न्यायको प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला अधिकारकर्मीमाथि सामूहिक आक्रमण, दोषीलाई कारबाही गर्न माग

2 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
मंसिर ११ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा हिंसा प्रभावित महिलालाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला मानव अधिकार रक्षक तथा ओरेकका कर्मचारीमाथि भएको सामूहिक आक्रमणको घटनाप्रति मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरूले गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत महिला मानव अधिकार रक्षकहरूको प्रदेश सञ्जाल, मधेश प्रदेशले २०८३ मंसिर ६ गते भएको कुटपिट, बलात्कारको प्रयास, लुटपाट तथा ज्यान मार्ने धम्कीको घटनाको घोर निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा महिला मानव अधिकार रक्षक सञ्जालकी मधेश प्रदेश सदस्य निभा सिंहले संयुक्त प्रेस विज्ञप्ति वाचन गर्दै न्यायको पक्षमा उभिएका अधिकारकर्मीमाथि नै आक्रमण हुनु मानव अधिकार, न्यायमा पहुँच र विधिको शासनमाथिको प्रहार भएको बताउनुभयो।
विज्ञप्तिअनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण परिवार तथा समाजबाट विभेद र हिंसा भोग्न बाध्य एक महिला चार वर्षअघि गर्भावस्थामा ओरेकको सुरक्षा आवासमा बसेकी थिइन्। उनले सोही सुरक्षा आवासमा बच्चालाई जन्म दिएकी थिइन्। उक्त घटनामा प्रभावित महिलालाई न्याय दिलाउन स्थानीय जनप्रतिनिधिहरूले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
तर, घटना भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले विभिन्न बहानामा कानुनी प्रक्रिया प्रभावकारी रूपमा अगाडि नबढाएको विज्ञप्तिमा उल्लेख छ। यसबीच घटनामा आरोपित व्यक्ति वैदेशिक रोजगारीमा जाने, फर्कने र सामाजिक परम्पराअनुसार विवाह गरी पुनः वैदेशिक रोजगारीमा जाने गरेको अवस्थाले न्यायिक प्रक्रियाको प्रभावकारिता र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएको सञ्जालको भनाइ छ।

लामो समयदेखि रोकिएको न्यायिक प्रक्रियालाई अगाडि बढाउने क्रममा प्रहरीकै अनुरोध र समन्वयमा ओरेकका कर्मचारी तथा तीन जना महिला मानव अधिकार रक्षक २०८३ मंसिर ६ गते आरोपितको घर पुगेका थिए। ओरेकका कर्मचारी सवारीसाधनमा र महिला मानव अधिकार रक्षकहरू अटोमा घटनास्थल पुगेका थिए।

सोही क्रममा अटो रोकिएको स्थानमा भाडा तिर्ने विषयमा स्थानीय मुन्ना चौधरी नाम गरेका व्यक्तिले महिला मानव अधिकार रक्षक तथा कर्मचारीमाथि अभद्र व्यवहार गर्दै संस्थालाई समेत लक्षित गरी अपमानजनक गालीगलौज गरेको विज्ञप्तिमा उल्लेख छ।
ती व्यक्तिले बलात्कारसम्बन्धी आपत्तिजनक अभिव्यक्ति दिँदै अधिकारकर्मीहरूलाई मारेर सबक सिकाउनुपर्ने धम्की दिएको र धारिलो हतियार देखाएर जबर्जस्ती घरभित्र लगेको विज्ञप्तिमा जनाइएको छ। त्यसपछि उनीहरूको कपडा च्यात्ने, गरगहना लुट्ने तथा टाउको र ढाडमा सामूहिक रूपमा कुटपिट गरिएको आरोप लगाइएको छ।
उक्त घटनामा आरोपितका दाजुभाइ, दिदीबहिनी, काकीलगायत करिब १५० जनाको समूहको उपस्थिति रहेको र समूहले अधिकारकर्मी तथा कर्मचारीमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। घटनास्थलमा रहेका दुई जना प्रहरीले महिला मानव अधिकार रक्षकहरूलाई बाहिर निकालेर केही व्यक्तिलाई छुट्याउँदै मुसहरनिया प्रहरी चौकीतर्फ लगेका थिए। तर, प्रहरी चौकीभित्रै समेत पुनः हातपात भएको सञ्जालको आरोप छ।

आक्रमणबाट ओरेकका दुई जना कर्मचारी गम्भीर घाइते भई उपचाररत रहेको जनाइएको छ।
सञ्जालले घटनालाई केही व्यक्तिमाथि भएको आक्रमणमा मात्र सीमित नराखी महिला अधिकार, मानव अधिकार, न्यायमा पहुँच, नागरिक समाजको स्वतन्त्र भूमिका र विधिको शासनमाथिको प्रत्यक्ष प्रहारका रूपमा व्याख्या गरेको छ। न्यायका लागि आवाज उठाउने अधिकारकर्मी नै असुरक्षित हुने अवस्था सिर्जना हुनु लोकतान्त्रिक समाजका लागि गम्भीर चुनौती भएको विज्ञप्तिमा उल्लेख छ।
पत्रकार सम्मेलनमार्फत सञ्जालले नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, प्रहरी प्रधान कार्यालय, मधेश प्रदेश सरकार तथा सम्बन्धित निकायसमक्ष सातबुँदे मागसमेत अघि सारेको छ।

सञ्जालले घटनामा संलग्न आक्रमणकारी, योजनाकार तथा मतियारहरूको निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न, घाइतेहरूको निःशुल्क उपचार, मनोसामाजिक सहयोग तथा सुरक्षा सुनिश्चित गर्न र लुटिएका गरगहना तथा सम्पत्तिको क्षतिपूर्तिका लागि पहल गर्न माग गरेको छ।
त्यसैगरी न्यायको प्रक्रियामा रहेकी हिंसा प्रभावित महिला र उनका बच्चाको जीवन, सुरक्षा, गोपनीयता तथा मर्यादा सुनिश्चित गर्दै रोकिएको न्यायिक प्रक्रिया तत्काल अगाडि बढाउनुपर्ने माग गरिएको छ। प्रहरीकै समन्वयमा पुगेका अधिकारकर्मीको सुरक्षा हुन नसकेको र प्रहरी चौकीभित्रै पुनः आक्रमण भएको विषयमा प्रहरी प्रशासनको भूमिकाबारे निष्पक्ष छानबिन गर्न पनि सञ्जालले आग्रह गरेको छ। महिला तथा मानव अधिकार रक्षकहरूले धम्की, हिंसा र प्रतिशोधको डरबिना आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्ने तथा हिंसा प्रभावित महिलाको व्यक्तिगत विवरण र संवेदनशील सूचनाको गोपनीयता कायम गर्नुपर्ने मागसमेत गरिएको छ।

यसैगरी राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशलाई घटनाको सूक्ष्म अनुसन्धान गरी न्यायका लागि आवश्यक पहल गर्न अनुरोध गर्दै मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयसँग महिला मानव अधिकार रक्षकहरूको सुरक्षा नीति निर्माण र क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न माग गरिएको छ । पत्रकार सम्मेलनमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साह, ओरेक मधेश प्रदेशकी संयोजक वीणा सिंहलगायतले मन्तव्य राख्दै घटनालाई गम्भीरतापूर्वक लिन र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्नुभयो। उनीहरूले महिला हिंसा, जातीय विभेद, दण्डहीनता तथा अधिकारकर्मीमाथिको दमनविरुद्ध सामूहिक आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सञ्जालले “न्यायको पक्षमा उभिनु अपराध होइन, मानव अधिकार रक्षकलाई आक्रमण गर्नु दण्डनीय अपराध हो” भन्दै राज्यले महिला तथा मानव अधिकार रक्षकहरूको सुरक्षा र न्यायको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ ।

12 comments
मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..

जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..

2 घन्टा पहिले

मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..

जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..

2 घन्टा पहिले

न्यायको प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला अधिकारकर..

जनकपुरधाम मंसिर ११ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा हिंसा प्रभावित महिलालाई न्याय दिलाउने प्र..

2 घन्टा पहिले

३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..

जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..

4 दिन पहिले

मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

4 दिन पहिले

सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..

जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..

5 दिन पहिले

ज्येष्ठ नागरिकलाई सास्ती होइन, सम्मान र सहज सेवा दिनुपर्..

जनकपुरधाम मंसिर ३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य संजय कुमार चौधरीले ज्येष्ठ नागरिकलाà¤..

8 दिन पहिले

सार्वजनिक अभिव्यक्तिबारे निलम्बित सभापति लक्ष्मेश्वर à..

जनकपुरधाम कार्तिक १० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभाà..

1 महीना पहिले

लक्ष्मेश्वर यादवले लगाएको आरोपप्रति धनुषाका प्रहरी प्र..

जनकपुरधामकार्तिक १० गते । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले लक्ष्मेश्वर यादà..

1 महीना पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

2 महीना पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

2 महीना पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

2 महीना पहिले

महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..

जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..

मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..

जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..

३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..

जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..