आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

1 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौँ ,वैशाख ५ गते । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।”

राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

 काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ ।
 उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उन‍लाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।

साभार : नेपाल प्रेस

12 comments
संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

12 दिन पहिले

संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेक..

काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसल..

12 दिन पहिले

सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र ..

12 दिन पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

12 दिन पहिले

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अ..

काठमाडौं, वैशाख २९ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता ह..

12 दिन पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

13 दिन पहिले

सिंहको श्रद्धाञ्जली सभा सम्पन्न

जनकपुरधाम, वैशाख ३० गते । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ स्थित मोडर्न ई.से.बो.स्कुल कक्षा १० मा अध्यनरत छात्र ..

12 दिन पहिले

शहीदहरूको सम्मानमा वार्षिक क्यालेन्डर लोकापर्ण कार्यक..

दिपेश मल्लिक  जनकपुरधाम, वैशाख २९ गते । शहीद दुर्गानन्द झा अनुसन्धान तथा सेवा केन्द्र जनकपुरधामको आयोजनामा वार..

12 दिन पहिले

प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे आमरण अनशन

काठमाडौं, वैशाख २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग्दै डा. गोविन्द केसीले आमरण अनशन थाले..

13 दिन पहिले

संसद्को गतिरोध खुलाउने काम सरकारको हातमा : काँग्रेस नेता..

जनकपुरधाम,वैशाख २९ गते । नेपाली काँग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले संसद्को ..

13 दिन पहिले

बालमिकी स्थानमा केहि गलत व्यक्तिकाे समुहले दुखः दिन खोज..

जनकपुरधाम, वैशाख २८ गते ।महोत्तरी बलबा नगरपालिका वडा नं. ५ अन्तर्गत रहेको बालमिकी स्थान भगवानको मन्दिरमा केहि गल..

13 दिन पहिले

आज अक्षय तृतीया, सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै

काठमाडौं ,वैशाख २८ गते । प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान गरी खा..

14 दिन पहिले