म्यादी प्रहरीको तालिम चल्दै, कात्तिक ९ बाट परिचालन हुने

4 वर्ष पहिले प्रकाशित

Smrititimes

काठमाडौं, कात्तिक ५ गते । अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।

प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि तालिम प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्ने छ । प्रवक्ता राईका अनुसार आगामी मंसिर ४ गते देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सात प्रदेश र उपत्यकाबाट दुई लाख ३२ हजार ७८ जनाले दरखास्त दिएका थिए । त्यसमध्ये एक लाख ७१ हजार ७१० पुरुष र ६० हजार ३७० जना महिलाको संख्या छ । यो संख्या माग गरेभन्दा एक लाख १७ हजार ७८ जना बढी हो । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ ।

प्रदेश १ मा ३५ हजार ८२६, मधेस प्रदेशमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०६, गण्डकीमा १५ हजार ९०९, लुम्बिनीमा ४३ हजार ९०५, कर्णालीमा १४ हजार ९३६, सुदूरपश्चिममा २४ हजार ४४० र काठमाडौं उपत्यकामा नौ हजार ७२ जनाको आवेदन परेको छ ।

कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने विषय मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा चुनौती हेरेर कोटा निर्धारण हुने बताइएको छ । प्रवक्ता राईले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार प्रक्रिया अघि बढेको छ ।” सबैभन्दा बढी दरखास्त मधेस प्रदेश र सबैभन्दा कम कर्णालीमा प्रदेशमा परेको छ  । म्यादी प्रहरीको नतिजा असोज २५ गते प्रकाशित भएको थियो ।

तलब १५ प्रतिशत बृद्धि

चालु आर्थिक वर्षमा सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत बढेकाले म्यादीले पाउने तलब पनि सोहीअनुसार कायम भएको छ । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, खाजा बापतको ५० हजार १६० रुपियाँ पाउने छन् । 

स्थानीय निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपियाँ बढी दिइएको छ । म्यादीको तलब प्रहरी जवानको सुरु तलब स्केलअनुसार निर्धारण गरिएको छ । 

म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्ड छ  । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइने छ  । अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

मापदण्ड कडा 

म्यादी प्रहरीले बहाल रहेसम्म आचारसंहिता र मापदण्ड पालना गर्नमा कडाइ गरिएको छ । कार्य अवधिभरी म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभाबी सामग्री राख्न र सेयर गर्न पाउन छैनन् । ड्युटी समयमा मोबाइल फोन पनि प्रयोग गर्न पाइने छैन । 

अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

आफ्नो काम सहकर्मी वा अरु सुरक्षाकर्मीलाई बुझाएर हिँड्न पनि पाइने छैन । मापदण्डविपरीत गतिविधि गरेमा तत्काल बर्खास्त गरी कारबाही गर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । 

म्यादीले पाउने सुविधा 

बहाल अवधिभरी जिम्मेवारी निर्वाह गर्ने क्रममा म्यादी प्रहरी घाइते भएमा सरकारले निःशुल्क उपचार र मृत्यु भएमा नजिकको हकदारलाई सरकारले तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । कार्यविधिमा गैरहाजिर भए, बीचमा भागेमा कुनै सुविधा पाइने छैन । 

करार अवधिभन्दा अघि नै काम छोड्ने अवस्था आएमा २० दिनभन्दा बढी काम गरेको भएमा कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइने र कृया बिदाबाहेक अरु बिदा दाबी गर्न पाइने छैन । छनोट भएका म्यादी प्रहरीले नियुक्तिका लागि तोकिएभन्दा तीन दिनपछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द हुने व्यवस्था गरिएको छ । साभार : गोरखापत्र 

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

2 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

4 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

4 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

5 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

5 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

15 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

16 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

22 दिन पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

2 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

2 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

2 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..