म्यादी प्रहरीको तालिम चल्दै, कात्तिक ९ बाट परिचालन हुने

3 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं, कात्तिक ५ गते । अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।

प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि तालिम प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्ने छ । प्रवक्ता राईका अनुसार आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सात प्रदेश र उपत्यकाबाट दुई लाख ३२ हजार ७८ जनाले दरखास्त दिएका थिए । त्यसमध्ये एक लाख ७१ हजार ७१० पुरुष र ६० हजार ३७० जना महिलाको संख्या छ । यो संख्या माग गरेभन्दा एक लाख १७ हजार ७८ जना बढी हो । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ ।

प्रदेश १ मा ३५ हजार ८२६, मधेस प्रदेशमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०६, गण्डकीमा १५ हजार ९०९, लुम्बिनीमा ४३ हजार ९०५, कर्णालीमा १४ हजार ९३६, सुदूरपश्चिममा २४ हजार ४४० र काठमाडौं उपत्यकामा नौ हजार ७२ जनाको आवेदन परेको छ ।

कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने विषय मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा चुनौती हेरेर कोटा निर्धारण हुने बताइएको छ । प्रवक्ता राईले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार प्रक्रिया अघि बढेको छ ।” सबैभन्दा बढी दरखास्त मधेस प्रदेश र सबैभन्दा कम कर्णालीमा प्रदेशमा परेको छ  । म्यादी प्रहरीको नतिजा असोज २५ गते प्रकाशित भएको थियो ।

तलब १५ प्रतिशत बृद्धि

चालु आर्थिक वर्षमा सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत बढेकाले म्यादीले पाउने तलब पनि सोहीअनुसार कायम भएको छ । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, खाजा बापतको ५० हजार १६० रुपियाँ पाउने छन् । 

स्थानीय निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपियाँ बढी दिइएको छ । म्यादीको तलब प्रहरी जवानको सुरु तलब स्केलअनुसार निर्धारण गरिएको छ । 

म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्ड छ  । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइने छ  । अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

मापदण्ड कडा 

म्यादी प्रहरीले बहाल रहेसम्म आचारसंहिता र मापदण्ड पालना गर्नमा कडाइ गरिएको छ । कार्य अवधिभरी म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभाबी सामग्री राख्न र सेयर गर्न पाउन छैनन् । ड्युटी समयमा मोबाइल फोन पनि प्रयोग गर्न पाइने छैन । 

अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

आफ्नो काम सहकर्मी वा अरु सुरक्षाकर्मीलाई बुझाएर हिँड्न पनि पाइने छैन । मापदण्डविपरीत गतिविधि गरेमा तत्काल बर्खास्त गरी कारबाही गर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । 

म्यादीले पाउने सुविधा 

बहाल अवधिभरी जिम्मेवारी निर्वाह गर्ने क्रममा म्यादी प्रहरी घाइते भएमा सरकारले निःशुल्क उपचार र मृत्यु भएमा नजिकको हकदारलाई सरकारले तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । कार्यविधिमा गैरहाजिर भए, बीचमा भागेमा कुनै सुविधा पाइने छैन । 

करार अवधिभन्दा अघि नै काम छोड्ने अवस्था आएमा २० दिनभन्दा बढी काम गरेको भएमा कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइने र कृया बिदाबाहेक अरु बिदा दाबी गर्न पाइने छैन । छनोट भएका म्यादी प्रहरीले नियुक्तिका लागि तोकिएभन्दा तीन दिनपछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द हुने व्यवस्था गरिएको छ । साभार : गोरखापत्र 

12 comments
गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

2 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

2 दिन पहिले

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

2 दिन पहिले

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..

2 दिन पहिले

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

3 दिन पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

3 दिन पहिले

एमाले सँ रुष्ट भेल सन्तोष यादव फेर घुरला कांग्रेसमे

जनकपुरधाम, ८ पुष । नेकपा एमालेक नेता सन्तोष यादव फेर अपन पुरान राजनीतिक घर नेपाली कांग्रेसमे घुरलाह अछि । हुनका का..

20 दिन पहिले

मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..

जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..

20 दिन पहिले

महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वक..

  जनकपुरधाम मंसिर २४ गते । महन्थ ठाकुर, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लाल नेतृत्वको तीन दलबीच पार्टी एकीकरण हुन..

1 महीना पहिले

कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्..

  मङ्सिर २४ गते काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणक..

1 महीना पहिले

मधेश प्रदेशक मुख्यमन्त्री यादवक द्वारा पद सँ इस्तीफा

  अगहन १७ गते जनकपुरधाम । मधेश प्रदेशक मुख्यमन्त्री सरोज कुमार यादव मुख्यमन्त्री पद सँ इस्तीफा दऽ देलथि । मधेश प..

1 महीना पहिले

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

मंसिर ३, २०८२जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरु..

2 महीना पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..