गोबरौरामा गौरेश्वर टोल विकास संस्था गठन
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम, बैसाख २९ — मटिहानी नगरपालिका वडा नं. ५ स्थित गोबरौरामा स्थानीय विकास र समुदायिक एकतालाई सुदृढ बनाउने उद्देश्यसहित “गौरेश्वर टोल विकास संस्था” गठन गरिएको छ ।
वडा अध्यक्ष मिश्री नायकको अध्यक्षता तथा वडा सचिव दिनेश यादवको उपस्थितिमा सम्पन्न भेलाले ९ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो । समितिको अध्यक्षमा संजय नायक, उपाध्यक्षमा रामप्रसाद ठाकुर, सचिवमा मनोहर महतो तथा कोषाध्यक्षमा निरन्जन देवी चयन भएका छन् । सदस्यहरूमा सिहन्ती देवी, प्रमिला देवी, अमदा देवी, श्रीचन साह र देवेन्द्र यादव रहेका छन् ।
सपोर्ट नेपालका महोत्तरी जिल्ला कार्यक्रम संयोजक प्रकाश ठाकुरका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत विभिन्न समुदायका स्थानीयवासीको भेलाबाट संस्था गठन गरिएको हो । संस्था सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा सञ्चालित सशक्तिकरण परियोजनाअन्तर्गत गठन गरिएको बताइएको छ ।
संस्था गठनपछि पदाधिकारीहरूसँग आगामी कार्ययोजना तथा संस्थाको वैधानिक प्रक्रियाका विषयमा छलफल गरिएको सपोर्ट नेपाल धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिए । उनका अनुसार संस्थाको कार्यविधि तयार गरी सम्बन्धित पालिकाबाट स्वीकृत गराउने, विधान निर्माण तथा पारित गर्ने र वडा कार्यालयको सिफारिसपछि पालिकामा दर्ता गराउने निर्णय बैठकले गरेको छ ।
कार्यक्रममा सपोर्ट नेपालका गंगाप्रसाद साह, समिन घिमिरेसहित स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो ।
नवगठित टोल विकास संस्थाले समुदायमा शान्ति, सद्भाव, सुरक्षा र सहिष्णुता कायम गर्न सहयोग गर्ने, विकास निर्माणका योजना तर्जुमा तथा अनुगमनमा सहकार्य गर्ने, धार्मिक तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन गर्ने, सार्वजनिक कामको निगरानी गर्ने लगायतका २९ प्रकारका जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ ।
स्थानीयस्तरमा विकास र सहकार्यलाई प्रभावकारी बनाउन संस्था वडा कार्यालयमा दर्ता गरी वडासँग समन्वय गरेर अगाडि बढ्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
21 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
21 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
21 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
21 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
21 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
21 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
26 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले