महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता सम्बन्धि ओरेकको दुईवर्षे कार्यक्रम सम्पन्न हुँदै
33 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,
मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता र लैङ्गिक उत्तरदायी शासन प्रणाली संस्थागत गर्ने उद्देश्यले महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले सञ्चालन गरेको दुईवर्षे कार्यक्रमको उपलब्धि, सिकाइ तथा असल अभ्यासबारे जनकपुरधाममा अनुभव आदानप्रदान गरिएको छ । ओरेक नेपालको आयोजनामा सम्पन्न ‘लैङ्गिक उत्तरदायी तथा समावेशी शासन प्रवद्र्धनका उपलब्धि, सिकाइ तथा असल अभ्यास आदानप्रदान’ कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका १५ स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो अनुभव, उपलब्धि र चुनौती प्रस्तुत गरेका थिए। कार्यक्रममा महिला अधिकारकर्मी, मानव अधिकारकर्मी, सुरक्षाकर्मी तथा विभिन्न सरोकारवालाको सहभागिता थियो । कार्यक्रमको मुख्य जोड स्थानीय तहमा महिला जनप्रतिनिधिको उपस्थिति मात्र नभई उनीहरूको निर्णय क्षमता, नेतृत्वदायी भूमिका र नीति तथा बजेट निर्माणमा प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्ने विषयमा केन्द्रित थियो ।
कार्यक्रममा ओरेक मधेश प्रदेश संयोजक बिना सिंहले दुई वर्षको अवधिमा महिला जनप्रतिनिधिको नेतृत्व विकास तथा स्थानीय शासन प्रणालीमा लैङ्गिक उत्तरदायित्व अभिवृद्धिका लागि सञ्चालन गरिएका गतिविधिबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँका अनुसार सन् २०२४ अक्टोबरदेखि सुरु भएको कार्यक्रम सन् २०२६ नोभेम्बरमा सम्पन्न हुँदैछ। सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत मधेशका १५, कर्णालीका १२ र सुदूरपश्चिमका १२ गरी तीन प्रदेशका ३९ स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको थियो। सिंहले स्थानीय तहमा महिला जनप्रतिनिधि निर्वाचित भए पनि उनीहरूले व्यवहारमा अझै विभिन्न चुनौती सामना गर्नुपरेको बताउनुभयो। कतिपय महिला जनप्रतिनिधिलाई कार्यपालिका बैठकको जानकारी नदिने, बजेट तथा नीति कार्यक्रमको रातो किताब उपलब्ध नगराउने, बैठकका निर्णयबारे जानकारी नदिई हस्ताक्षर गराउने र निर्णय प्रक्रियामा पर्याप्त सहभागी नगराउने समस्या रहेको उहाँले अनुभव सुनाउनुभयो।
उहाँले भन्नुभयो, “महिलालाई पदमा पु¥याउनु मात्रै पर्याप्त हुँदैन, निर्णय प्रक्रियामा सहभागी गराउने र नेतृत्व सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नु पनि आवश्यक छ।” महिला जनप्रतिनिधिले राजनीतिक जिम्मेवारीसँगै घरायसी काम, बालबालिकाको हेरचाह र परिवारका अन्य जिम्मेवारीसमेत निर्वाह गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले नेतृत्व विकासका लागि परिवार र समाजबाट पनि सहयोग आवश्यक रहेको बताउनुभयो।
महिलाले आफ्नो पहिचान, आत्मसम्मान, आत्मविश्वास र क्षमतालाई पहिचान गर्न सके मात्रै प्रभावकारी नेतृत्व गर्न सक्ने उहाँको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपा यादवले महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरण र न्यायमा पहुँच सुनिश्चित गर्न तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले कानुन निर्माणसँगै त्यसको कार्यान्वयन वडा तहसम्म प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै स्थानीय तहले पीडितको न्यायका लागि अपनत्व लिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले स्थानीय तह नागरिकसँग सबैभन्दा नजिकको सरकार भएकाले लैङ्गिक उत्तरदायी तथा समावेशी शासनको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। जनप्रतिनिधिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न सके कर्मचारीतन्त्रलाई समेत जवाफदेही बनाउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा रौतहटको बौधिमाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा लैङ्गिक सम्पर्क व्यक्ति तारकेश्वर पटेलले स्थानीय तहमा भएका असल अभ्यास प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नगरपालिकाले महिला स्वास्थ्य, किशोरी सशक्तीकरण, प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य र सामाजिक समावेशीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकाससँगै लैङ्गिक उत्तरदायी बजेटको अवधारणालाई संस्थागत गर्ने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । पर्साकी महिला अधिकारकर्मी सानुमाया चौधरीले नेतृत्व र सामाजिक परिवर्तनको सुरुवात आफैँबाट हुनुपर्ने बताउनुभयो। महिलामाथि हुने हिंसा, मानव बेचबिखन तथा बालिकालाई प्रलोभनमा पार्ने घटनाको रोकथामका लागि स्थानीय तह, प्रहरी र संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
मानव अधिकार रक्षक सञ्जालका तर्फबाट अधिवक्ता रेखा झाले महिलाको राजनीतिक सहभागितालाई उपलब्धिमा मात्र सीमित नराखी नेतृत्व गर्ने अवसर र जिम्मेवारी पनि सुनिश्चित गर्नुपर्ने बताउनुभयो। जिल्ला प्रहरी कार्यालय धनुषाकी प्रहरी निरीक्षक रेजिना श्रेष्ठले बालविवाह, घरेलु हिंसा तथा अन्य लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना र समन्वय आवश्यक रहेको बताउनुभयो । कार्यक्रमको अध्यक्षता ओरेकका बोर्ड सदस्य सरियार चौधरीले गर्नुभएको थियो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डललगायतकाले मनतव्य राख्नु भएको थियो । सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले दुई वर्षको अवधिमा प्राप्त सिकाइलाई स्थानीय तहका नीति, कार्यक्रम, बजेट र निर्णय प्रक्रियामा संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले महिला जनप्रतिनिधिको नेतृत्व विकाससँगै स्थानीय शासन प्रणालीमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न निरन्तर क्षमता विकास, संस्थागत सहयोग र साझा जिम्मेवारी आवश्यक रहेको सन्देश दिएको छ ।
महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..
जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..
33 मिनट पहिले
महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..
जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..
33 मिनट पहिले
मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..
जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..
2 दिन पहिले
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..
2 दिन पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
2 दिन पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
19 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
2 महीना पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..