संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री सकरात्मक रहेकाे कांग्रेसकाे दाबी
7 महीना पहिले प्रकाशित
Smrititimes
काठमाडौं , वैशाख ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठक पछि प्रतिक्रिया दिदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका हुन् । उनले भने-‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शु्क्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए । कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।
साभार : विकास टाइम्स
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
19 दिन पहिले
दलान नेपालद्धारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभिया..
जनकपुरधाममंसिर १७ ।लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपालद्वारा १६ ..
19 दिन पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
19 दिन पहिले
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशिक्षक प्रशिक्ष..
जनकपुरधाममंसिर १३ गते । विदेह नगरपालिका वडा नं. ५ र ७ का महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने प्रशिक्षक प्..
23 दिन पहिले
बहुभाषिक सिकाईका लागि सिरहाका शिक्षकलाई तालिम प्रदान
जनकपुरधाम मंसिर १३ गते ।कक्षा एक देखि ३ सम्मका बालबालिकाहरुको गुणस्तरीय सिकाईका लागि बहुभाषिक भाषामा सिकाईका ल..
23 दिन पहिले
मानव वेचविखन विरुद्व सचेतना कार्यक्रम चन्द्रनिगाहपुरम..
प्रेमचन्द्र झामंसिर १२ गते रौतहट । चन्द्रपुर नगरपालिकाको जनज्योति नमूना माध्यमिक विधालयका कक्षा १० मा अध्ययनर..
24 दिन पहिले
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..
जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..
1 महीना पहिले
मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..
जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..
1 महीना पहिले
पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..
बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..
2 महीना पहिले
द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह
जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..
2 महीना पहिले
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..
3 महीना पहिले
बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..
काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..
3 महीना पहिले