३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने तयारी, सरोकारवालासँग अन्तरक्रिया गरिने

19 मिनट पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले तयारी बैठक सम्पन्न गरेको छ । सोमबार अपाङ्ग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्णको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, उनीहरूले भोग्दै आएका समस्या तथा राज्यबाट प्राप्त हुनुपर्ने सेवा, सुविधा र अवसरका विषयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि विभिन्न संघसंस्था तथा सरोकारवालाहरूको सहभागितामा दीप प्रज्वलन गर्ने र अपाङ्गता अधिकारसम्बन्धी सन्देशमूलक एक मिनेटको भिडियो तयार गरी आ–आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा सहभागीहरूले मधेश प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्दै आएका विविध समस्या पहिचान गरी त्यसलाई सार्वजनिक बहसको विषय बनाउनुपर्नेमा जोड दिएका थिए। विशेषगरी शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सरकारी सेवा तथा सार्वजनिक संरचनामा पहुँचलगायतका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि विभिन्न कठिनाइ भोग्नुपरेको उनीहरूको भनाइ थियो । सरकार परिवर्तन भए पनि अपाङ्गता भएका व्यक्तिहरूका आधारभूत समस्या समाधान हुन नसकेको भन्दै सहभागीहरूले सम्बन्धित निकायलाई जिम्मेवार बनाउन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आवाज उठाउनुपर्ने आवश्यकता औँल्याएका थिए । बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका सवाललाई एक दिनको दिवसमा मात्र सीमित नराखी निरन्तर रूपमा उठाउनुपर्ने र प्रदेश तथा स्थानीय तहका नीति, योजना र कार्यक्रमहरूमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिइएको थियो । बैठकमा अपाङ्ग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्ण, सचिव राधेश्याम साह, नेपाल पत्रकार महासंघका प्रतिनिधि, विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधि, निल हिरा समाज जनकपुर, लाइफ नेपाल, ग्रामीण अपाङ्ग उत्थान केन्द्र, इन्सेक मधेश प्रदेशलगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसलाई उपलब्धिमूलक बनाउन सबै सरोकारवाला निकाय, संघसंस्था, सञ्चारकर्मी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

12 comments
३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..

जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..

19 मिनट पहिले

३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..

जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..

19 मिनट पहिले

मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

32 मिनट पहिले

सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..

जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..

1 दिन पहिले

महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..

जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..

2 दिन पहिले

मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

4 दिन पहिले

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

4 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

21 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

2 महीना पहिले

ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..

जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..