निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्जा गरेको आरोप तथ्यहीन’

57 मिनट पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम

भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरोप तथ्यहीन र भ्रामक रहेको दाबी गरेको छ।
कलेज प्रशासनले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार, शिक्षा मन्त्रालयको पहल तथा मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित गो.प्र. विद्यालयबाट विधिवत् रूपमा लिजमा प्राप्त करिब १० बिघा जग्गामा कलेज सञ्चालन हुँदै आएको उल्लेख छ।
कलेजका अनुसार उक्त जग्गामा विगत २५ वर्षदेखि करोडौँ रुपैयाँ खर्च गरेर भौतिक संरचना निर्माण गरी शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको छ। हाल पनि कलेज परिसरमा नियमित पठनपाठन भइरहेको तथा होस्टेलमा विद्यार्थीहरू बसोबास गरी अध्ययन गरिरहेको विज्ञप्तिमा जनाइएको छ।
कलेजले जग्गा ‘गुठीको जग्गा अवैध रूपमा कब्जा गरिएको’ वा ‘प्रयोगविहीन रहेको’ भन्ने ढंगले सार्वजनिक भएका समाचार तथा सामाजिक सञ्जालका सामग्रीले वास्तविक अवस्था नदेखाउने दाबी गरेको छ।
सर्वोच्चमा परेको रिट खारेज भइसकेको दाबी
कलेज प्रशासनले यही विषयलाई लिएर आफूलाई ‘अभियन्ता’ बताउने एक समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको र उक्त मुद्दा करिब पाँच वर्षसम्म न्यायिक प्रक्रियामा रहेको जनाएको छ।
कलेजका अनुसार सर्वोच्च अदालतले करिब पाँच महिनाअघि उक्त रिट खारेज गरिसकेको छ। सो फैसलाको प्रमाणित प्रति तथा जग्गा प्राप्ति, लिज र सरकारी निर्णयसँग सम्बन्धित आवश्यक कानुनी कागजात कलेजसँग सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ।
कलेजले आवश्यक परे सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासमक्ष ती कागजात प्रस्तुत गर्न आफू तयार रहेको जनाएको छ।
‘कागजातका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह’
कलेजले सञ्चारमाध्यमले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउन पाउने अधिकारको सम्मान गर्ने जनाएको छ। तर कुनै संस्थाको प्रतिष्ठा, विद्यार्थीको भविष्य तथा शैक्षिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने विषयमा समाचार प्रकाशन गर्दा सम्बन्धित पक्षको धारणा, आधिकारिक कागजात र प्रमाणको अध्ययन गर्न आग्रह गरेको छ।
अनुमान, हल्ला वा अपुष्ट स्रोतका आधारमा एकपक्षीय समाचार सम्प्रेषण गर्दा विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी तथा संस्थाको प्रतिष्ठामा असर पर्न सक्ने कलेजको भनाइ छ।
कलेजले विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल, ब्लग वा अन्य माध्यममा प्रकाशित अपुष्ट सामग्रीका आधारमा भ्रमित नहुन आग्रह गर्दै आवश्यक जानकारीका लागि कलेज प्रशासनबाट आधिकारिक सूचना लिन अनुरोध गरेको छ।
यसैगरी, तथ्यहीन तथा प्रमाणविहीन आरोपमार्फत संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य निरन्तर भए उपलब्ध कानुनी उपचार तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सुरक्षित रहेको कलेजले जनाएको छ।
कलेज प्रशासनले अन्ततः सञ्चारकर्मी, नागरिक समाज, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई ‘हल्ला होइन, प्रमाण र तथ्यका आधारमा धारणा बनाउन’ आग्रह गरेको छ।
निलार्जुन इन्जिनियरिङ कलेज प्रशासनका आधिकारिक प्रवक्ता सुनिल कुमार झाले जारी गरेको विज्ञप्तिमा उक्त धारणा सार्वजनिक गरिएको हो।

12 comments
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

50 मिनट पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

50 मिनट पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

57 मिनट पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

7 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

7 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

7 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

10 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..