मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त
11 महीना पहिले प्रकाशित
Smrititimes
मंसिर ३, २०८२
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरुले दर्ता गराउनु भएको महाअभियोग प्रस्ताव प्रदेश सभाको बैठकले आज पारित गरेको छ ।
मधेश प्रदेश सभामा उपस्थित रहनु भएका ७८ प्रदेश सभा सदस्यहरु मध्ये ७६ ले महाअभियोगको प्रस्तावको पक्षमा मत दिनु भएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो । दुई तिहाइका लागि ७२ जना प्रदेश सभा सदस्य चाहिएकोमा त्यस भन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावको विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बबिता राउत ईशरले प्रदेश सभाको बैठकमा घोषणा गर्नु भयो ।
मत विभाजनको आधारमा महाअभियोग माथि प्रस्ताव माथि छलफल तथा प्रदेश सभाको बैठकले निर्णय लिएको कारणले आजैको मितिबाट प्रदेश सभा नियमावली तथा नेपालको संविधान अनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख पदबाट पदमुक्त हुनु भएको घोषणा उपसभामुख वविता राउत ईशरले गर्नु भयो ।
सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले गराउनु भएको थियो ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कार्तिक २७ गते उपसभामुख बबिता राउत ईशरको तोक आदेशमा प्रदेश सभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेश सभामा दर्ता गर्नु भएको थियो ।
मधेश प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बोलाउनका लागि हिजो उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि आज दिउँसोका लागि उपसभामुखले बैठक बोलाउनु भएको थियो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक मधेश प्रदेश सभा सचिवालयका सचिव बासुप्रसाद कोइराला ढिलो गरि आउनु भएकाले ३ः२० बजेबाट शुरु भएको थियो । महाअभियोग प्रस्ताव माथिको छलफलमा भाग लिने प्रदेश सभाका सदस्यहरुले सभामुखले पद अनुकूलको आचरण शुरु देखि नै नगरेका धेरै उदाहरणहरू दिनुभएको थियो ।
यसरी धारणा राख्नेहरूमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्यहरु जीवछी यादव, जसपाका प्रदेश सभाका सदस्य मनिष कुमार सुमन तथा संजय कुमार यादव, उपेन्द्र महतो, जवाहरलाल कुशवाहा सहितका प्रदेश सभाका सदस्यहरु रहनु भएको थियो ।
यसैगरि बैठकमा प्रदेश सभाका पाँच जना सदस्यहरूलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बविता राउत ईशरले पढेर सुनाउनु भएको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
12 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
12 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
13 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
13 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
24 दिन पहिले
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..
25 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
1 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..
3 महीना पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..
3 महीना पहिले
ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..
जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..
3 महीना पहिले