जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्ततासम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न
1 घन्टा पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित दुईदिने आधारभूत अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । ग्रामीण अपाङ्ग उत्थान केन्द्र धनुषाका अध्यक्ष धनेश प्रसादको अध्यक्षता सम्पन्न कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका २४ जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो। सो अभिमुखिकरणमा सहभागीहरुलाई प्रशिक्षकका रूपमा डाइभर्स प्याटन्र्स संस्थाका तर्फबाट सागर प्रसाईं किर्तन दुलाल तथा अपाङ्ग समाज जनकपुरका वकालत अधिकृत किरण पासमानले सहजीकरण गरेका थिए। कार्यक्रमलाई यूके इन्टरनेसनल डेभलपमेन्ट र प्लान इन्टरनेसनलले सहयोग गरेका थिए । कार्यक्रममा प्रशिक्षक सागर प्रसाईंले सरकारी तथा सार्वजनिक निकायका वेबसाइटहरू अपाङ्गता भएका व्यक्तिहरूका लागि अझै पूर्ण रूपमा पहुँचयुक्त हुन नसकेको बताए। वेबसाइटमा सूचना राख्दा फोटो वा पीडीएफमा मात्र सीमित गर्ने, स्क्रिन रिडरले पढ्न नसक्ने ढाँचामा सामग्री राख्ने तथा भिडियोमा क्याप्सन र सांकेतिक भाषा समावेश नगर्ने प्रवृत्तिले अपाङ्गता भएका व्यक्तिहरूलाई सूचनाको पहुँचबाट वञ्चित गरिरहेको उनको भनाइ थियो ।
उनले दृष्टिविहीन व्यक्तिले स्क्रिन रिडरमार्फत पढ्न सक्ने युनिकोडमा आधारित सामग्री, बहिरा व्यक्तिका लागि भिडियोमा क्याप्सन तथा सांकेतिक भाषा र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले समेत सहजै बुझ्न सक्ने सरल भाषाको प्रयोग आवश्यक रहेको बताए । प्रसाईंले सरकारले डिजिटल पहुँचयुक्तताका लागि बजेट विनियोजन गरेको र सरकारी वेबसाइटहरू पहुँचयुक्त बनाइसकेको दाबी गरे पनि व्यवहारमा परीक्षण गर्दा धेरै वेबसाइट अपाङ्गतामैत्री नरहेको उल्लेख गरे। वेबसाइटको परीक्षण गरी देखिएका समस्या सम्बन्धित मन्त्रालयमा पु¥याउने, ज्ञापनपत्र बुझाउने र सुधारका लागि पैरवी गर्ने उद्देश्यले परियोजना अघि बढाइएको उनले जानकारी दिए ।
उनका अनुसार परियोजनाको सुरुवात मुख्य सरकारी वेबसाइटहरूको परीक्षणबाट गरिनेछ। त्यसपछि स्थानीय तहसम्म पनि डिजिटल पहुँचयुक्ततासम्बन्धी पैरवी विस्तार गरिनेछ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच सुनिश्चित गर्न निरन्तर वकालत आवश्यक रहेको उनले बताए। अपाङ्ग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्णले डिजिटल पहुँचयुक्तता अपाङ्गता भएका व्यक्तिहरूका लागि महत्वपूर्ण र नयाँ विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले अधिकारका लागि पैरवी गर्ने क्षमता अभिवृद्धि गर्ने बताए। उनले कार्यक्रममार्फत सहभागीहरूले नयाँ विषयमा जानकारी प्राप्त गरेको भन्दै प्रशिक्षक तथा आयोजकप्रति आभार व्यक्त गरे।
त्यसैगरी, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका समापन सत्रका उद्घोषक किरण पासमानले दुईदिने प्रशिक्षणले सहभागीहरूलाई डिजिटल पहुँचयुक्तताका आधारभूत विषय बुझ्न सहयोग पुगेको बताए। प्राविधिक विषयलाई सहभागीहरूले सहज रूपमा बुझ्न सकून् भनेर मोबाइल प्रयोगलाई समेत ध्यानमा राखी प्रशिक्षण विधि तयार गरिएको उनले जानकारी दिए।
पासमानले तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताउँदै अब सरकारी निकायका वेबसाइट परीक्षण गर्ने र सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग प्रत्यक्ष छलफल गरी सुधारका लागि आवाज उठाउने काममा सहभागीहरूलाई जोडिने बताए।
उनले वेबसाइटमा फोटो मात्र राखेर सूचना उपलब्ध गराउँदा दृष्टिविहीन व्यक्तिले सूचना प्राप्त गर्न नसक्ने, भिडियोमा क्याप्सन र सांकेतिक भाषा नहुँदा बहिरा व्यक्तिहरू छुट्ने तथा जटिल भाषा र साना अक्षरका कारण अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई समेत समस्या हुने भएकाले यस्ता विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिए।
कार्यक्रममा दृष्टिविहीन संघका तर्फबाट सहभागी राजेश नायकले पनि दुईदिने प्रशिक्षणबाट आफूले महत्वपूर्ण जानकारी प्राप्त गरेको बताए। उनले कम्प्युटर तथा मोबाइल प्रयोग गर्दा विभिन्न अनलाइन फाराम भर्ने र सूचना प्राप्त गर्ने क्रममा समस्या भोग्नुपरेको अनुभव सुनाउँदै डिजिटल पहुँचका विषयमा थप पैरवी र सचेतना आवश्यक रहेको धारणा राखे ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूलाई डिजिटल प्रविधिको प्रयोगमा सक्षम बनाउनुका साथै सरकारी तथा सार्वजनिक वेबसाइटहरूलाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त बनाउन सामूहिक पैरवी गर्ने आधार तयार गरेको आयोजकले जनाएको छ।
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
1 घन्टा पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
1 घन्टा पहिले
धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..
जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..
1 घन्टा पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
2 दिन पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
3 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
6 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
1 महीना पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
1 महीना पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
2 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
2 महीना पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..