बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बैठक सम्पन्न

2 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
भदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इन नेपाल परियोजना अन्तर्गत संयुक्त स्थलगत अनुगमन तथा स्थानीय परियोजना सल्लाहकार समिति एलपीएसीको समीक्षा बैठक सम्पन्न भएको छ ।
इस्लामिक रिलिफ नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा दलित समाज उत्थान समिति नेपाल महोत्तरीको सहजीकरणमा सञ्चालित परियोजनाअन्तर्गत अनुगमन टोलीले वडा नं. ४ मा गठित जय श्री राम, सरस्वती र माँ दुर्गा स्वयं सहायता समूहका सदस्यहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेको थियो।

अनुगमनका क्रममा स्वयं सहायता समूहहरूको कार्यशैली, स्वास्थ्य, शिक्षा, सामाजिक सशक्तीकरण, आयआर्जनका गतिविधि, चुनौती तथा आवश्यक प्राविधिक सहयोगबारे समीक्षा गरिएको थियो। टोलीले विगत दुई वर्षमा परियोजनाले उल्लेख्य प्रगति हासिल गरेको जनाएको छ।

लाभग्राहीहरूले सञ्चालन गर्दै आएका किराना पसल, ब्युटी पार्लर, बाख्रा तथा बोका पालनलगायतका आयआर्जनमूलक गतिविधिको प्रत्यक्ष अनुगमन गर्दा उनीहरूको आर्थिक तथा सामाजिक अवस्थामा सकारात्मक सुधार आएको पाइएको थियो। अनुगमन टोलीले लाभग्राहीलाई आफ्ना गतिविधि थप प्रभावकारी बनाउन आवश्यक सुझाव तथा व्यावहारिक मार्गदर्शनसमेत दिएको थियो।
स्थलगत अनुगमनपछि बलवा नगरपालिकाको सभाहलमा स्थानीय परियोजना सल्लाहकार समिति एलपीएसी को समीक्षा बैठक आयोजना गरिएको थियो। बैठकको अध्यक्षता वडा नं. ४ का अध्यक्ष प्रमोद कुमार यादवले गरेका थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत महावीर यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। वडा नं. ११ का अध्यक्ष अशोक कुमार यादवसहित एलपीएसी सदस्यहरू राजकिशोर झा, सत्यम सिंह ठाकुर, गायत्री यादव, राकेश कुमार मण्डल, मुकेश तिवारी र शत्रोधन ठाकुरको सहभागिता रहेको थियो।

बैठकमा इस्लामिक रिलिफ नेपालका प्रोजेक्ट लीड–लाइभ्लीहुड ऋषि अधिकारी तथा दलित समाज उत्थान समिति नेपालका कोषाध्यक्ष राम भरोस प्रसाद शर्मा एवं कार्यक्रम सल्लाहकारको पनि उपस्थिति थियो।

परियोजनाका अनुगमन, मूल्याङ्कन, जवाफदेहिता तथा सिकाइ अधिकृत जंगबहादुर धिमालले परियोजनाले विगत दुई वर्षमा हासिल गरेका उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणका क्रममा उठेका जिज्ञासा तथा सवाललाई परियोजना संयोजक उमेश साहले सहजीकरण गर्दै स्पष्ट पारेका थिए।

बैठकमा परियोजनाको प्रभावकारिताको प्रशंसा गर्दै सहभागीहरूले कार्यक्रमलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। वडा नं. ११ का अध्यक्ष अशोक कुमार यादव तथा प्रमुख अतिथि महावीर यादवले परियोजना हाल दुईवटा वडामा मात्र सीमित रहेकाले नगरपालिकाका सबै वडामा विस्तार गर्न सहयोगी निकायसँग आग्रह गरे।

उनीहरूले परियोजनाका सकारात्मक गतिविधि तथा अनुगमनका प्रयासलाई सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममार्फत व्यापक प्रचार–प्रसार गर्नसमेत सुझाव दिएका थिए।
कार्यक्रमका अवसरमा इस्लामिक रिलिफ नेपालका प्रोजेक्ट लीड ऋषि अधिकारीले परियोजनाको उद्देश्य तथा आगामी दिशाबारे धारणा राखेका थिए। अन्त्यमा बैठकका अध्यक्ष प्रमोद कुमार यादवले विपन्न समुदायको जीवनस्तर उकास्न परियोजनाले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त सुझावलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै बैठक समापन गरेका थिए।कार्यक्रमको सञ्चालन तथा सहजीकरण परियोजना संयोजक उमेश साहले गरेका थिए।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

19 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

19 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

19 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

19 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

19 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

20 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

25 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..