मटिहानी नगरपालिकाको ४७ करोड ४५ लाखको बजेट सार्वजनिक
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३ गते । मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभाको खुला सत्रमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख, संघीय सरकारबाट २८ करोड ८८ लाख, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ।
नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्यलाई आगामी वर्षको विकासको प्रमुख आधारका रूपमा अघि सारेका छन्। उनले मटिहानीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई आर्थिक समृद्धिसँग जोड्दै पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको बताए।
मधेश प्रदेशका सभामुख रामआशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा नगर प्रमुख मण्डलले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, व्यावसायिक खेतीमा युवाको आकर्षण वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उद्योग तथा व्यापार क्षेत्रलाई प्रोत्साहन गर्न सीपमूलक तालिम र व्यवसाय विकासका कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ छ।
पर्यटन क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिने तथा नगरभित्रका पोखरी, जलाशय, मठ, मन्दिर र मस्जिदहरूको संरक्षण एवं सौन्दर्यीकरण गरिने नीति लिइएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारका लागि वृत्तचित्र निर्माण र आवश्यक पूर्वाधार विकासमा समेत जोड दिइने भएको छ।
शिक्षातर्फ नगरपालिकाले मैथिली भाषा संरक्षण र प्रवद्र्धनका लागि कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा सय पूर्णाङ्कको मैथिली विषय समावेश गर्ने योजना अघि सारेको छ। साथै, माध्यमिक तहमा विज्ञान प्रदर्शनी आयोजना, सूचना प्रविधिमा पहुँच विस्तार गर्न कोषमार्फत ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण तथा दलित, विपन्न, अपाङ्गता भएका, असहाय र सहिद परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
स्वास्थ्य क्षेत्रअन्तर्गत बर्थिङ सेन्टरबाट रेफर गरिएका बिरामीका लागि जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिने तथा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको विकासमा विशेष ध्यान दिइने नगरपालिकाले जनाएको छ।
यसका अतिरिक्त गरिबी निवारण, सामाजिक समावेशीकरण, खेलकुद, कला तथा संस्कृति संरक्षण, पूर्वाधार निर्माण, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको नगर प्रमुख मण्डलले जानकारी दिएका छन्।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको समग्र उन्नयनमा केन्द्रित रहेको अपेक्षा गरिएको छ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
12 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
12 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
13 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
13 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
11 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
12 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
24 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
24 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
1 महीना पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
1 महीना पहिले