मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लागि राज्य र नागरिक समाजबीच सहकार्यमा जोड

2 घन्टा पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
मंसिर ११ गते ।
मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका जटिलता र महिला मानव अधिकार रक्षकहरूले कार्यक्षेत्रमा भोग्नुपरेका चुनौती न्यूनीकरण गर्न राज्यका निकाय र नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ओरेक नेपाल र महिला मानव अधिकार रक्षकहरूको प्रदेश सञ्जाल, मधेश प्रदेशको संयुक्त आयोजनामा शुक्रबार जनकपुरधाममा सम्पन्न ‘मधेश प्रदेशमा लैङ्गिक हिंसाको अवस्था’ विषयक प्रदेशस्तरीय अन्तरक्रियामा सहभागीहरूले यस्तो बताएका हुन्।
महिला मानव अधिकार रक्षकहरूको प्रदेश सञ्जाल, मधेश प्रदेशकी अध्यक्ष रेखा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशका प्रमुख बुद्धनारायण साहनी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष तथा पदाधिकारी, ओरेकका स्थायी सदस्य रीता महतो, विभिन्न अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) का कर्मचारी, सरकारी निकायका प्रतिनिधि तथा अधिकारकर्मीहरूको सहभागिता थियो।
कार्यक्रममा ओरेक नेपालकी कार्यकारी निर्देशक रेखा शर्मा श्रेष्ठले मधेश प्रदेशमा लैङ्गिक हिंसाको वर्तमान अवस्था, हिंसाका विभिन्न स्वरूप, पीडित महिलाले न्याय प्राप्तिका क्रममा भोग्नुपरेका चुनौती तथा हिंसा न्यूनीकरणका उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो। त्यस्तै, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष श्यामकुमारी साहले महिला मानव अधिकार रक्षकहरूको भूमिका, जिम्मेवारी, योगदान र कार्यक्षेत्रमा भोग्नुपरेका चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो।
प्रस्तुतीकरणपछि सहभागीहरूले घरेलु हिंसा, यौन हिंसा, जातीय विभेद, महिला तथा बालिकामाथि हुने दुव्र्यवहार, न्यायमा पहुँचको कठिनाइ र अधिकारकर्मीमाथि हुने धम्की तथा आक्रमणका विषयमा अनुभव र धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेशका प्रमुख बुद्धनारायण साहनीले मानव अधिकार रक्षकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा सम्बन्धित व्यक्ति तथा निकायको मर्यादा र सम्मानलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।
उहाँले सन् १९९८ मा संयुक्त राष्ट्रसंघबाट जारी मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्रले महिला, बालबालिका, दलित, आदिवासी जनजातिलगायत विभिन्न क्षेत्रमा मानव अधिकार संरक्षणका लागि काम गर्ने व्यक्तिहरूलाई मानव अधिकार रक्षकका रूपमा स्वीकार गरेको उल्लेख गर्नुभयो।साहनीले सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा नगरेमा मानव अधिकार रक्षकहरूले प्रश्न उठाउने, जवाफदेहिता माग्ने र कानुनी प्रक्रियामार्फत सम्बन्धित निकायलाई जिम्मेवार बनाउने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। तर, यस्तो भूमिका निर्वाह गर्दा मर्यादित भाषा र व्यवहार अपनाउनुपर्ने उहाँको भनाइ थियो। गृह मन्त्रालयले २०७७ सालमा जारी गरेको मानव अधिकार रक्षकहरूको सुरक्षा तथा संरक्षणसम्बन्धी आदेशको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले हालै महिला मानव अधिकार रक्षक तथा ओरेकका कर्मचारीमाथि भएको आक्रमणको घटनामा निष्पक्ष अनुसन्धान र न्यायका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमकी अध्यक्ष रेखा झाले महिला मानव अधिकार रक्षकहरूबीच एकता, सहकार्य र आपसी समन्वय आवश्यक रहेको बताउनुभयो। कार्यक्षेत्रमा देखिएका हिंसा तथा दुव्र्यवहारका घटनाहरू सञ्जालको साझा समूहमा जानकारी गराई समाधानका लागि सामूहिक पहल गर्नुपर्ने उहाँको आग्रह थियो।
हालै अधिकारकर्मीमाथि भएको आक्रमणको घटनाबारे बोल्दै उहाँले मुद्दा दर्ताको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो। यदि मुद्दा दर्ता हुन नसकेमा सबै अधिकारकर्मी एकजुट भएर आन्दोलन तथा विरोधका कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो।
