बालविवाह विरुद्ध सञ्जालको अभियान जारी

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम भदौँ २९ गते । जानकी महिला सञ्जालले धनुषा जिल्लाको तीन पालिकाका ४ वडामा संचालन गरेको बालविवाह विरुद्धको अभियानका क्रममा २१ जनाको रोकिएको छ । द गर्ल फस्ट फन्डको आयोजनामा शुक्रबार जनकपुरधाममा भएको बालविवाह तथा दाइजो प्रथा विरुद्धको जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै जानकी महिला सञ्जालका किशोरी शसक्तिकरण अभियानका परियोजना संयोजक देवकुमार महतोले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८, नगराईन नगरपालिका वडा नं. २ तथा लक्ष्मीनियाँ गाउँपालिका वडा नं. २ र ७ मा संचालनमा रहेको सो परियोजना अन्तरगत २ सय ४६ जना किशोरीलाई प्रत्यक्ष लाभ भएका बताउनु् भयो । विभिन्न ६ वटा किशोरी क्ल्व गठन गरी विगत ४ वर्ष देखि ती स्थानिय तहहरुमा किशोरीहरुलाई बालविवाह र दाइजोको कारण हुनेगरेको असहज परिस्थीतिका विषयमा प्रशक्षिण दिएपछि अहिले सम्म १६ जना किशोरीहरु वालविवाह नगरी उच्च शिक्षा अध्ययन गरिरहेको बताउनु भयो । सञ्जालका अध्यक्ष रिना कुमारी मण्डलको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कानुनले बन्देज गरेपनि समाजमा भईरहेको बालविवाह तथा दाइजो प्रथालाई रोक्न स्थानीयबासीको सहयोग आवश्यक रहेको बताउनु भयो । कम उमेरमा विवाह भएपछि समयमा नागरिकता, जन्मेको संतानको जन्मदर्ता बनाउन समेत समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले खुला सिमानाका कारण बालविवाह रोक्न प्रहरीले पुगेको खण्डमा भारतमा गएर विवाह गरेको धेरै उदाहरण रहेको बताउनु भयो । उहाँले मधेश प्रदेशमा दाइजो र बालविवाहको संख्या बढी रहेको बताउनु भयो । सो कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले टोलटोलमा बालबिबाह र दाइजोका कारण हुने हानिकारक असरहरुका बारेमा स्थानीय तह संगको समन्वयमा काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । कार्यक्रममा शिक्षा तथा समाज कल्याण मंत्रालयको तर्फबाट बोल्दै किरण चौधरीले प्रदेश सरकारले बालबिबाह मुक्ता प्रदेश घोषणाको लागि काम गरिहेको जानकारी दिदै निकट भविश्यमा वडास्तरमा यसको असर देखापर्ने बाताउनु भयो । सञ्जालका सामाजिक परिचालक ज्ञानुका यादवले संचालन गरेको सो कार्यक्रममा सञ्जालका पदाधिकारी, कर्मचारी, परियोजना संचालन भएको वडाका वडाध्यक्षहरु ल्गायतका सहभागिता रहेको थियो । बालबिबाह हुने देशहरुको सुचिमा नेपाल विश्वमा १० औँ स्थानमा, सार्कमा तेस्रो स्थानमा र नेपालको सात वटा प्रदेशमा मधेश प्रदेशमा सबैभन्दा बढी बालबिबाह भईरहेको तथ्यांकले देखाएको छ ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 घन्टा पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

1 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

13 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

20 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..

जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..

21 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..

29 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..