राजर्षि जनक विद्यालयमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार १० गते ।
बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाम–१३ स्थित राजर्षि जनक विद्यालयमा सचेतनामूलक कार्यक्रम बुधबार सम्पन्न गरिएको छ । शान्ति पुनस्र्थापना गृहको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा शान्ति पुनस्र्थापना गृह धनुषाकी प्रमुख रिना झाले बालविवाह समाजका लागि गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बालविवाहविरुद्ध सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक विनोद कुमार साहले विद्यालयस्तरबाटै बालविवाहविरुद्ध चेतना फैलाउन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र सामाजिक जिम्मेवारीको भावना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी शिक्षक दिपिका कार्कीले बालविवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य तथा व्यक्तिगत विकासमा नकारात्मक असर पर्ने भएकाले यसको रोकथामका लागि अभिभावक, शिक्षक र समुदाय सबैको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी सहायक निरीक्षक भरत ठाकुरले बालविवाह कानुनी रूपमा दण्डनीय अपराध भएको जानकारी गराउँदै यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालविवाहका घटनाबारे जानकारी भएमा सम्बन्धित निकायलाई तत्काल सूचित गर्न आग्रह गर्नुभयो । कार्यक्रममा बालविवाहका सामाजिक, शैक्षिक, स्वास्थ्य तथा कानुनी प्रभावबारे जानकारी गराइएको थियो। सहभागीहरूले बालविवाहमुक्त समाज निर्माणका लागि आफूहरू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
19 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
19 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
19 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
20 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
25 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले