विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्राथमिकता दिन माग
52 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण तथा स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलगायतका विषयमा निजी तथा संस्थागत विद्यालयका छाता संगठनहरूले ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे मार्फत नगरपालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा अनुमति प्राप्त गरी अघिल्लो कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति प्रदान गरी त्यसको विवरण सार्वजनिक गर्न माग गरिएको छ।
त्यस्तै, स्थानीय विषय लागू भए पनि हालसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेको भन्दै तत्काल पुस्तक छपाइ गरी विद्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ। संस्थागत विद्यालयको शुल्क निर्धारण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै शुल्कसम्बन्धी निर्णय कार्यान्वयन गर्न पनि माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा संस्थागत विद्यालयहरूको अनुगमन गरी वर्गीकरण गर्ने प्रक्रिया तत्काल अघि बढाउनसमेत आग्रह गरिएको छ। अनुमति प्राप्त विद्यालयमध्ये केहीले स्वीकृत कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिरहेको अनुगमनका क्रममा देखिए पनि हालसम्म कारबाही नभएको भन्दै त्यस्ता विद्यालयमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन संगठनहरूले माग गरेका छन्।
त्यसैगरी, बिना दर्ता तथा अनुमति सञ्चालनमा रहेका विद्यालयलाई तत्काल नियमन वा कानुनी प्रक्रियाअनुसार बन्द गर्नुपर्ने माग गरिएको छ। अनुमति प्राप्त गरे पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया पूरा गरेर अनुमति खारेज गर्नसमेत ध्यानाकर्षण गराइएको छ।
विद्यालय नियमनसँगै नगरपालिकाले विद्यालय क्षेत्र आसपास लागूऔषध, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। विद्यालय क्षेत्रको करिब २०० मिटर वरिपरि यस्ता पदार्थको बिक्री–वितरण गर्न नपाइने तथा विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई त्यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्धित कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सम्बन्धित सरोकारवालासँग छलफल गरी विद्यालय क्षेत्रलाई लागूऔषध, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरणबाट मुक्त बनाउने अभियान अघि बढाउने जनाएको छ।
स्थानीय पाठ्यक्रमअन्तर्गतको पाठ्यपुस्तक निर्माण तथा छपाइलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय पाठ्यक्रम कार्यान्वयनको पहिलो वर्ष भएकाले पाठ्यपुस्तक निर्माण तथा प्रयोगमा केही समस्या देखिएको स्वीकार गर्दै नगरपालिकाले तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
नगरपालिकाका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत पाठ्यपुस्तकको सामग्री तयार भइसकेको छ। अब सार्वजनिक सूचना जारी गरी उपयुक्त छापाखाना छनोट गरेर पाठ्यपुस्तक छपाइको प्रक्रिया अघि बढाइनेछ।
निजी तथा संस्थागत विद्यालयका संगठनहरूले जनकपुरधामलाई शैक्षिक हबका रूपमा विकास गर्न विद्यालय नियमन र शैक्षिक व्यवस्थापनका विषयमा देखिएका समस्याको तत्काल समाधान आवश्यक रहेको बताएका छन्।
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
52 मिनट पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
52 मिनट पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
59 मिनट पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
24 घन्टा पहिले
जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..
जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..
24 घन्टा पहिले
भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..
जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..
1 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
59 मिनट पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
3 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले
चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..
जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..
2 महीना पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
3 महीना पहिले
इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..
जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..
सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने
जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..
काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..