धनौजी गाउँपालिकामा ६० महिलाका लागि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
3 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार २२ गते
धनुषाको धनौजी गाउँपालिका वडा नं. ३ मा ६० जना महिलाको सहभागितामा सञ्चालन गरिएको चारदिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ । महिलाको नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक, आर्थिक र संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त तालिम असार १९ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको थियो ।
उज्यालो नेपालको आयोजनामा तथा धनौजी गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा वडा नं. ३ का ६० जना महिलाको सक्रिय सहभागिता रहेको थियो । तालिम अवधिभर सहभागी महिलालाई नेतृत्व विकास, प्रभावकारी सञ्चार, समूह परिचालन, निर्णय प्रक्रियामा सहभागिता, आत्मविश्वास अभिवृद्धि, महिला अधिकार, लैङ्गिक समानता, स्थानीय तहमा महिलाको भूमिका तथा सामाजिक उत्तरदायित्व लगायतका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण उज्यालो नेपालका कार्यकारी निर्देशक शत्रुघन महतोले गर्नुभएको थियो । उहाँले प्रशिक्षणका क्रममा महिलाको क्षमता विकासले परिवार, समुदाय र समग्र समाजको विकासमा सकारात्मक प्रभाव पार्ने बताउँदै सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागी महिलालाई आग्रह गर्नुभयो। उहाँका अनुसार महिलालाई सशक्त बनाउन केवल कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भएकाले निरन्तर क्षमता अभिवृद्धि, नेतृत्व विकास र अवसरको सुनिश्चितता आवश्यक छ ।
तालिम समापन समारोहका प्रमुख अतिथि धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले सहभागी महिलालाई प्रमाणपत्र वितरण गर्दै तालिम सफलतापूर्वक सम्पन्न भएकोमा शुभकामना व्यक्त गर्नुभयो। उहाँले महिला सशक्तीकरणका लागि क्षमता अभिवृद्धि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै महिलाले प्राप्त गरेका ज्ञान, सीप र अनुभवलाई समुदायको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष साहले गाउँपालिकाले आगामी दिनमा पनि महिलाको नेतृत्व विकास, सीपमूलक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समाजको समुन्नत विकासका लागि महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै स्थानीय सरकारले महिला केन्द्रित कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी दिनुभयो।
समापन कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले तालिमबाट आफूहरूमा नयाँ सोच, आत्मविश्वास र नेतृत्व गर्ने क्षमता विकास भएको अनुभव साझा गरेका थिए। यस्ता तालिमले महिलालाई घरपरिवारको सीमाभन्दा बाहिर आएर सामाजिक तथा विकास निर्माणका गतिविधिमा सक्रिय हुन प्रेरणा मिल्ने उनीहरूको भनाइ थियो ।
सहभागी महिलाहरूले तालिमका क्रममा प्राप्त ज्ञान र सीपलाई आफ्ना समूह, समुदाय तथा दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय सरकार र आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।
आयोजक उज्यालो नेपालले महिलाको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तीकरणका लागि विभिन्न स्थानीय तहसँग सहकार्य गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाका अनुसार महिलालाई सक्षम, आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा स्थापित गर्न यस्ता तालिम प्रभावकारी माध्यम बन्ने विश्वास लिइएको छ । चार दिनसम्म सञ्चालन भएको तालिमले सहभागी महिलाको ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको निष्कर्ष रहेको छ। स्थानीय तह र गैरसरकारी संस्थाबीचको सहकार्यमा सञ्चालन गरिएका यस्ता कार्यक्रमले महिला सशक्तीकरण, समावेशी विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
19 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
19 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
19 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
20 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
25 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..