संविधानको प्रतिगामी संशोधन विरुद्ध तमलोपाको संघर्षको तैयारी

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधामः १ गते भदौँ
तराई–मधेश लोकतान्त्रिक पार्टीले नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा षडयन्त्रपूर्वक गर्न खोजिएको संविधान संशोधनले समावेशी लोकतन्त्रलाई समाप्त गर्न खोजिएको भन्दै आफ्ना कार्यकर्ताहरुलाई सम्भावित संघर्षको निमित्त तैयार रह्न निर्देशन दिएको छ । आज तमलोपा केन्द्रिय कार्यालयको सभा कक्षमा आयोजित प्रशिक्षण कार्यक्रममा तमलोपाका नेताहरुले यस्तो निर्देशन दिए ।
तमलोपाद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्वोधनको क्रममा तमलोपा अध्यक्ष पूर्व राष्ट्रिय सभा सदस्य वृषेशचन्द्र लालले, –“नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनद्वारा उल्लेखित संविधान संशोधनको अन्तर्य अग्रगामी परिवर्तनतिर र जनताले संविधानमा खोजेको संशोधन हुनु नभई समावेशी लोकतन्त्रको अहिले रहेको जे जस्तो स्थितिलाई पनि पछाडि ढकेल्न र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्वको माध्यमबाट सिमान्तिकरणमा रहेका मधेशी, थारु, आदिवासी–जनजाति, दलित आदिको सहभागिता समाप्त गर्न लक्षित रहेको” ठोकुवा गर्दै यस पश्चगामी षडयन्त्र विरुद्धको संघर्षको निमित्त तयार रहन आग्रह गर्नु भयो । “नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन संविधानको कस्तो संशोधन चाहेको हो प्रष्टसंग आधिकारिक रुपमा अक्षरमा किन राख्दैन किनभने तिनको भित्री मनसुबा संविधानको प्रतिगामी संशोधन हो । बडो सुनियोजित तरीकाबाट जनतामा भ्रम छरिंदै छ र त्यसको निमित्त जनताको आँखामा छारो हाल्ने वातावरण बनाउन विदूषकहरु खटाइएको” अध्यक्ष लालको आरोप थियो ।

तमलोपाको बरिष्ठ नेता संविधान सभा सदस्य डा. विजयकुमार सिंहले प्रतिनिधि सभाको निर्वाचन पूर्ण समानुपातिक पद्धतिबाट हुनु पर्ने र निर्वाचन क्षेत्र प्रदेशहरुलाई तोक्नु पर्ने बताउँदै काँग्रेस–एमाले गठबन्धन प्रतिनिधिसभाबाट समानुपातिक प्रतिनिधित्व नै हटाउन खोजेको, संघीय संसदमा प्रदेश र स्थानीय तहको प्रतिनिधि सदन राष्ट्रिय सभाको मूल भूमिका नै समाप्त गर्न चाहेको र स्थायित्वको नाममा काँग्रेस र एमालेको ओलीगार्की अल्पतन्त्र कायम गर्न खोजेको बताउनु भयो । तमलोपाको वरिष्ठ नेता सिंहले संसदमा प्रतिनिधित्व गर्ने मधेश केन्द्रित भनिने दलहरु यस महत्वपूर्ण विषयमा चुप्पीका साथ सत्ता भोग गर्नुमा लागेको देख्दा दुख लागेको भन्दै तराई–मधेश लोकतान्त्रिक पार्टी यसको विरुद्ध खबरदारी र आवश्यक परे संघर्ष गर्नुबाट पछि नहट्ने भन्नु भयो ।
वर्चस्ववादीहरु स्थायित्वको कुरा गरे पनि उनीहरु अन्यहरुको सहभागिताले आत्तिएको वहाँहरूको भनाई थियो ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

3 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

3 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

4 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

4 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

15 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

15 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

21 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..