ओरेक नेपालको बोर्ड सदस्य सयौर चौधरीले महिला अधिकारका लागि विगतमा अधिकारकर्मीहरूले सामाजिक अपमान, गालीगलौज तथा विभिन्न चुनौती सामना गर्दै संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो।मधेश प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि यज्ञराज भट्टले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको अनुसन्धान, पीडितको संरक्षण र न्यायिक प्रक्रियामा सहजीकरण गर्न प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले प्रस्तुत गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा मधेश प्रदेशका आठवटै जिल्लामा घरेलु हिंसासम्बन्धी ५ हजार २५ वटा निवेदन परेको थियो। तीमध्ये ५ हजार १८२ वटा निवेदन फछ्र्योट गरिएको उहाँले जानकारी दिनुभयो। चालु आर्थिक वर्ष २०८३÷८४ को हालसम्म १ हजार ६३५ वटा निवेदन प्राप्त भएको उहाँले बताउनुभयो।त्यसैगरी महिला तथा बालबालिकासम्बन्धी विभिन्न अपराधका शीर्षकमा आर्थिक वर्ष २०८२÷८३ मा ५८८ वटा मुद्दा दर्ता भएको र चालु आर्थिक वर्ष २०८३÷८४ को कात्तिक महिनासम्म १ हजार ८५१ वटा मुद्दा दर्ता भएको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो।
पीडितलाई उजुरी दिन प्रोत्साहित गर्ने, गोपनीयता कायम राख्ने र न्यायिक प्रक्रियामा सहयोग पु¥याउने काममा प्रहरी तथा नागरिक समाजबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो।मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव सुशीलकुमार साहले महिला मानव अधिकार रक्षकहरूले अरूको अधिकार संरक्षणका लागि जोखिम मोलेर काम गरिरहेको भन्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो।कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुनी सचेतना विस्तार, पीडितमैत्री सेवा, प्रभावकारी अनुसन्धान, न्यायमा सहज पहुँच र महिला मानव अधिकार रक्षकहरूको संस्थागत सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियाले मधेश प्रदेशमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारी निकाय, नागरिक समाज, मानव अधिकारकर्मी र सेवा प्रदायक संस्थाबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। उक्त अन्तरक्रियाको संचालन ओरेक मधेश प्रदेशका संयोजक विणा सिँहले गर्नुभएको थियो ।

12 comments
मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..

जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..

2 घन्टा पहिले

मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..

जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..

2 घन्टा पहिले

न्यायको प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला अधिकारकर..

जनकपुरधाम मंसिर ११ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा हिंसा प्रभावित महिलालाई न्याय दिलाउने प्र..

2 घन्टा पहिले

३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..

जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..

4 दिन पहिले

मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..

जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..

4 दिन पहिले

सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..

जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..

5 दिन पहिले

महिला जनप्रतिनिधिको नेतृत्व विकास र अर्थपूर्ण सहभागिता..

जनकपुरधाम, मंसिर ५ गते । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व क्षमता विकास, निर्णय प्रक्रियामा अरà..

6 दिन पहिले

मधेशमा सन् २०२६ मा आठ बालबालिकाको हत्या, चार बालिका र चार ..

जनकपुरधाममंसिर ३ गते । मधेश प्रदेशमा सन् २०२६ मा चार जना बालिका र चार जना बालक गरी आठ जना बालबालिकाको हत्या भएको तà¤..

8 दिन पहिले