राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्तदान

1 घन्टा पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबार जनकपुरधामको जनकचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सामाजिक संस्था, साझेदार संस्थामा कार्यरत कर्मचारी तथा सर्वसाधारण गरी ४७ जनाले रक्तदान गरेका छन् । सपोर्ट नेपाल, एसडीआरसी, सीएफडब्लुए,ज्वास आसमान नेपाललगायत पाँच साझेदार संस्थाको सहकार्य तथा सम्बन्धित साझेदार निकायहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्लान इन्टरनेसनल नेपालका कार्यक्रम विज्ञ मिहिरकुमार झा, काजल झा, सपोर्ट नेपाल, जानकी महिला जागरण समाज, सामुदायिक परिवार कल्याण संघ, सामाजिक विकास तथा अनुसन्धान केन्द्र र आसमान नेपालका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य बालबालिकाको संरक्षण र भविष्य सुनिश्चित गर्न समुदायमा सामाजिक उत्तरदायित्व तथा सहयोगको भावना विकास गर्नु रहेको आयोजकले जनाएको छ । विशेषगरी विपन्न तथा जोखिममा रहेका समुदायका बालबालिकाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । सपोर्ट नेपालका कार्यवाहक अध्यक्ष सुनील मलिकले बालबालिकाको संरक्षण तथा भविष्य निर्माणका लागि समुदाय, स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताए। राष्ट्रिय बाल दिवसलाई औपचारिक कार्यक्रमका रूपमा मात्र सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

रक्तदान कार्यक्रममा सहभागी सपोर्ट नेपालका कर्मचारी बेचन सिंहले रक्तदानले तत्काल रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्नुका साथै बालबालिकाको स्वास्थ्य तथा भविष्यप्रति समुदायको संवेदनशीलता बढाउन सहयोग गर्ने बताउनुभयो ।
धनुषाको विभिन्न पालिकामा ई संस्थाहरुको आयोजना तथा प्लानईन्टरनेसनल नेपालको सहयोगमा ‘सशक्त बालिका परियोजना’ सञ्चालन भइरहेको आयोजक संस्थाहरूले जानकारी दिएका छन् ।

परियोजनाले विशेषगरी बालिका तथा बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सशक्तीकरणमा केन्द्रित भएर विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ । बालबालिकासँग सम्बन्धित समस्या पहिचान तथा समाधानका लागि स्थानीय सरकार र साझेदार संस्थाको सहकार्यमा अन्तरक्रिया, अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रमले बालबालिकाको संरक्षणको सन्देशसँगै समुदायमा सामाजिक सेवा र मानवीय सहयोगको भावना अभिवृद्धि गर्न योगदान पु¥याएको आयोजकको भनाइ छ ।

12 comments
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

1 घन्टा पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचे..

1 घन्टा पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

16 घन्टा पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

2 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

2 दिन पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

3 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

16 घन्टा पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

8 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

9 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

9 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

12 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

15 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निष..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..