मटिहानी नगरपालिकाको ४७ करोड ४५ लाखको बजेट सार्वजनिक
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार ३ गते । मटिहानी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४७ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औँ नगरसभाको खुला सत्रमा नगर प्रमुख हरिप्रसाद मण्डलले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटअनुसार राजस्व बाँडफाँडबाट १० करोड ५७ लाख, संघीय सरकारबाट २८ करोड ८८ लाख, प्रदेश सरकारबाट १ करोड ४९ लाख ९५ हजार तथा आन्तरिक स्रोतबाट ६ करोड ५६ लाख रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ।
नगर प्रमुख मण्डलले कृषि, शिक्षा र स्वास्थ्यलाई आगामी वर्षको विकासको प्रमुख आधारका रूपमा अघि सारेका छन्। उनले मटिहानीको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई आर्थिक समृद्धिसँग जोड्दै पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिएको बताए।
मधेश प्रदेशका सभामुख रामआशिष यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभामा नगर प्रमुख मण्डलले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, व्यावसायिक खेतीमा युवाको आकर्षण वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। उद्योग तथा व्यापार क्षेत्रलाई प्रोत्साहन गर्न सीपमूलक तालिम र व्यवसाय विकासका कार्यक्रमसमेत सञ्चालन गरिने उनको भनाइ छ।
पर्यटन क्षेत्रको विकासका लागि मटिहानी मठलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गरिने तथा नगरभित्रका पोखरी, जलाशय, मठ, मन्दिर र मस्जिदहरूको संरक्षण एवं सौन्दर्यीकरण गरिने नीति लिइएको छ। धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसारका लागि वृत्तचित्र निर्माण र आवश्यक पूर्वाधार विकासमा समेत जोड दिइने भएको छ।
शिक्षातर्फ नगरपालिकाले मैथिली भाषा संरक्षण र प्रवद्र्धनका लागि कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा सय पूर्णाङ्कको मैथिली विषय समावेश गर्ने योजना अघि सारेको छ। साथै, माध्यमिक तहमा विज्ञान प्रदर्शनी आयोजना, सूचना प्रविधिमा पहुँच विस्तार गर्न कोषमार्फत ल्यापटप वितरण, कक्षा ११ मा अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण तथा दलित, विपन्न, अपाङ्गता भएका, असहाय र सहिद परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
स्वास्थ्य क्षेत्रअन्तर्गत बर्थिङ सेन्टरबाट रेफर गरिएका बिरामीका लागि जनकपुरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, गर्भवती महिलाको निःशुल्क अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिने तथा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको विकासमा विशेष ध्यान दिइने नगरपालिकाले जनाएको छ।
यसका अतिरिक्त गरिबी निवारण, सामाजिक समावेशीकरण, खेलकुद, कला तथा संस्कृति संरक्षण, पूर्वाधार निर्माण, सिँचाइ, सहरी विकास, सञ्चार, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सुशासन प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको नगर प्रमुख मण्डलले जानकारी दिएका छन्।
नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्थानीय विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको समग्र उन्नयनमा केन्द्रित रहेको अपेक्षा गरिएको छ।
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
8 घन्टा पहिले
मधेशमा एल निनो र तातो हावाको जोखिम, पूर्वतयारीमा लगानी ब..
जनकपुरधाम, साउन २५ गते । सम्भावित शक्तिशाली एल निनो, तातो हावाको लहर र खडेरीले मधेश प्रदेशको कृषि, खाद्य सुरक्ष..
8 घन्टा पहिले
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
1 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 दिन पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीय..
1 दिन पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
1 दिन पहिले
ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार
जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..
3 दिन पहिले
ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समि..
जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर स..
3 दिन पहिले
नगराईन नगरपालिकामे विश्व स्तनपान सप्ताहक अवसर पर जनचेत..
नगराईन, साउन २१ गते । “दिगो जीवनक स्वस्थ शुरुआत ः प्रभावकारी स्तनपान लेल सभक साथ” भन्ने मूल नाराक संग विश्व ..
4 दिन पहिले
विदेह नगरपालिकामे सामुदायिक विपद् प्रतिकार्य प्रशिक्ष..
जनकपुरधाम, साउन २० : विदेह नगरपालिकामे बुधदिन विष्णुदल गण, महेन्द्रनगरक नेपाल आर्मीक टोलीद्वारा सामुदा..
5 दिन पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
14 दिन पहिले
धनौजी गाउँपालिकामा ३० जना अपाङ्गता भएका व्यक्तिका लागि ..
जनकपुरधाम असार २२ गते धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ स्थित राष्ट्रिय आधारभूत विद्यालय झोझीकटैयामा अपाङ्गता ..
1 महीना पहिले
सिया मेडिकेयरमा आकस्मिकदेखि आईसीयू–एनआईसीयूसम्मका से..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामको कदम चोकमा रहेको सिया मेडिकेयरले स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै आक..
राधेराधे मिथिलानी ग्रुपद्वारा सवा लाख महादेव पूजा सम्प..
जनकपुरधाम, साउन २४ गते । राधेराधे मिथिलानी ग्रुपके आयोजनामे जनकपुरधामस्थित गंगासागर पोखरीक गंगाआरती स्थलमे ..
अन्तर्जातीय प्रेम आ सामाजिक विभेदक कारण महिला तथा बालबा..
जनकपुरधाम, साउन २३ गते । ओरेक मधेश प्रदेश सार्वजनिक कएल अर्धवार्षिक प्रतिवेदनअनुसार मधेश प्रदेशमे महिलामाथि ..
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..