नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बेचन झा जेल चलान

3 महीना पहिले प्रकाशित

Smrititimes

काठमाडौं ।
भदौँ २ गते ।
नक्कली भुटानी शरणार्थीसम्बन्धी संगठित अपराधमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका बिचौलिया बेचन झा जेल चलान भएका छन्।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो।

 

 

उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो। चार दिन लामो बयान र थुनछेक बहसपछि थुनामा राख्ने आदेश भएको हो।

इन्कारी बयान गरेका झाविरुद्ध प्रहरीले अन्य प्रमाण जुटाएको थियो। प्रहरीले यसअघि दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले नै भेट गराइदिएका थिए।

हाल पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै यो तथ्य खुलाएका थिए। उनले बयान भनेका थिए, ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

कांग्रेसका उच्च तहका नेताहरूसँग झाको निकटस्थ सम्बन्ध रहेको सूचना प्रहरीसँग थियो। तर, झाले इन्कारी बयान दिएकाले त्यसतर्फ अनुसन्धान गर्न सकेन।

बयानको क्रममा झाले नक्कली भुटानी शरणार्थीको विषयमा केही पनि थाहा नभएको दाबी गरेका छन्। बयानमा भनेका छन्, ‘टेकनारायण पाण्डेसँग मेरो चिनजान, सम्पर्क नभएकाले निजले कहाँ, कस्तो बयान दिएका हुन्, उनै जानून् । चेकको सम्बन्धमा केही जानकारी छैन।’

झुटो बोलेको परीक्षण गर्ने पोलिग्राफ टेस्ट गर्न नमानेको अभियोगपत्रमा उल्लेख छ। पक्राउ परेको दुई सातासम्म बयान नै दिन नमानेका झाले कानुन व्यवसायीहरूसँग सल्लाह गरेपछि केही जानकारी नभएको भनेर इन्कारी बयान दिएका हुन्।

झाले चेक नलिएको बयान दिए पनि प्रहरी अनुसन्धानले भने उनले चेक लिएर खातामा जम्मा गरेको पुष्टि भएको छ। झाको कम्पनीमा काम गर्ने कर्मचारीले सो कुरा पुष्टि गरेका हुन्। उनको विभान्सु ब्रदर्स नामक कम्पनीमा काम गर्ने कर्मचारी कञ्चन श्रेष्ठले सो कुरा प्रहरीमा प्रमाणित गरिदिएका हुन्।

झाले दर्तामा छुट भएका नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर अमेरिका पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गरिदिने भन्दै रामशरण केसीसँग दुई करोडको चेक लिएका थिए। सो चेक आफ्नो खातामा जम्मा गर्न उनले कञ्चनलाई लगाएका थिए।

झाको इन्भेस्टमेन्ट बैैंकको खातामा सो चेक जम्मा गरिएको थियो । तर, पैसा नपुगेपछि बैंकबाट चेक फिर्ता आएको र आफूले झालाई दिएको कञ्चनले प्रहरीमा गरेको कागजमा उल्लेख छ।

प्रहरीले अनुसन्धानको क्रममा उनीविरुद्ध संकलन गरेको सबैभन्दा बलियो प्रमाण यही हो। पछि सो चेक नसाटिएपछि हरिभक्त महर्जनले नगद पैसा नै उनलाई दिएको समेत अनुसन्धानमा खुलेको छ।

प्रहरी अभियोगपत्रअनुसार उनले नक्कली भुटानी शरणार्थीको पक्षमा मन्त्रिपरिषद्बाटै निर्णय गराउने आश्वासन दिएका थिए।

अभियोगपत्रमा ‘प्रतिवादी बेचन झाले आफूले गरेको कसुर अपराधबाट बच्न सकिन्छ कि भनी भुटानी शरणार्थीको विषयमा आफूलाई कुनै पनि कुराहरू जानकारी छैन र रामशरण केसीबाट आफूले दुई करोड लिएको चेक लिएको छैन भनी झुटा व्यहोराको बयान गरेको प्रस्ट रूपमा देखिएको हुँदा निज प्रतिवादी बेचन झाले आफू व्यापार व्यवसाय गर्दै सोही व्यवसायको आडमा राजनीतिक तहका उच्च निकायका मानिसहरू टोपबहादुर रायमाझी, टेकनाथ रिजाल, इन्द्रजित राईसमेत र उच्च तहका सरकारी कर्मचारी टेकनारायण पाण्डेसँगको सम्पर्क र समन्वय गरी मिसिल संलग्न रहेको मिति २०८०÷०१÷१० गतेको अभियोगपत्रसमेतको प्रतिलिपिमा उल्लेखित जाहेरवालाहरू तथा निजहरूका आफन्तलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिनका लागि प्रमुख भूमिका खेलेको भन्ने प्रस्ट देखिन आएको,’ उल्लेख छ ।

बेचन झाले मन्त्रिपरिषद्बाट भुटानी शरणार्थीलाई तेस्रो देश पुनस्र्थापना गर्नेसम्बन्धी निर्णय हुँदै छ भन्ने विश्वासमा पारेर पैसा लिएका थिए। उनले भनेकै मिति १३ मंसिर ०७८ मा मन्त्रिपरिषद्ले छुट भएका भुटानी शरणार्थीलाई पुनस्र्थापनाका लागि पहल गर्ने निर्णयसमेत गरेको थियो।

पहिलो चरणमा प्रहरीले ३० जनाविरुद्ध १० जेठ ०८० मा मुद्दा दायर गरेको थियो। दोस्रो चरणमा पाँच बिचौलियाविरुद्ध पूरक अभियोग दायर भएकोमा हाल दोस्रो पूरक अभियोग अदालत पुगेको हो।

प्रहरीको इतिहासकै हाइप्रोफाइल मुद्दा मानिएको यसमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत पक्राउ परेका थिए।

त्यस्तै, रायमाझीका छोरा सन्दीप रायमाझी, खाणका पिए नरेन्द्र केसी, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलगायत पक्राउ परेका थिए।

उनीहरूमध्ये टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा र प्रतीक थापा पुर्पक्षका लागि कारागारमा छन्। नयाँ पत्रिका

12 comments
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

2 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

2 दिन पहिले

गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..

जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..

3 दिन पहिले

सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..

4 दिन पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

6 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

6 दिन पहिले

नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

2 दिन पहिले

मधेशी अपाङ्गता भएका व्यक्तिहरुको दुई दिने तालिम सम्पन्..

जनकपुरधाम कातिक २५ गते ।आफ्नो अधिकारको लागि आन्दोलन गर्न तत्पर मधेशी अपाङगता भएका व्यक्तिहरुको आन्दोलन केन्द्..

11 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

1 महीना पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

1 महीना पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

2 महीना पहिले

बाढी पहिरो प्रभावित १४ जिल्ला सङ्कटग्रस्त क्षेत्र घोषण..

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्ला सहित १४ जिल्लालाई संकटग्रस्त घोषणा गरेको छ। शुक्रबार सिंहदर..

2 महीना पहिले

गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..

जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..

सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..