शिक्षामा लगानी बढाउन प्रतिबद्ध छु : मन्त्री राई

1 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौँ ,असोज २७ गते ।  शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । स्थानीय शिवपुरी माध्यमिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताए ।

“शिक्षा क्षेत्रमा जति लगानीको अपेक्षा गरिएको छ, त्यो हाम्रो अर्थतन्त्रको समस्या र सीमाले भ्याइरहेको छैन, कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि  हामीले यस पटक ११ दशमलव २७ प्रतिशत मात्रै लगानी गर्न सकेका छौँ”, उनले भने, “मुलुकको अर्थतन्त्रमा सुधार आउने बित्तिकै सरकारले शिक्षामा लगानी बढाउँछ ।”

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री राईले आगामी दिनमा शिक्षामा गरिने लगानी बढाउन सरकारले विशेष ध्यान दिएको बताए । सीमित स्रोत साधनका कारण सरकारले चाहेर पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न नसकिरहेको उनको स्वीकारोक्ति थियो । 

मन्त्री राईले संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । शिक्षक महासङ्घसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उनले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारीसमेत गरिएको बताए । उनले विधेयक सदनबाट पारित भएपछि  सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गरे ।

“गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्न सक्ने ऐन बनाउन त्यसको मस्यौदा सदनमा पेस भइसकेको छ । शिक्षा विधेयकलाई उपयुक्त ऐनका रूपमा ल्याउने जिम्मेवारी सांसदमा निहित छ । सो विधेयकलाई समयानुकूल बनाउन म पनि क्रियाशील हुनेछ”, मन्त्री राईले भने ।  नेपाली काङ्ग्रेसका सांसद प्रदीप पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।

सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिए । “सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ”, उनले भने ।

साभार : रातोपाटी

12 comments
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

3 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

3 दिन पहिले

गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..

जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..

4 दिन पहिले

सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..

5 दिन पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

7 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

7 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

3 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

12 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

1 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

1 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

2 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..