ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्छ ः संजय कुमार चौधरी
23 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा भोग्नुपरेका कठिनाइ तत्काल अन्त्य गरी सम्मानजनक, सहज र पहुँचयोग्य सेवा प्रवाहको व्यवस्था गर्न स्थानीय सरकारसँग आग्रह गर्नुभएको छ।
उहाँले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न ज्येष्ठ नागरिकहरू बिहानैदेखि बैंक तथा सम्बन्धित सेवा केन्द्रमा पुगेर चिसो भुइँमा घण्टौँ बस्नुपर्ने, गर्मीमा चर्को घाम सहनुपर्ने र वर्षायाममा भिज्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ।
चौधरीले ज्येष्ठ नागरिकलाई भत्ता वितरण गर्दा देखिने यस्ता समस्याले उहाँहरूको सम्मान र सुविधामा असर परेको बताउँदै स्थानीय सरकारले सेवा प्रवाहलाई ज्येष्ठ नागरिकमैत्री बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको छ।
उहाँका अनुसार स्थानीय सरकारले सम्बन्धित बैंकहरूसँग आवश्यक समन्वय र सहकार्य गरी प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउनुपर्छ। यसबाट ज्येष्ठ नागरिकहरू भत्ता लिन टाढाटाढाका बैंकसम्म धाउनुपर्ने बाध्यता कम हुनुका साथै समय र श्रमको समेत बचत हुनेछ।
त्यसैगरी अशक्त, अपाङ्गता भएका, दीर्घरोगबाट पीडित तथा हिँडडुल गर्न असमर्थ ज्येष्ठ नागरिकका लागि बैंकको मोबाइल टोलीमार्फत घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गर्न उहाँले सुझाव दिनुभएको छ। यस्तो सेवा सञ्चालन गर्दा प्रचलित बैंकिङ नियम, लाभग्राहीको प्रमाणीकरण तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँको भनाइ छ।
चौधरीले जनकपुरधाम उपमहानगरपालिकाले ज्येष्ठ नागरिकका समस्यालाई प्राथमिकतामा राख्दै नगर विकास योजना तथा आगामी नीति कार्यक्रममा ‘ज्येष्ठ नागरिक सम्मान तथा घरदैलो सामाजिक सुरक्षा सेवा’ नामक विशेष कार्यक्रम समावेश गर्नुपर्ने प्रस्तावसमेत अघि सार्नुभएको छ।
उहाँले उक्त कार्यक्रमअन्तर्गत तीनवटा प्रमुख व्यवस्था लागू गर्न सकिने बताउनुभएको छ। पहिलो, उपमहानगरपालिकाले सम्बन्धित बैंकहरूसँग सम्झौता तथा समन्वय गरी प्रत्येक वडामा निश्चित दिन र समयमा सामाजिक सुरक्षा भत्ता वितरण शिविर सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने। दोस्रो, अशक्त, अपाङ्गता भएका, दीर्घरोगी तथा हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकको पहिचान गरी बैंकसँगको सहकार्यमा मोबाइल बैंकिङ टोलीमार्फत घरदैलोमै भत्ता उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने।
तेस्रो, प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक सहायता कक्ष स्थापना गरी सामाजिक सुरक्षा भत्ता, नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र तथा अन्य सामाजिक सुरक्षा सेवामा उहाँहरूलाई प्राथमिकता र सहज पहुँच सुनिश्चित गर्नुपर्ने उहाँको प्रस्ताव छ।
स्थानीय सरकार सञ्चालन ऐन तथा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार स्थानीय तहले बैंकहरूसँग समन्वय, वडा कार्यालयमार्फत सेवा व्यवस्थापन, आवश्यक बजेट तथा जनशक्तिको व्यवस्था र सेवा प्रवाहको अनुगमन गर्न सक्ने चौधरीले उल्लेख गर्नुभएको छ।
यद्यपि सामाजिक सुरक्षा भत्ता वितरणको रकम, लाभग्राहीको प्रमाणीकरण तथा बैंकिङ प्रक्रियामा सम्बन्धित बैंक र संघीय कानुनी व्यवस्थाको भूमिका रहने भएकाले स्थानीय सरकारले बैंकहरूसँग औपचारिक सहकार्य गरेर मात्रै घरदैलो सेवा प्रभावकारी बनाउन सक्ने उहाँको स्पष्ट धारणा छ।
‘नागरिकले सरकार खोज्दै धाउनुपर्ने होइन, सरकार नागरिकको सेवामा पुग्नुपर्छ,’ चौधरीले आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ।
ज्येष्ठ नागरिक समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उहाँले उहाँहरूको सम्मान, सुरक्षा र सहज सेवा प्रवाहलाई स्थानीय सरकारको प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ।उहाँले यस विषयलाई केवल सार्वजनिक आलोचना र सुझावमा सीमित नराखी जनकपुरधाम उपमहानगरपालिकाको आगामी नीति, कार्यक्रम तथा नगर विकास योजनामै समेटेर व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ।
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..
23 मिनट पहिले
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..
23 मिनट पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
3 घन्टा पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
17 दिन पहिले
धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..
जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..
17 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
19 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
23 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
23 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
2 महीना पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
2 महीना पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..