मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाङ्गतामैत्री बनाउन माग

12 मिनट पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र डिजिटल पहुँचयुक्त बनाउन माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।ग्रामीण अपाङ्ग उत्थान केन्द्र धनुषाले मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै डिजिटल सूचना तथा सञ्चार माध्यमलाई सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहुँचमा पु¥याउन आग्रह गरेको हो।
केन्द्रले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा अपाङ्ग समाज जनकपुरका अपाङ्गता समावेशी तथा एड्भोकेसी अफिसर किरण पासमानले मन्त्रालयहरूमा बुझाइएको ज्ञापनपत्र र डिजिटल पहुँचयुक्ततासम्बन्धी प्रारम्भिक परीक्षण प्रतिवेदनका विषयमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए। पासमानका अनुसार रिभा ग्रान्टअन्तर्गत म्ष्खभचकभ एबततभचक को आर्थिक तथा प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा पहुँचको अधिकार सुनिश्चित गर्ने उद्देश्यले दुईदिने डिजिटल पहुँचयुक्ततासम्बन्धी तालिम सञ्चालन गरिएको थियो। तालिममा सहभागी अपाङ्गता भएका व्यक्तिहरूमार्फत नै प्रदेशका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालको डिजिटल पहुँचयुक्तता परीक्षण गरिएको हो।
डिजिटल पहुँचयोग्यता स्कोरकार्ड (संस्करण १.२) का आधारमा गरिएको प्रारम्भिक परीक्षणमा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालमा विभिन्न समस्या र अवरोधहरू फेला परेको उनले जानकारी दिए।
परीक्षणका क्रममा स्क्रिन रिडर प्रयोगकर्ताले वेबसाइटका सामग्री सहज रूपमा पढ्न र प्रयोग गर्न कठिनाइ हुने, तस्बिर तथा ग्राफिक्समा वैकल्पिक पाठको अभाव रहने, भिडियोमा उपशीर्षक तथा आवश्यकताअनुसार साङ्केतिक भाषा समावेश नगरिने र सामाजिक सञ्जालमा सूचना पोस्टर तथा तस्बिरमा मात्र प्रकाशन गर्ने प्रवृत्तिले अपाङ्गता भएका व्यक्तिहरूलाई सूचना प्राप्त गर्न कठिनाइ भइरहेको पाइएको छ।
उनले सूचनामा पहुँचको अभावले अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा तथा सरकारी सेवासुविधाबारे जानकारी प्राप्त गर्न र सार्वजनिक नीति तथा निर्णय प्रक्रियामा सहभागी हुन बाधा पुगिरहेको बताए।
ज्ञापनपत्रमार्फत मन्त्रालयका वेबसाइटलाई स्क्रिन रिडरमैत्री बनाउन, तस्बिरमा वैकल्पिक पाठ राख्न, भिडियोमा उपशीर्षक तथा साङ्केतिक भाषा समावेश गर्न र सामाजिक सञ्जालमा पोस्टर तथा तस्बिरसँगै सूचनाको पाठ्य विवरणसमेत प्रकाशन गर्न माग गरिएको छ।त्यसैगरी डिजिटल पहुँचयुक्ततामा देखिएका समस्या समाधान गर्न जिम्मेवार शाखा वा कर्मचारी तोक्न, समयबद्ध सुधार कार्ययोजना बनाई कार्यान्वयन गर्न, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तथा डिजिटल पहुँचसम्बन्धी गुनासो र सुझाव प्राप्त गर्ने पहुँचयुक्त माध्यमको व्यवस्था गर्न पनि मन्त्रालयहरूको ध्यानाकर्षण गराइएको छ।ग्रामीण अपाङ्ग उत्थान केन्द्रका अध्यक्ष धनेश प्रसादले डिजिटल सूचना तथा सञ्चार माध्यमलाई पहुँचयुक्त बनाउनु केवल प्राविधिक सुधारको विषय मात्र नभई अपाङ्गता भएका व्यक्तिहरूको समानता, मानव अधिकार र समावेशी सहभागिता सुनिश्चित गर्ने महत्वपूर्ण आधार भएको बताए।केन्द्रले मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जालको डिजिटल पहुँचयुक्तता नियमित परीक्षण, अनुगमन र सुधार गर्नसमेत आग्रह गरेको छ। साथै, परीक्षण प्रतिवेदनका निष्कर्ष तथा सुझाव कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग थप प्राविधिक छलफल, समन्वय र सहकार्य गर्न तयार रहेको जनाएको छ।
पत्रकार सम्मेलनमार्फत केन्द्रले अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालयलाई तत्काल आवश्यक सुधारात्मक र नीतिगत पहल गर्न आग्रह गरेको छ।

12 comments
मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

12 मिनट पहिले

मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

12 मिनट पहिले

सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..

जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..

1 दिन पहिले

महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..

जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..

2 दिन पहिले

मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

4 दिन पहिले

ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..

जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..

अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न तीन मन्त्à¤..

जनकपुरधाम मंसिर ३ गते । अपाङ्गता भएका व्यक्तिहरूको सूचनामा समान पहुँचको अधिकार सुनिश्चित गर्न मधेश प्रदेशका तीà¤..

4 दिन पहिले

जनकपुरमा अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल पहुँचयुक्..

जनकपुरधाम कार्तिक १६ गते । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल पहुँच अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरमा आयोजित ..

21 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

2 महीना पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..