सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहका सरकार र वित्तीय संस्थाबीच सहकार्यमा जोड

1 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्यवस्था गर्न तीनै तहका सरकार, नियामक निकाय र वित्तीय संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको होम्स नेपाल परियोजनाअन्तर्गत जनकपुरधाममा आयोजित ‘वित्तीय समावेशीकरण र सुरक्षित आवासका लागि प्रणाली सुदृढीकरणः चुनौती र अवसरहरू’ विषयक प्रादेशिक कार्यशालाका सहभागीहरूले यस्तो आवश्यकता औँल्याएका हुन्।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका मधेश प्रदेश प्रमुख विजयप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यशालामा प्रमुख अतिथिका रूपमा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य सुरिता साह र विशिष्ट अतिथिका रूपमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह सहभागी थिए।
कार्यशालामा न्यून आय भएका परिवारलाई आवास निर्माण तथा मर्मतका लागि किफायती वित्तीय स्रोत उपलब्ध गराउने, आवास बीमाको पहुँच विस्तार गर्ने तथा वित्तीय र डिजिटल वित्तीय साक्षरता अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक पुष्पा अधिकारी, नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश प्रमुख आर्या रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शाखा अधिकृत सुनिल थापा र शिक्षा तथा संस्कृति मन्त्रालयका उपसचिव किशोरी कापरलगायतले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै मन्तव्य राखेका थिए।

नेपाल राष्ट्र बैंककी निर्देशक अधिकारीले वित्तीय समावेशीकरणको नीतिगत अवस्था, वित्तीय सेवामा पहुँच विस्तार तथा यसमा सम्बन्धित संस्थाहरूको भूमिकाबारे प्रस्तुतीकरण गरेकी थिइन्। त्यस्तै, बीमा प्राधिकरणका मधेश प्रदेश प्रमुख रावलले न्यून आय भएका परिवारका लागि आवास बीमाको आवश्यकता, नीतिगत व्यवस्था र पहुँच विस्तारका सम्भावनाबारे प्रकाश पारेकी थिइन्।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधिले वित्तीय समावेशीकरणमा सहकारी क्षेत्रको भूमिका र नियमनको महत्त्वबारे धारणा राखेका थिए। शिक्षा तथा संस्कृति मन्त्रालयका प्रतिनिधिले विद्यालय तथा शैक्षिक कार्यक्रममार्फत वित्तीय र डिजिटल वित्तीय साक्षरता प्रवद्र्धन गर्न सकिने विषय प्रस्तुत गरेका थिए।
कार्यशालामा ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका भूषण कार्कीले होम्स नेपाल परियोजनाको उद्देश्य, वित्तीय समावेशीकरणको वर्तमान अवस्था र सुरक्षित आवासका क्षेत्रमा न्यून आय भएका परिवारले भोगिरहेका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए।

परियोजनाअन्तर्गत धनुषा, सिरहा र सप्तरी जिल्लाका १० स्थानीय तहमा वित्तीय समावेशीकरण तथा सुरक्षित आवास प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ। जसअन्तर्गत धनुषाका मुखियापट्टी मुसहरनिया, शहीदनगर र गणेशमान चारनाथ, सिरहाका लहान, कर्जन्हा र गोलबजार तथा सप्तरीका अग्निसाइर कृष्णासवरण, सप्तकोशी, छिन्नमस्ता र विष्णुपुर नगरपालिका तथा गाउँपालिका समेटिएका छन्।
कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सरकारी निकाय, वित्तीय संस्थाका प्रतिनिधि तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय आवश्यकताका आधारमा वित्तीय समावेशीकरणसम्बन्धी कार्ययोजना निर्माण, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन, आवास बीमाको पहुँच विस्तार तथा प्राविधिक सहयोगका क्षेत्र पहिचान गर्ने विषयमा छलफल गरेका थिए।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालका फिल्ड अपरेसन्स प्रमुख विजयप्रसाद गुप्ताले सुरक्षित आवासका लागि घर निर्माणका प्राविधिक पक्षसँगै वित्तीय स्रोत, बीमा र वित्तीय सेवामा पहुँच पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। स्थानीय सरकार र सम्बन्धित संस्थाबीचको समन्वयले न्यून आय भएका परिवारका लागि व्यावहारिक समाधान खोज्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यशालाबाट प्राप्त सुझावले स्थानीयस्तरमा वित्तीय समावेशीकरणसम्बन्धी कार्ययोजना निर्माण, वित्तीय तथा डिजिटल साक्षरता अभिवृद्धि र आवास बीमाको पहुँच विस्तारका लागि आगामी कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल सन् १९९७ देखि सुरक्षित, किफायती तथा उत्थानशील आवासको क्षेत्रमा काम गर्दै आएको संस्था हो। होम्स नेपाल परियोजनाले न्यून आय भएका तथा वित्तीय सेवामा पर्याप्त पहुँच नभएका परिवारलाई वित्तीय सेवासँग जोड्दै सुरक्षित आवासको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

12 comments
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

3 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

3 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

3 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

16 दिन पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

2 महीना पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

2 महीना पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..

3 महीना पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..

3 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

3 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..

3 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..