आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिक्षा–स्वास्थ्यदेखि रोजगारीसम्म चुनौती बढ्ने

54 मिनट पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असोज १५ गते ।
मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल गर्न आयोजित ‘जनसांख्यिकी परिवर्तनः आकांक्षादेखि उपलब्धिसम्म’ विषयक संवाद कार्यक्रममा सहभागीहरूले जनसंख्याको बदलिँदो स्वरूपअनुसार प्रदेश तथा स्थानीय तहले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन ।
हाल करिब ६१ लाख रहेको मधेशको जनसंख्या निरन्तर बढ्दै जाँदा आगामी २५ वर्षमा मधेश प्रदेशको जनसंख्या करिब ८२ लाख पुग्ने अनुमान गरिएको छ । त्यति बेला शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, आवास, रोजगारी तथा सार्वजनिक सेवाको व्यवस्थापनमा थप चुनौती सिर्जना हुने सरोकारवालाहरूले बताएका छन्।

कार्यक्रममा यूएनएफपीए मधेश प्रदेश प्रमुख नरेन्द्र मिश्रले राष्ट्रिय तहमा बनेका योजना तथा कार्ययोजनालाई प्रदेश र स्थानीय तहसम्म प्रभावकारी रूपमा लैजान आवश्यक रहेको बताए। उनले कार्यक्रममा सहभागीहरूको अनुभव र सुझावलाई समेटेर आगामी रणनीति निर्माण गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नेपालको वार्षिक जनसंख्या वृद्धिदर करिब १.१९ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा लुम्बिनी र मधेशको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा बढी रहेको छ भने अन्य प्रदेशमा एक प्रतिशतभन्दा कम रहेको बताइएको छ । मधेश प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर करिब १.९ प्रतिशत रहेको कार्यक्रममा जानकारी दिइयो। नेपालको कुल जनसंख्याको करिब २१ प्रतिशत जनसंख्या मधेशमा बसोबास गर्छ। जनसंख्या घनत्व पनि राष्ट्रिय औसतको तुलनामा मधेशमा उच्च रहेको बताइएको छ ।
यूएनएफपीए काठमाडौं कार्यालयका तीर्थमान तामाङले जनसंख्या वृद्धिदरले भविष्यको जनसंख्याको आकार निर्धारण गर्ने भएकाले नीति, योजना तथा स्रोत व्यवस्थापनमा यसको विशेष महत्त्व रहेको बताउनुभयो । उहााका अनुसार मधेशमा औसत घरपरिवारको आकार पनि अन्य प्रदेशको तुलनामा ठूलो छ ।
कार्यक्रममा जनसांख्यिकीय परिवर्तनका कारण आगामी दशकमा विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, खाद्य आपूर्ति, आवास, यातायात, रोजगारी तथा अन्य सार्वजनिक सेवाको माग बढ्ने विषयमा समेत छलफल भएको थियो। अहिलेको जनसंख्यालाई आधार मानेर बनाइएका पूर्वाधार र सेवा प्रणालीलाई भविष्यको जनसंख्याअनुसार विस्तार गर्नुपर्ने सहभागीहरूको धारणा थियो।
‘६१ लाख जनसंख्याका लागि आवश्यक पर्ने विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक पूर्वाधार आगामी २५ वर्षमा करिब ८२ लाख जनसंख्या पुग्दा पर्याप्त नहुन सक्ने’ विषयलाई कार्यक्रममा चुनौतीका रूपमा उठाइएको थियो। त्यसका लागि अहिलेबाटै दीर्घकालीन पूर्वाधार तथा मानव संसाधन विकासमा लगानी बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए ।
कार्यक्रममा जनसंख्याको अर्को महत्त्वपूर्ण सूचक लैङ्गिक अनुपात बारे पनि चर्चा गरिएको थियो। नेपालमा विगतमा १०० बालिकाको जन्म हुँदा करिब १०३ बालक जन्मिने गरेको तथ्यांक प्रस्तुत गर्दै समयक्रममा लैङ्गिक अनुपातमा परिवर्तन आएको जानकारी दिइयो ।
त्यसैगरी, यूएनएफपीएका तर्फबाट प्रिती शर्माले नेपाल सरकारको लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना आर्थिक वर्ष २०८२÷८३ देखि २०८७÷८८ सम्म का विषयमा प्रस्तुतीकरण गर्नुभयो । राष्ट्रिय कार्ययोजनालाई प्रदेश तथा स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, सुझाव तथा स्थानीय तहमा देखिएका समस्याबारे धारणा राखेका थिए। उठाइएका विषय तथा सुझावलाई प्रतिवेदनमा समेटेर आगामी दिनमा प्रदेश सांसद तथा स्थानीय तहका निर्वाचित प्रतिनिधिसँग समेत छलफल गर्ने तयारी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा आगामी दिनमा प्रदेश, पालिका र स्थानीय तहको योजना निर्माणमा जनसांख्यिक तथ्यांकलाई आधार बनाउने तथा बढ्दो जनसंख्याअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको तयारी गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

12 comments
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

18 मिनट पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

18 मिनट पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

54 मिनट पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

2 घन्टा पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

8 घन्टा पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

8 घन्टा पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

7 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

8 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

8 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

16 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

30 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथà..

2 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..