अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्रालयलाई ज्ञापनपत्र

17 मिनट पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीनवटा मन्त्रालयको वेबसाइट तथा सामाजिक सञ्जाललाई पहुँचयुक्त बनाउन माग गर्दै ग्रामीण अपाङ्ग उत्थान केन्द्र धनुषाले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएको छ।
केन्द्रले मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालमा प्रकाशित हुने सूचना, समाचार, नीति, कार्यक्रम र सेवासम्बन्धी सामग्री सबै प्रकारका अपाङ्गता भएका व्यक्तिले सहज रूपमा प्राप्त गर्न, बुझ्न र प्रयोग गर्न सक्ने बनाउन माग गरेको हो।
केन्द्रका अध्यक्ष धनेश प्रसादको नेतृत्वमा गएको टोलीले खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुशील कुमार साह तेली, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादव तथा शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोसमक्ष ज्ञापनपत्र बुझाएको थियो।
ज्ञापनपत्र बुझ्दै तीनवटै मन्त्रालयका सचिवहरूले अपाङ्गता भएका व्यक्तिहरूको मागलाई सकारात्मक रूपमा लिँदै आ–आफ्नो मन्त्रालयका वेबसाइटमा आवश्यक सुधार तथा संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ग्रामीण अपाङ्ग उत्थान केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालको डिजिटल पहुँचयुक्तता परीक्षण गरेको थियो। ‘डिजिटल पहुँचयोग्यता स्कोरकार्ड (संस्करण १.२)’ का आधारमा गरिएको प्रारम्भिक परीक्षणबाट डिजिटल सामग्री प्रयोग गर्दा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न समस्या भोग्नुपर्ने अवस्था देखिएको केन्द्रले जनाएको छ।
परीक्षणका क्रममा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने स्क्रिन रिडरबाट वेबसाइटका सामग्री सहज रूपमा पढ्न नसकिने, तस्बिर तथा ग्राफिक्समा वैकल्पिक पाठ (ब्ति त्भहत) नहुने, भिडियोमा उपशीर्षक (ऋबउतष्यलक) तथा आवश्यकताअनुसार साङ्केतिक भाषाको व्यवस्था नहुने र सामाजिक सञ्जालमा सूचना पोस्टर तथा तस्बिरमा मात्र सीमित राखिने जस्ता समस्या पहिचान गरिएको थियो।
यी समस्याका कारण दृष्टिसम्बन्धी, श्रवणसम्बन्धी तथा अन्य अपाङ्गता भएका व्यक्तिहरू सरकारी सूचना, सेवा तथा सुविधाबारे जानकारी प्राप्त गर्नबाट वञ्चित हुन सक्ने केन्द्रको भनाइ छ। ज्ञापनपत्रमार्फत मन्त्रालयका वेबसाइटलाई स्क्रिन रिडरमैत्री बनाउने, तस्बिर तथा ग्राफिक्समा वैकल्पिक पाठ राख्ने, स्पष्ट शीर्षक र पर्याप्त रङ भिन्नता कायम गर्ने, किबोर्डबाट वेबसाइटका सबै प्रमुख सुविधा प्रयोग गर्न सकिने व्यवस्था मिलाउने तथा भिडियोमा उपशीर्षक र साङ्केतिक भाषा समावेश गर्न माग गरिएको छ।त्यसैगरी, सामाजिक सञ्जालमा पोस्टर तथा तस्बिरमार्फत सार्वजनिक गरिने सूचनाको विवरण पाठ्य स्वरूपमा समेत प्रकाशन गर्न, डिजिटल सामग्री सरल र बुझ्न सहज बनाउन, पहुँचयुक्ततासम्बन्धी सुधारका लागि जिम्मेवार कर्मचारी तोक्न तथा समयबद्ध कार्ययोजना बनाएर कार्यान्वयन गर्न आग्रह गरिएको छ।

मन्त्रालयका सूचना प्रविधि तथा सञ्चारसम्बन्धी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न, डिजिटल पहुँचसम्बन्धी गुनासो तथा सुझाव प्राप्त गर्ने पहुँचयुक्त माध्यमको व्यवस्था गर्न र अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागितामा नियमित अनुगमन तथा परीक्षण गर्नसमेत ज्ञापनपत्रमा माग गरिएको छ।
नेपालको संविधानको धारा १८, २७ र ४२ ले प्रत्याभूत गरेको समानताको हक, सूचनाको हक तथा सामाजिक न्यायको हकका साथै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सुनिश्चित गरेका अधिकारलाई कार्यान्वयन गर्न डिजिटल सूचना तथा सञ्चार माध्यमलाई पहुँचयुक्त बनाउनु आवश्यक रहेको केन्द्रले जनाएको छ।
ज्ञापनपत्र बुझाउने टोलीमा ग्रामीण अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष धनेश प्रसाद, अपाङ्ग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्ण, अपाङ्ग समाज जनकपुरका वकालत अधिकृत किरण पासमान, दृष्टिविहीन संघका अध्यक्ष राजेश नायक, राष्ट्रिय अपाङ्ग महासंघ मधेश प्रदेशका सदस्यहरू तथा अपाङ्गताको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

केन्द्रले मन्त्रालयहरूलाई बुझाएको ज्ञापनपत्रसँगै वेबसाइट तथा सामाजिक सञ्जालको डिजिटल पहुँचयुक्तता परीक्षणसम्बन्धी प्रारम्भिक प्रतिवेदनसमेत संलग्न गरेको छ। प्रतिवेदनका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि मन्त्रालयहरूसँग थप प्राविधिक छलफल, समन्वय र सहकार्य गर्न केन्द्र तयार रहेको अध्यक्ष धनेश प्रसादले बताएका छन्।
अपाङ्गता भएका व्यक्तिहरूले पनि अन्य नागरिकसरह सरकारी सूचना, सेवा, सुविधा तथा सार्वजनिक निर्णय प्रक्रियामा समान रूपमा पहुँच र सहभागिता जनाउन सक्ने वातावरण निर्माण गर्नु नै डिजिटल पहुँचयुक्तताको मुख्य उद्देश्य रहेको केन्द्रले जनाएको छ।

12 comments
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

17 मिनट पहिले

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

17 मिनट पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

17 दिन पहिले

धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..

जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..

17 दिन पहिले

राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..

जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..

19 दिन पहिले

सुरक्षित आवासका लागि वित्तीय पहुँच विस्तार गर्न तीनै तहà..

जनकपुरधाम, कात्तिक १३ । न्यून आय भएका तथा वित्तीय सेवाको पहुँचबाट वञ्चित परिवारलाई सुरक्षित र किफायती आवासको व्य..

20 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

17 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

2 महीना पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

2 महीना पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

2 महीना पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

2 महीना पहिले

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..