राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

57 मिनट पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । बालबालिकामा ज्ञान, क्षमता, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा नगराइन नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा बाल अधिकार, शिक्षा, स्वास्थ्य, समाज तथा समसामयिक विषयसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो । कार्यक्रममा नगराइन नगरपालिकाका मेयर विनयकुमार यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने वडा सदस्य प्रदीपकुमार चौधरी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको संयोजकत्व माँ जानकी बाल सञ्जालका सचिव आदित्य मण्डलले गरेका थिए।
प्रतियोगितामा राजेश्वर निधि माध्यमिक विद्यालय, नाराइनले प्रथम स्थान हासिल गर्दै प्रथम पुरस्कार प्राप्त गरेको छ। त्यस्तै गिरिजा माध्यमिक विद्यालय दोस्रो र क्याम्ब्रिज सेकेन्डरी स्कुल तेस्रो भएका छन्। कार्यक्रमका वक्ताहरूले बालबालिकालाई आफ्ना अधिकारप्रति सचेत हुन, अधिकारको संरक्षण गर्न तथा समाजको सकारात्मक निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। बालबालिकाको अधिकार सुनिश्चित गर्न परिवार, विद्यालय, स्थानीय सरकार तथा समुदायबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो। वक्ताहरूले यस्ता ज्ञानवर्धक तथा सिर्जनात्मक कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। “आजका सचेत बालबालिका नै भोलिका जिम्मेवार नागरिक हुन्। बाल अधिकारको सम्मान र संरक्षण हामी सबैको साझा जिम्मेवारी हो,” भन्ने सन्देशसमेत कार्यक्रममा दिइएको थियो।

12 comments
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

51 मिनट पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

51 मिनट पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

57 मिनट पहिले

बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..

जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..

24 घन्टा पहिले

जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको सामानहरु गर..

जनकपुरधाम भदौँ २३ गते । पछिल्लो समय आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सं..

24 घन्टा पहिले

भारत–नेपाल सीमा पर ९३.९७५ लीटर नेपाली आ अंग्रेजी शराब बर..

जनकपुरधाम भदौँ २३ गते । भारत–नेपाल सीमा पर अवैध शराबक तस्करीक विरुद्ध कार्रवाई करैत ४८वीं वाहिनी सशस्त्र सीमा ..

1 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

51 मिनट पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

3 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले

चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..

  जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..

2 महीना पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

3 महीना पहिले

इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे प्रणव प्रशान्त झ..

जनकपुरधाम२१ गते भादब । बीरगञ्जमे काल्हि सम्पन्न इन्डो–नेपाल तेक्वान्दो प्रतियोगितामे धनुषाक मुखियापट्टी मु..

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धारदेख..

काठमाडौं, २१ भदौ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित रसुवा, नुव..