीले दिल्लीमा पत्रकार सम्मेलन गर्दै भनेका थिए ।

भारतका थुप्रै विपक्षी नेताहरूले केजरीवाल पक्राउको विरोध गरेका छन् । ‘एउटा त्रसित तानाशाह मृत प्रजातन्त्र सिर्जना गर्न चाहन्छ,’ गान्धीले एक्समा लेखेका छन् ।

साभार : नेपाल प्रेस

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

15 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

15 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

21 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..