मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार बालक पीडित
53 मिनट पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तथ्य सार्वजनिक भएको छ। यौनजन्य हिंसा, अपहरण तथा बालबालिकामाथि हुने अन्य आपराधिक घटनाले बालबालिकाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको तथ्यांकले देखाएको छ।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासमानले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित यौनजन्य हिंसा रोकथाम तथा सचेतनामूलक कार्यक्रममा प्रस्तुत गर्नुभएको विवरणअनुसार मधेश प्रदेशमा सन् २०२६ मा आठ जना बालबालिकाको हत्या भएको हो।
प्रस्तुत विवरणअनुसार बारा, सर्लाही, धनुषा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा बालबालिकाको हत्या तथा शंकास्पद मृत्युका घटना भएका छन्।
तथ्यांकमा उल्लेख भएअनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी तीन वर्षीया गरिमा चौधरीको साउन ३१ गते बलात्कारपछि हत्या भएको आरोप लागेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ २ गते जितपुर सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी र १६ वर्षीय एक बालकलाई पक्राउ गरेको थियो।
त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका–६ की १३ वर्षीया मौसमकुमारी राउत २०८३ कात्तिक ४ गते आफ्नै उखुबारीमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी थिइन्।
धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा २०८३ कात्तिक ५ गते दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए। उनको शव कात्तिक १४ गते सोही पालिकास्थित धानखेतमा फेला परेको थियो।
यसैगरी, धनुषाकै जनकपुरधाम उपमहानगरपालिका–२२ बिसपिट्टीकी पाँच वर्षीया लक्ष्मी राय साउन २ गते घाँटी रेटिएको तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा काठको बाकसभित्र फेला परेकी थिइन्।
सिरहाको बरियारपट्टी गाउँपालिका–४ स्थित मामाघरमा बस्दै आएका तीन वर्षीय अभियान्सु कुमार यादवको हत्या गरिएको अवस्थामा वैशाख २८ गते शव फेला परेको थियो।
सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा दुई वर्षीया खुसी खातुन आफ्नै घरपछाडिको झाडीमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले सोही ठाउँकी २७ वर्षीया एक महिलालाई पक्राउ गरेको थियो।
त्यस्तै, सप्तरीको खडक नगरपालिका–९ लालपट्टीका १४ वर्षीय धर्मेन्द्रकुमार साहको खडक नगरपालिका–७ कल्याणपुरस्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा मृत्यु भएको घटनामा प्रहरीले २०८२ चैत १८ गते दुई जनालाई पक्राउ गरेको विवरणमा उल्लेख छ।
महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डाका तीन वर्षीय मनिकेश यादवको हत्या आरोपमा प्रहरीले २०८३ साउन ५ गते १५ वर्षीया एक बालिकालाई पक्राउ गरेको थियो।
बालबालिकामाथि हुने हत्या, बलात्कार तथा यौनजन्य हिंसाका घटनाले उनीहरूको सुरक्षा, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न थप प्रभावकारी कदम आवश्यक रहेको देखाएको छ।
मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..
जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..
53 मिनट पहिले
मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..
जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..
53 मिनट पहिले
ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..
जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..
1 घन्टा पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
4 घन्टा पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
17 दिन पहिले
धनुषामा २०० केजी प्रतिबन्धित गाँजा बरामद, तीन वटा साइकल à¤..
जनकपुरधाम कात्तिक १६। सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाबाट ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छà¥..
17 दिन पहिले
अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..
जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..
4 घन्टा पहिले
जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..
जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..
17 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
2 महीना पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
2 महीना पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..