विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्राथमिकता दिन माग
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण तथा स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलगायतका विषयमा निजी तथा संस्थागत विद्यालयका छाता संगठनहरूले ध्यानाकर्षण गराएका छन्।
प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे मार्फत नगरपालिकालाई बुझाइएको ध्यानाकर्षण पत्रमा अनुमति प्राप्त गरी अघिल्लो कक्षा सञ्चालनका लागि निवेदन दिएका विद्यालयलाई चैत्र मसान्तभित्र अनुमति प्रदान गरी त्यसको विवरण सार्वजनिक गर्न माग गरिएको छ।
त्यस्तै, स्थानीय विषय लागू भए पनि हालसम्म पाठ्यपुस्तक उपलब्ध हुन नसकेको भन्दै तत्काल पुस्तक छपाइ गरी विद्यालयमा उपलब्ध गराउन आग्रह गरिएको छ। संस्थागत विद्यालयको शुल्क निर्धारण भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै शुल्कसम्बन्धी निर्णय कार्यान्वयन गर्न पनि माग गरिएको छ।
ध्यानाकर्षण पत्रमा संस्थागत विद्यालयहरूको अनुगमन गरी वर्गीकरण गर्ने प्रक्रिया तत्काल अघि बढाउनसमेत आग्रह गरिएको छ। अनुमति प्राप्त विद्यालयमध्ये केहीले स्वीकृत कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरिरहेको अनुगमनका क्रममा देखिए पनि हालसम्म कारबाही नभएको भन्दै त्यस्ता विद्यालयमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन संगठनहरूले माग गरेका छन्।
त्यसैगरी, बिना दर्ता तथा अनुमति सञ्चालनमा रहेका विद्यालयलाई तत्काल नियमन वा कानुनी प्रक्रियाअनुसार बन्द गर्नुपर्ने माग गरिएको छ। अनुमति प्राप्त गरे पनि सञ्चालनमा नरहेका विद्यालयको यकिन गरी आवश्यक प्रक्रिया पूरा गरेर अनुमति खारेज गर्नसमेत ध्यानाकर्षण गराइएको छ।
विद्यालय नियमनसँगै नगरपालिकाले विद्यालय क्षेत्र आसपास लागूऔषध, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणलाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। विद्यालय क्षेत्रको करिब २०० मिटर वरिपरि यस्ता पदार्थको बिक्री–वितरण गर्न नपाइने तथा विद्यालय पोशाकमा रहेका विद्यार्थीलाई त्यस्ता पदार्थ बिक्री गर्न प्रतिबन्धित कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नगरपालिकाको भनाइ छ।
नगरपालिकाले सम्बन्धित सरोकारवालासँग छलफल गरी विद्यालय क्षेत्रलाई लागूऔषध, सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री–वितरणबाट मुक्त बनाउने अभियान अघि बढाउने जनाएको छ।
स्थानीय पाठ्यक्रमअन्तर्गतको पाठ्यपुस्तक निर्माण तथा छपाइलाई समेत नगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय पाठ्यक्रम कार्यान्वयनको पहिलो वर्ष भएकाले पाठ्यपुस्तक निर्माण तथा प्रयोगमा केही समस्या देखिएको स्वीकार गर्दै नगरपालिकाले तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएको हो।
नगरपालिकाका अनुसार स्थानीय पाठ्यक्रमअन्तर्गत पाठ्यपुस्तकको सामग्री तयार भइसकेको छ। अब सार्वजनिक सूचना जारी गरी उपयुक्त छापाखाना छनोट गरेर पाठ्यपुस्तक छपाइको प्रक्रिया अघि बढाइनेछ।
निजी तथा संस्थागत विद्यालयका संगठनहरूले जनकपुरधामलाई शैक्षिक हबका रूपमा विकास गर्न विद्यालय नियमन र शैक्षिक व्यवस्थापनका विषयमा देखिएका समस्याको तत्काल समाधान आवश्यक रहेको बताएका छन्।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
10 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
11 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
11 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
12 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
12 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
24 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
1 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
2 महीना पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
2 महीना पहिले