गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडको भवन निर्माण योजना
58 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नयाँ भवन निर्माण योजना गुठीसम्बन्धी जग्गा विवादका कारण रोकिएको छ। नेपाल सरकारले नमुना विद्यालय कार्यक्रमअन्तर्गत १२ कोठे भवन निर्माणका लागि करिब ६ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि जग्गाको स्वामित्व तथा लालपुर्जासम्बन्धी विषय उठेपछि टेन्डर प्रक्रिया अघि बढ्न नसकेको विद्यालय प्रशासनले जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले पत्रकार सम्मेलनमार्फत विद्यालय भवन निर्माणमा गुठी संस्थानले अवरोध गरेको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन्। उनका अनुसार १९८३ सालको नापी, २०२६ सालको स्रेस्ता पुर्जा, २०४४ सालको सर्वे नापी तथा गुठी संस्थानका विभिन्न निर्णय र अभिलेखले विद्यालयले लामो समयदेखि करिब ३ बिघा ६ कठ्ठा ७ धुर जग्गा भोगचलन गर्दै आएको देखाउँछन्।
मेयर साहले विद्यालयको भवन निर्माणका लागि संघीय सरकारले बजेट सुनिश्चित गरिसकेको अवस्थामा जग्गासम्बन्धी विवादका कारण योजना रोकिँदा शिक्षा क्षेत्र प्रभावित हुने बताए। उनले गुठी संस्थान, मालपोत कार्यालय र सम्बन्धित संघीय निकायबीच समन्वय गरी उपलब्ध अभिलेखका आधारमा विवाद टुंग्याउन आग्रह गरेका छन्। आवश्यक परे मालपोत कार्यालयविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत उनले दिएका छन्।
विद्यालयका प्रधानाध्यापक संजयकुमारका अनुसार विद्यालय परिसर गुठी संस्थानसँग सम्बन्धित करिब तीन बिघा जग्गामा रहेको छ। विद्यालयमा एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको दाबी गर्दै उनले विद्यार्थीको चापअनुसार नयाँ भवन अत्यावश्यक रहेको बताए।
प्रधानाध्यापक संजयकुमारले विद्यालयसँग २०२६ सालको नापी फिल्डबुक, २०४४ सालको सहरी नापी फिल्डबुक, गुठी संस्थानका पुराना निर्णय तथा मालपोतसम्बन्धी अभिलेख सुरक्षित रहेको बताए। विगतमा गुठी संस्थानले विद्यालयका लागि जग्गा उपलब्ध गराउने निर्णयसमेत गरेको उनको भनाइ छ।
उनका अनुसार विद्यालयले भवन निर्माणका लागि पटक–पटक गुठी संस्थानमा पत्राचार गरी समस्या समाधान गर्न आग्रह गरे पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन। जग्गासम्बन्धी विवादका कारण टेन्डर प्रक्रिया रोकिँदा भवन निर्माणसँगै विद्यार्थीको पठनपाठन र विद्यालयको पूर्वाधार विकास प्रभावित हुने अवस्था आएको उनले बताए।
यसैबीच, जनकपुरधाम उपमहानगरपालिका–८ का वडाध्यक्ष दिनेश सिंहले विद्यालयजस्तो सार्वजनिक शैक्षिक संस्थाका लागि लालपुर्जा नै अनिवार्य हुनुपर्ने अवस्था नरहेको बताएका छन्। वडा कार्यालयले सम्बन्धित जग्गा विद्यालयको भएको प्रमाणित हुने लिखितसमेत दिएको उनको भनाइ छ। त्यसका बाबजुद भवन निर्माणको टेन्डर प्रक्रिया रोकिएकोप्रति उनले आपत्ति जनाएका छन्।
वडाध्यक्ष सिंहले विद्यालयको जग्गा विवादसँगै जनकपुरधामका पोखरी तथा पुराना संरचनासम्बन्धी विकास योजनामा पनि स्पष्ट कार्ययोजना आवश्यक रहेको बताए। पुराना संरचना हटाएपछि फोहोर व्यवस्थापन, सौन्दर्यीकरण तथा पुनर्निर्माणको काम एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ।
विद्यालय प्रशासन तथा स्थानीय जनप्रतिनिधिले गुठी संस्थान, मालपोत कार्यालय, सम्बन्धित मन्त्रालय र संघीय सरकारलाई विद्यालयसँग रहेका जग्गासम्बन्धी अभिलेख तथा विगतका सरकारी निर्णय अध्ययन गरी तत्काल स्पष्ट निर्णय गर्न आग्रह गरेका छन्। ६ करोड रुपैयाँको बजेट कार्यान्वयनमा ढिलाइ हुँदा योजना प्रभावित हुने भएकाले विवाद शीघ्र समाधान गर्नुपर्ने उनीहरूको माग छ।
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
58 मिनट पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
58 मिनट पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
2 घन्टा पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
2 घन्टा पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
5 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
6 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
7 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
14 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
20 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
21 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
21 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
24 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..