कांग्रेस, एमाले र नेकपासँग चुनावी तालमेल नगर्ने निष्कर्षमा मधेस केन्द्रित दल

11 महीना पहिले प्रकाशित

Smrititimes

 

मङ्सिर २४ गते
काठमाडौँ । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै मधेस केन्द्रित दलहरुमा ध्रुवीकरणको बहस अरू तीव्र बनेको छ । सकभर एकतामा जोड दिएका उनीहरुले विकल्पमा मोर्चाबन्दी र त्यो पनि हुन नसकेन सिटमा तालमेल गर्नेगरी अघि बढेका छन् ।
मधेस केन्द्रित मुख्य दलहरुको संघीय लोकतान्त्रिक मोर्चाले यी विभिन्न विषयमा काम गर्ने निष्कर्ष निकालेको छ ।

जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्मा भन्छन्, ‘जुन दलहरुका बिचमा सहमति हुन्छ, ती दल एकताका लागि अगाडि बढ्छन्, एकता गर्न नसक्ने दलहरुबिच मोर्चाबन्दी हुन्छ । त्यो पनि हुन नसके दलहरुबिच सिटमा तालमेल हुन्छ ।’ यद्यपि उम्मेदवारको सिफारिस भएर आएपछि मात्रै कुन विकल्पमा जाने भन्ने कुराको टुंगो लाग्ने उनको भनाइ छ ।

‘मोर्चामा रहेका दलहरुले तलबाट उम्मेदवार सिफारिस गर्न सर्कुलर गरिसकेका छन्, सबै ठाउँबाट उम्मेदवारको नाम आइसकेपछि कहाँ कुन क्षेत्रमा सिट बाँडफाँड गर्न सकिन्छ, त्यसपछि मात्र मोर्चा निष्कर्षमा पुग्छ,’ शर्मा भन्छन् ।
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी छन् ।

यीमध्ये राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति गरिसकेका छन् । जसपा लोकतान्त्रिक मोर्चामा आवद्ध छैन ।

एउटै चुनाव चिन्हबाट चुनाव लड्ने पक्षमा जनता प्रगतिशील पार्टीका अध्यक्ष त्रिपाठी र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल पनि थिए तर हाल उनीहरु चुनाव चिन्हमा सहमति जुटाउन सकेका छैनन् । त्यस्तै सिटमा तालमेल गर्ने पक्षमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत देखिएका छन् ।

जसपा नेपाल र लोसपा नेपालबिच एकताका लागि पनि छलफल भइरहेको जसपा नेपालका महासचिव शर्मा बताउँछन् । उता लोसपा नेपालले आफ्नो पार्टीबाट अलग भएका वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीसँग एकताका लागि संवाद अगाडि बढाएको छ ।

लोकतान्त्रिक मोर्चामा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला संघर्ष समिति र संघीय लिम्बुवान पार्टी नेपालसँग बुधबार एकता गरेको छ ।

पहिचानवादी तथा अग्रगमनकारी शक्तिहरु एकसाथ चुनावमा जाने सहमति भएअनुसार यो एकता भएको रामुपाका महासचिव केशव झा बताउँछन् । अन्य पहिचानवादी शक्तिहरुसँग सहकार्य र एकताका लागि छलफल चलिरहेको उनको भनाइ छ ।
विगतमा यसरी नै मोर्चामा चुनावी तालमेल गर्ने सहमति भएपनि कार्यान्वयन हुन सकेको थिएन । मधेस केन्द्रित दलहरु कहिले कांग्रेससँग त कहिले एमाले र कहिले माओवादीसँग तालमेल गरेर चुनावमा गएका थिए । तर यसपटक मोर्चामा आएको प्रतिवद्धता र सहमति अनुसार चुनावमा मधेस केन्द्रित दलहरु एक ढिक्का रहने दाबी मोर्चामा आवद्ध दलका नेताहरुले गरेका छन् ।साभारःरातोपाटी

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

24 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

25 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले