सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर यादवसँग रास्वपाले माग्यो स्पष्टीकरण

1 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग सार्वजनिक अभिव्यक्तिका विषयमा स्पष्टीकरण माग गरेको छ। पार्टीका कार्यक्रमहरूमा यादवले व्यक्त गरेका भनाइ समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र जिल्ला प्रहरी कार्यालय धनुषाले समेत सोही विषयमा प्रेस विज्ञप्ति जारी गरेपछि प्रदेश समितिले स्पष्टीकरण मागेको हो।

मधेश प्रदेश कार्यालयले २०८३ कात्तिक १० गते जारी गरेको पत्रमा यादवलाई पत्र प्राप्त भएको मितिले तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।
पत्रमा राजनीतिक दलका नेता तथा जिम्मेवार व्यक्तिले सार्वजनिक कार्यक्रममा व्यक्त गर्ने विचार, टिप्पणी र आरोपले सम्बन्धित व्यक्ति तथा संस्थाको प्रतिष्ठा, पार्टीको छवि र सार्वजनिक बहसमा प्रभाव पार्न सक्ने उल्लेख गर्दै अभिव्यक्तिमा तथ्य, प्रमाण र जिम्मेवारी आवश्यक हुने जनाइएको छ।
प्रदेश समितिले यादवसँग पाँचवटा विषयमा स्पष्ट जवाफ मागेको छ। सार्वजनिक भएको भिडियोमा देखिएको अभिव्यक्ति आफ्नै भए वा नभएको, उक्त अभिव्यक्तिको उद्देश्य र सन्दर्भ तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखलाई लक्षित गरी लगाइएका आरोपको आधारबारे स्पष्ट पार्न भनिएको छ।

त्यस्तै, परिवारकी एक महिला सदस्य हराएको भन्दै खोजतलासका लागि दिएको निवेदनसँग सम्बन्धित घटनाबारे पनि स्पष्टीकरण मागिएको छ। उक्त घटनामा आफ्नो पदको दुरुपयोग गरी प्रहरीमाथि दबाब दिएको भन्ने प्रहरीको दाबीप्रति यादवको धारणा के छ भन्ने विषयमा समेत जवाफ मागिएको पत्रमा उल्लेख छ।

प्रहरी कार्यालय घेराउ गर्ने, धम्की दिने वा अनुचित दबाब सिर्जना गर्ने आशयको अभिव्यक्ति दिएको हो वा होइन भन्ने विषयमा पनि प्रदेश समितिले स्पष्ट पार्न भनेको छ।

यादवको सार्वजनिक अभिव्यक्ति पार्टीको विधान, अनुशासन, आचारसंहिता र जिम्मेवार राजनीतिक व्यवहारसम्बन्धी मान्यतासँग कसरी सम्बन्धित छ भन्नेबारे पनि जवाफ मागिएको छ। साथै, उक्त अभिव्यक्तिले पार्टीको संस्थागत मर्यादा र सार्वजनिक विश्वसनीयतामा पार्न सक्ने प्रभावबारे आफ्नो धारणा प्रस्तुत गर्न निर्देशन दिइएको छ।
पत्रमा तोकिएको समयभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टीको विधान, प्रचलित आचारसंहिता तथा सम्बन्धित कार्यविधिअनुसार आवश्यक निर्णय प्रक्रिया अघि बढाउन सकिने चेतावनीसमेत दिइएको छ।
यसैगरी, जिल्ला सभापतिको पदीय जिम्मेवारी निलम्बित रहेको अवस्थामा पनि सार्वजनिक कार्यक्रममा पार्टीको प्रतिनिधित्व गर्ने, पार्टीका भेला तथा बैठकमा सहभागी हुने र जिल्ला पार्टी कार्यालय नियन्त्रणमा लिई प्रयोग गर्नेजस्ता गतिविधि भइरहेको पत्रमा उल्लेख छ। अर्को निर्णय नभएसम्म त्यस्ता गतिविधि नगर्न पनि यादवलाई निर्देशन दिइएको छ।
प्रदेश समितिले धनुषा जिल्ला पार्टी कार्यालयको साँचो प्रदेश सभापतिमार्फत जिल्लाका कार्यवाहक सभापतिलाई तीन दिनभित्र हस्तान्तरण गर्नसमेत भनेको छ।
मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहद्वारा जारी पत्रको बोधार्थ केन्द्रीय सचिवालय, केन्द्रीय संगठन विभाग र केन्द्रीय अनुशासन आयोगलाई दिइएको छ।

12 comments
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

1 घन्टा पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

1 घन्टा पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

8 घन्टा पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

12 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

13 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

14 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

12 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

26 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

27 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..