स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवलाई १३ बुँदे माग जनकपुरका युवाले बुझाए

1 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका समस्या तत्काल समाधान गर्न माग गर्दै मधेस युवा सञ्जालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ। संजालका यु्वाहरुले यापन पत्र मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादवलाई बुझाएका हुन ।सञ्जालले प्रादेशिक अस्पताल जनकपुरधाममा नवजात शिशुको मृत्यु, राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिरै सुत्केरी हुनुपरेको भनिएको घटना तथा जनकपुरधामस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको भनिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सञ्जालले ती घटनालगायत स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र विकृतिको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। मधेस युवा सञ्जालले प्रदेश सरकारसमक्ष १३ बुँदे माग अघि सारेको छ। जसमा गरिब, विपन्न, असहाय, गर्भवती, सुत्केरी तथा आकस्मिक बिरामीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नदिने व्यवस्था प्रभावकारी बनाउन माग गरिएको छ।
त्यस्तै, स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसारको १० प्रतिशत निःशुल्क शय्या तथा उपचार सेवा लक्षित वर्गले वास्तविक रूपमा पाउने गरी कडाइका साथ लागू गर्न सञ्जालले माग गरेको छ। प्रदेशभरका अस्पताल, क्लिनिक, नर्सिङ होम तथा स्वास्थ्य संस्थाको दर्ता, अनुमति, नवीकरण, पूर्वाधार, उपकरण र जनशक्तिको पुनः अनुगमन गर्नुपर्ने तथा मापदण्ड नपुगेका वा अनुमति नलिई सञ्चालनमा रहेका संस्थामाथि कारबाही गर्नुपर्ने माग पनि गरिएको छ। सञ्जालले अस्पताल तथा स्वास्थ्य संस्थाको नियमित, आकस्मिक र जोखिममा आधारित अनुगमनको प्रभावकारी संयन्त्र बनाउन, अनुगमन प्रतिवेदन तथा कारबाहीको अवस्था सार्वजनिक गर्नसमेत माग गरेको छ। चिकित्सकीय लापरवाही, गलत उपचार, गलत औषधि, शल्यक्रियामा कमजोरीलगायत गम्भीर घटनाको अनिवार्य छानबिन गरी दोषीको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उसको माग छ।
बिरामीमाथि हुने अनावश्यक परीक्षण, बढी शुल्क, कमिसन, अनावश्यक औषधि तथा उपचारका नाममा हुने आर्थिक ठगी नियन्त्रण गरी अस्पतालले स्वीकृत शुल्कदर सार्वजनिक गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।
अस्पतालमा सरसफाइ, शौचालय, खानेपानी, संक्रमण नियन्त्रण र मेडिकल फोहोर व्यवस्थापनका न्यूनतम मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने तथा प्रसूति, नवजात शिशु, आकस्मिक, आईसीयू र शल्यक्रिया सेवामा आवश्यक चिकित्सक, नर्स, उपकरण, औषधि तथा २४ घण्टे सेवा सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।
सञ्जालले ज्ञापनपत्र प्राप्त भएको मितिले १५ दिनभित्र माग सम्बोधन, सम्बन्धित घटनाको छानबिन प्रारम्भ, आवश्यक कारबाही र स्वास्थ्य क्षेत्र सुधारको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न प्रदेश सरकारसँग माग गरेको छ।
तोकिएको अवधिमा माग सम्बोधन नभए प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण जनदबाब, धर्ना, प्रदर्शन, हस्ताक्षर अभियानलगायत लोकतान्त्रिक तथा वैधानिक कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी सञ्जालले दिएको छ।
सञ्जालले स्वास्थ्य संस्थामा २४ घण्टा गुनासो सुनुवाइ तथा बिरामी सहायता डेस्क स्थापना गर्न, बिरामीको मृत्यु वा गम्भीर क्षति भएका घटनामा पीडित परिवारलाई उपचारसम्बन्धी आवश्यक विवरण र घटनाको कारणबारे पारदर्शी जानकारी उपलब्ध गराउन तथा स्वास्थ्य संस्थाको दर्ता, निःशुल्क सेवा, अनुगमन, गुनासो र कारबाहीको विवरण सार्वजनिक गर्ने डिजिटल प्रणाली विकास गर्न पनि माग गरेको छ। त्यसैगरी स्वास्थ्य विज्ञ, कानुनी विज्ञ, नागरिक समाज तथा युवा प्रतिनिधि सम्मिलित प्रदेशस्तरीय स्वास्थ्य अनुगमन तथा सुधार समिति गठन गर्न सञ्जालले प्रस्ताव गरेको छ। ज्ञापनपत्रमा किसन साह, शनि कुमार सिंह, युवराज मिश्र, श्याम साह, समिट सिद्धिकी, आशिक पासमान र अनुराग ठाकुरलगायतको हस्ताक्षर रहेको छ। सञ्जालले आफ्ना माग नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक तथा प्रचलित स्वास्थ्यसम्बन्धी कानुन र मापदण्डमा आधारित रहेको जनाएको छ।

12 comments
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

52 मिनट पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

52 मिनट पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

56 मिनट पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 घन्टा पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 घन्टा पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

2 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

14 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

4 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..