नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएका र लेबलविहीन खाद्यवस्तु नष्ट

1 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा आवश्यक लेबल विवरण नभएका खाद्यवस्तु जफत गरी नष्ट गरिएको छ। उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा गरिएको अनुगमनमा नौ वटा पसल तथा खाद्य उद्योगको निरीक्षण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरीक्षण अधिकारी सहनसार कुमार मेहताका अनुसार अनुगमनका क्रममा डेरी, मिठाई, किराना, होटल, बेकरी तथा खाद्य उद्योगहरूको निरीक्षण गरिएको थियो। केही पसलमा म्याद नाघेका खाद्य सामग्री बिक्रीका लागि राखिएको तथा केही सामग्रीमा आवश्यक लेबल विवरण नभएको पाइएपछि जफत गरी स्थलगत रूपमै नष्ट गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा खाद्यवस्तुको म्याद, उत्पादन मिति, ब्याच नम्बर, लेबल तथा भण्डारण अवस्थाबारे विशेष ध्यान दिन व्यवसायीलाई निर्देशन दिइएको खाद्य निरीक्षक प्रविण तिवारीले बताए। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खाद्य स्वच्छता र गुणस्तर कायम गर्न व्यवसायीलाई आग्रह गरिएको उनले जानकारी दिए ।
अनुगमनका क्रममा केही होटल तथा खाद्य व्यवसायमा खाद्य सामग्री उचित तरिकाले भण्डारण नगरिएको पाइएको थियो। मिठाई उत्पादन गर्ने स्थान शौचालयको नजिकै रहेको अवस्थाले खाद्यवस्तु दूषित हुन सक्ने जोखिम देखिएकाले उत्पादनस्थल सफा राख्न, खाद्य सामग्री सुरक्षित रूपमा भण्डारण गर्न तथा शौचालय र उत्पादन क्षेत्रबीच उचित दूरी कायम गर्न निर्देशन दिइएको मेहताले बताए।

त्यसैगरी, फूलो केक एन्ड पिज्जा हाउसमा केक उत्पादनका लागि प्रयोग गरिने केही लेबलविहीन खाद्य सामग्री फेला परेको थियो। आवश्यक मिति, ब्याच नम्बरलगायतका विवरण नभएका सामग्री जफत गरी नष्ट गरिएको कार्यालयले जनाएको छ। बेकरीजन्य खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नुअघि कार्यालयमा उपस्थित भई नियमानुसार अनुमति लिने प्रक्रिया पूरा गर्न पनि सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको छ ।
अनुगमन गरिएका प्रतिष्ठानमा सरस्वती नामको कृष्ण दूध दही डेरी उद्योग, गोलोक कृष्ण फुड उद्योग, कृष्ण मिष्टान्न भण्डार, गिरी होटल, फूलो केक एन्ड पिज्जा हाउस, विनोद पान पसल, बाबा किराना पसल र अमोद किराना स्टोर्सलगायत रहेका थिए। कार्यालयका अनुसार कुल नौ वटा पसल तथा उद्योगको निरीक्षण गरिएको थियो।
नगराइन क्षेत्रमा यसअघि नियमित बजार अनुगमन नभएको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका थिए। यस विषयमा प्रतिक्रिया दिँदै खाद्य निरीक्षण अधिकारी मेहताले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी व्यवस्थाअनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारका निकायको आ–आफ्नो भूमिका रहेको बताए। स्थानीय तहमा उपप्रमुखको समन्वयमा समेत बजार अनुगमन गर्न सकिने उल्लेख गर्दै उनले सम्बन्धित निकायबाट नियमित अनुगमन हुने अपेक्षा व्यक्त गरे । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन म्याद गुज्रिएका, गुणस्तरहीन तथा अनधिकृत खाद्य सामग्रीको बिक्री वितरण रोक्न नियमित बजार अनुगमन आवश्यक रहेको सहभागीहरूले जोड दिएका थिए। जनकपुरधाममा गरिएको संयुक्त बजार अनुगमनका क्रममा गुणस्तरहीन तथा अनधिकृत सामग्रीका साथै बारुदजन्य पटाकासमेत नष्ट गरिएको जनाइएको छ। यस्ता सामग्रीको अनुचित प्रयोग तथा उपभोगले विशेषगरी बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले व्यवसायीलाई सावधानी अपनाउन आग्रह गरिएको थियो।

अनुगमन टोलीमा नगराइन नगरपालिका वडा नं. २ का वडा सदस्य प्रदीपकुमार चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य अनुसन्धान अधिकृत रौशन शाह, खाद्य निरीक्षण अधिकारी प्रविण तिवारी, सहनसार कुमार मेहता, प्रमोद बुढाथोकी, प्रदीप संग्रौला, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बटुकनाथ झा, इलाका प्रहरी कार्यालय लगमाजटहीका प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार मिश्र तथा सशस्त्र प्रहरी बेस जटहीका सहायक निरीक्षक रामनारायण महतोलगायतको सहभागिता रहेको थियो ।
उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित बजार अनुगमन गर्न तथा म्याद, लेबल र गुणस्तर सुनिश्चित गरेर मात्र खाद्य सामग्री बिक्री वितरण गर्न सम्बन्धित निकायले व्यवसायीलाई आग्रह गरेका छन्।

 

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..