निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्जा गरेको आरोप तथ्यहीन’
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरोप तथ्यहीन र भ्रामक रहेको दाबी गरेको छ।
कलेज प्रशासनले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार, शिक्षा मन्त्रालयको पहल तथा मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित गो.प्र. विद्यालयबाट विधिवत् रूपमा लिजमा प्राप्त करिब १० बिघा जग्गामा कलेज सञ्चालन हुँदै आएको उल्लेख छ।
कलेजका अनुसार उक्त जग्गामा विगत २५ वर्षदेखि करोडौँ रुपैयाँ खर्च गरेर भौतिक संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको छ। हाल पनि कलेज परिसरमा नियमित पठनपाठन भइरहेको तथा होस्टेलमा विद्यार्थीहरू बसोबास गरी अध्ययन गरिरहेको विज्ञप्तिमा जनाइएको छ।
कलेजले जग्गा ‘गुठीको जग्गा अवैध रूपमा कब्जा गरिएको’ वा ‘प्रयोगविहीन रहेको’ भन्ने ढंगले सार्वजनिक भएका समाचार तथा सामाजिक सञ्जालका सामग्रीले वास्तविक अवस्था नदेखाउने दाबी गरेको छ।
सर्वोच्चमा परेको रिट खारेज भइसकेको दाबी
कलेज प्रशासनले यही विषयलाई लिएर आफूलाई ‘अभियन्ता’ बताउने एक समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र उक्त मुद्दा करिब पाँच वर्षसम्म न्यायिक प्रक्रियामा रहेको जनाएको छ।
कलेजका अनुसार सर्वोच्च अदालतले करिब पाँच महिनाअघि उक्त रिट खारेज गरिसकेको छ। सो फैसलाको प्रमाणित प्रति तथा जग्गा प्राप्ति, लिज र सरकारी निर्णयसँग सम्बन्धित आवश्यक कानुनी कागजात कलेजसँग सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।
कलेजले आवश्यक परे सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासमक्ष ती कागजात प्रस्तुत गर्न आफू तयार रहेको जनाएको छ।
‘कागजातका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह’
कलेजले सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउन पाउने अधिकारको सम्मान गर्ने जनाएको छ। तर कुनै संस्थाको प्रतिष्ठा, विद्यार्थीको भविष्य तथा शैक्षिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा समाचार प्रकाशन गर्दा सम्बन्धित पक्षको धारणा, आधिकारिक कागजात र प्रमाणको अध्ययन गर्न आग्रह गरेको छ।
अनुमान, हल्ला वा अपुष्ट स्रोतका आधारमा एकपक्षीय समाचार सम्प्रेषण गर्दा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा संस्थाको प्रतिष्ठामा असर पर्न सक्ने कलेजको भनाइ छ।
कलेजले विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल, ब्लग वा अन्य माध्यममा प्रकाशित अपुष्ट सामग्रीका आधारमा भ्रमित नहुन आग्रह गर्दै आवश्यक जानकारीका लागि कलेज प्रशासनबाट आधिकारिक सूचना लिन अनुरोध गरेको छ।
यसैगरी, तथ्यहीन तथा प्रमाणविहीन आरोपमार्फत संस्थाको प्रतिष्ठामा आँच पुर्याउने कार्य निरन्तर भए उपलब्ध कानुनी उपचार तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सुरक्षित रहेको कलेजले जनाएको छ।
कलेज प्रशासनले अन्ततः सञ्चारकर्मी, नागरिक समाज, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई ‘हल्ला होइन, प्रमाण र तथ्यका आधारमा धारणा बनाउन’ आग्रह गरेको छ।
निलार्जुन इन्जिनियरिङ कलेज प्रशासनका आधिकारिक प्रवक्ता सुनिल कुमार झाले जारी गरेको विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो।
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
5 घन्टा पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
5 घन्टा पहिले
सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..
जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..
1 दिन पहिले
सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..
जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..
4 दिन पहिले
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरà..
लाखौँ युवाको प्रेरणाका रूपमा परिचित मनोहर झाको नाम मेयरको सम्भावित उम्मेदवारका रूपमा चर्चामा लोकसेवा तयारीमा à¤..
5 दिन पहिले
लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..
जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..
5 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
5 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
1 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
2 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
2 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..