ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समितिद्वारा आन्दोलन घोषणा
1 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम साउन २२
धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समिति ले ट्रमा सेन्टर यथास्थानमै निर्माण गर्न सरकारसँग माग गरेको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय नेपाल सरकारको नीति तथा कार्यक्रम तथा बजेटमार्फत अघि बढाइएको दीर्घकालीन प्रक्रिया भएको बताए। उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ट्रमा सेन्टर निर्माणका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यसपछि जग्गा व्यवस्थापन, प्राविधिक अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, माटो परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
प्रारम्भिक चरणमा उपयुक्त जग्गा छनोटमा प्राविधिक समस्या देखिएपछि स्थानीय सरकारले विभिन्न विकल्प प्रस्तुत गरे पनि अन्ततः मिथिला नगरपालिका–७ स्थित गैरी टोलमै ट्रमा सेन्टर निर्माण गर्ने निर्णय कायम रहेको महतोले बताए।
उनका अनुसार सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी विज्ञ टोलीबाट स्थलगत अध्ययन गराइएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले उक्त स्थानलाई स्वीकृति दिएको उनले बताए।
वन, भू–जलाधार, विपद् व्यवस्थापन, मालपोत र नापी कार्यालयलगायतका निकायबाट आवश्यक प्रक्रिया पूरा गर्दै जग्गा प्राप्तिको काम अघि बढाइएको महतोले जानकारी दिए। केही प्राविधिक तथा प्रशासनिक जटिलताका कारण प्रक्रिया केही समय ढिलाइ भए पनि मन्त्रिपरिषद्बाट जग्गा प्राप्तिको स्वीकृति भइसकेको उनको भनाइ छ । महतोका अनुसार २०८३ जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले ट्रमा सेन्टर निर्माणका लागि करिब ४ बिघा ३ धुर तथा प्रशासनिक भवनका लागि १ बिघा ७ कठ्ठा जग्गा स्वीकृत गरिसकेको छ। उक्त जग्गाको उपभोग अधिकारसमेत प्राप्त भइसकेको अवस्थामा ट्रमा सेन्टरलाई लहान सार्ने चर्चा आउनु दुःखद भएको उनले बताए ।
सरकारले करोडौं रुपैयाँ खर्च गरेर प्रक्रिया अघि बढाइसकेको आयोजना बीचमै रोक्न खोजिएको आरोप लगाउँदै महतोले मधेश प्रदेशस्तरीय ट्रमा सेन्टर ढल्केवरमै निर्माण हुनुपर्ने माग गरे। उनले ट्रमा सेन्टर संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी–व्यवसायी, युवा तथा सञ्चारकर्मीलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आग्रह गरे । संघर्ष समितिले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । समितिले सार्वजनिक गरेको आन्दोलन कार्यक्रमअनुसार साउन २३ गते ढल्केबर पार्कमा नर जुलुस सहित परिक्रमा गरी सभा गर्ने,साउन २४ गते साँझ मसाल जुलुस गर्ने भएको छ ।यस्तै, साउन २५ गते बिहान ११ बजेदेखि ११ः३० बजेसम्म, साउन २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म तथा साउन २७ गते बिहान ११ बजेदेखि १ बजेसम्म महेन्द्र राजमार्ग अवरोध गरिने कार्यक्रम रहेको छ। साउन २८ गते बिहान ८ बजे मुंगालाल मोहन महतो स्मृति भवनमा संघर्ष समितिको बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गरिने समितिले जनाएको छ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
11 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
11 घन्टा पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
4 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
5 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्..
1 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
1 महीना पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
3 महीना पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..