राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

2 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०८३ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम आयोजना सम्पन्न गरेको छ।
राजर्षि जनक विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्थाले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली, व्यवस्थापन शिक्षाको महत्व तथा भविष्यमा उपलब्ध हुन सक्ने अवसरबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयका डीन डा. सरोजकुमार ठाकुरले संस्थाको पहिलो ब्याचका लागि निर्धारित ४० वटै सिटमा विद्यार्थी भर्ना हुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो उहाँले यसले संस्थाप्रति विद्यार्थी तथा अभिभावकको विश्वास र आकर्षण बढेको संकेत गर्ने उल्लेख गर्नुभयो ।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै उहाँले आफ्नो क्षमता र सम्भावनालाई कहिल्यै कमजोर नआँक्न आग्रह गर्नुभयो । व्यवस्थापन शिक्षा हासिल गर्ने विद्यार्थीहरू जागिर खोज्ने जनशक्तिमा मात्र सीमित नभई भविष्यमा उद्यमी, नेतृत्वकर्ता तथा रोजगारदाता बन्न सक्ने उहाँको भनाइ थियो।

उहाँले डाक्टर तथा इन्जिनियरभन्दा आफूलाई कम नठान्न सुझाव दिँदै उद्यमशीलतामार्फत उनीहरूलाई समेत रोजगारी दिन सक्ने नेतृत्वदायी स्थानमा पुग्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार जीवन काफ्लेले वर्तमान समय कृत्रिम बौद्धिकता (एआई) को युग भएकाले विद्यार्थीहरूले प्रविधिको सही प्रयोग गर्न सिक्नुपर्ने बताउनुभयो । उहाँले बीबीए अध्ययनलाई किताबी ज्ञानमा मात्र सीमित नराखी एआई प्रविधि, व्यावहारिक अनुभव, सामाजिक परिवेश र जीवनोपयोगी ज्ञानसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एआईमा पूर्ण रूपमा निर्भर हुनु उचित नभए पनि बदलिँदो प्रविधिसँगै अघि बढ्न यसको उपयोगिता र प्रयोगबारे जानकार हुन आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यार्थीको अध्ययन जीवनका विविध पक्ष, व्यावहारिक अनुभव र सामाजिक परिवेशसँग जोडिनुपर्ने उल्लेख गर्दै उहाँले संस्थाको शैक्षिक प्रतिष्ठा अभिवृद्धिका लागि विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षको सामूहिक योगदान आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका राजर्षि जनक क्याम्पसका प्रमुख निरज झाले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि व्यावहारिक तथा प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइने बताउनुभयो । कक्षाकोठाको पढाइसँगै अतिरिक्त क्रियाकलाप, प्रयोगात्मक अभ्यास, व्यावसायिक सीप र जीवनोपयोगी ज्ञानलाई पनि अध्ययनको अभिन्न हिस्सा बनाइने उहाको भनाइ थियो।
उहाँले शैक्षिक प्रमाणपत्रसँगै विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता विकास गर्नु संस्थाको प्राथमिकता रहेको स्पष्ट पारे।कार्यक्रममा साहित्यिक प्रस्तुतिसमेत गरिएको थियो। सोही अवसरमा पत्रकारिता तथा सञ्चार क्षेत्रमा योगदान पु¥याएका पत्रकारहरुलाई क्याम्पस प्रमुख निरज झाले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी, व्यवस्थापन पक्ष तथा बीबीएका विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले नयाँ तथा पुराना विद्यार्थीबीच परिचय, आत्मीयता र शैक्षिक सहकार्यको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ।
‘नयाँ सुरुवात, ठूला सपना र उज्ज्वल भविष्य’ भन्ने सन्देशसहित आयोजित कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र उद्यमशील सोच विकास गर्ने अपेक्षा गरिएको छ। व्यवस्थापन शिक्षा, आधुनिक प्रविधि, व्यावहारिक सीप र नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै भविष्यमा रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य संस्थाले लिएको छ।

12 comments
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

2 घन्टा पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

2 घन्टा पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

1 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

4 दिन पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

4 दिन पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

5 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

1 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

1 महीना पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

2 महीना पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

2 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

2 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

2 महीना पहिले

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..

लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..