मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
7 महीना पहिले प्रकाशित
Smrititimes
मंसिर ३, २०८२
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरुले दर्ता गराउनु भएको महाअभियोग प्रस्ताव प्रदेश सभाको बैठकले आज पारित गरेको छ ।
मधेश प्रदेश सभामा उपस्थित रहनु भएका ७८ प्रदेश सभा सदस्यहरु मध्ये ७६ ले महाअभियोगको प्रस्तावको पक्षमा मत दिनु भएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो । दुई तिहाइका लागि ७२ जना प्रदेश सभा सदस्य चाहिएकोमा त्यस भन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावको विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बबिता राउत ईशरले प्रदेश सभाको बैठकमा घोषणा गर्नु भयो ।
मत विभाजनको आधारमा महाअभियोग माथि प्रस्ताव माथि छलफल तथा प्रदेश सभाको बैठकले निर्णय लिएको कारणले आजैको मितिबाट प्रदेश सभा नियमावली तथा नेपालको संविधान अनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख पदबाट पदमुक्त हुनु भएको घोषणा उपसभामुख वविता राउत ईशरले गर्नु भयो ।
सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले गराउनु भएको थियो ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कार्तिक २७ गते उपसभामुख बबिता राउत ईशरको तोक आदेशमा प्रदेश सभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेश सभामा दर्ता गर्नु भएको थियो ।
मधेश प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बोलाउनका लागि हिजो उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि आज दिउँसोका लागि उपसभामुखले बैठक बोलाउनु भएको थियो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक मधेश प्रदेश सभा सचिवालयका सचिव बासुप्रसाद कोइराला ढिलो गरि आउनु भएकाले ३ः२० बजेबाट शुरु भएको थियो । महाअभियोग प्रस्ताव माथिको छलफलमा भाग लिने प्रदेश सभाका सदस्यहरुले सभामुखले पद अनुकूलको आचरण शुरु देखि नै नगरेका धेरै उदाहरणहरू दिनुभएको थियो ।
यसरी धारणा राख्नेहरूमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्यहरु जीवछी यादव, जसपाका प्रदेश सभाका सदस्य मनिष कुमार सुमन तथा संजय कुमार यादव, उपेन्द्र महतो, जवाहरलाल कुशवाहा सहितका प्रदेश सभाका सदस्यहरु रहनु भएको थियो ।
यसैगरि बैठकमा प्रदेश सभाका पाँच जना सदस्यहरूलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बविता राउत ईशरले पढेर सुनाउनु भएको थियो ।
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
7 घन्टा पहिले
कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासा..
जनकपुरधाम असार १० गते ।कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अ..
7 घन्टा पहिले
राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्..
जनकपुरधाम असार १० गते ।बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक..
8 घन्टा पहिले
विपद् जोखिम न्यूनीकरण मधेश प्रदेश कार्यमञ्च गठन, ९ विषयग..
जनकपुरधाम असार १० गते । मधेश प्रदेशमा हुने विपद्का बेला हुने जोखिम न्युनिकरण गर्न सरोकारबलाहरु सक्रिय भएका छ..
7 घन्टा पहिले
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
8 घन्टा पहिले
सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्षिक समीक्षा ..
जनकपुरधाम असार ५ गते । धन्ुषा जिल्लाको पाँच वटा पालिकामा संचालित सशक्त बालिका परियोजनाको जिल्ला स्तरीय वार्ष..
5 दिन पहिले
बजेटको आकार घटाउँदै मधेसमा ४१ अर्ब १३ करोड ८६ लाख रुपैया..
जनकपुरधाम, असार १ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ..
9 दिन पहिले
एक जिल्ला–एक सांसद प्रस्तावप्रति तमलोपाको आपत्ति, जनसं..
जनकपुरधाम जेठ २९ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले निर्वाचन आयोगले अघि सारेको ‘एक जिल्ला, एक सांसद&rs..
12 दिन पहिले
सरकारी गाड़ी के नम्बर ‘निजी’ बनौने आरोपमे पकरलगेल मधेश क..
जनकपुरधाम, फागुन २० गते । मौन अवधि के बीच सरकारी गाड़ी के नम्बर प्लेट बदलि कऽ निजी बनौने के आरोपमे पकरलगेल मधेश ..
4 महीना पहिले
मधेश के पहचान बचाबए लेल जसपा के पक्ष मे मतदान करए के परमेश..
फागुन ८ गते जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मे जनता समाजवादी पार्टी (जसपा) नेपाल के उम्मीदवार परमेश..
4 महीना पहिले
जनकपुरधाम मे चुनाव आचार संहिता उल्लंघन के २० हजार प्रचार..
जनकपुरधाम, ८ फागुन । फागुन २१ गते होए वाला प्रतिनिधि सभा चुनाव नजदीक अबैत चुनावी प्रचार तेज भ रहल अछि। एही बीच आ..
4 महीना पहिले
मनिष झाके पोस्टर विहीन प्रचार अभियान
जनकपुरधाम, ८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी क केन्द्रीय प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ सँ प्..
4 महीना पहिले
नवटोलीका ३८ घरधुरीलाई ‘पूर्ण सफा र स्वच्छ घर’ घोषणा, प्र..
जनकपुरधाम असार ३ गते । धनुषाको विदेह नगरपालिका वडा नं. ७ नवटोलीमा ‘पूर्ण सफा र स्वच्छ घर घोषणा कार्यक्रम’ सम्प..
देवडिहामा विद्युत समस्या चर्किंदै, नयाँ ट्रान्सफर्मर ज..
जनकपुरधाम असार ३ गते । धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नं. ७ देवडिहा गाउँका बासिन्दाहरु ट्रान्सफर्मर जडानको..
जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा संयुक्त अन..
जनकपुरधाम, असार १० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधामले होटल, रेष्टुरेन्ट तथा बजार क्षेत्र..
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..