राष्ट्रिय मुक्ति पार्टीलाई ठुलो झटका धनुषाका अधिकांश नेताले दिए राजिनामा

9 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
माघ ११ ।
प्रतिनिधि सभाको निर्वाचनका समयमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीलाई धनुषामा ठुलो झटका लागेको छ । ती पार्टीका केन्द्रीय सचिब संजय कुमार चौधरी, केन्द्रीय अनुशासन विभाग अध्यक्ष संजय कुमार सिँह, केन्द्रीय सदस्य विजय कुमार राय,संजय गाडिया,अशोक ठाकुर,गुलो देवी पासमान,नितु यादव पासमान,राष्ट्रिय परिषद सदस्य राजाराम कापर, विजय नायक, सरगुन पासमान, जिल्ला कार्य समितिका उपाध्यक्ष शंकर कुमार पासमान,विरेन्द्र पासमान,जिल्ला सचिव जीवन कुमार यादव,सहसचिव धन्जीत मंडल लगायतका दुई दर्जन भन्दा बढी केन्द्रिय तथा जिल्ला स्तरीय नेताहरुले एकै दिन पार्टीबाट राजीनामा दिएका छन्।

विगत केहि दिन पहिला केन्द्रिय सचिब संजय कुमार चौधरी तथा केन्द्रीय अनुशासन विभाग अध्यक्ष संजय कुमार सिँहले पार्टी परित्याग गर्ने घोषणा समाजिक संजाल मार्फत गरेका थिए । विज्ञप्तीमा भनिएको छ,‘ नेपाल आज गम्भीर राजनीतिक सङ्कट र दिशाहीनताको अवस्थामा पुगेको यथार्थलाई आत्मसात् गर्दै, दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले मुलुक र जनतालाई थप निराशातर्फ धकेलेको निष्कर्षमा हामी पुगेका छौं।

यस्तो अवस्थामा पार्टीगत आवरणभन्दा माथि उठी देश, जनता, विधिको शासन तथा वृहत्तर लोकतान्त्रिक राजनीतिक एकता नै वर्तमान समयको अपरिहार्य आवश्यकता हो भन्ने ठोस मान्यताका साथ, राजेन्द्र महतोको नेतृत्वमा रहेको “राष्ट्रिय मुक्ति पार्टी नेपाल” परित्याग गर्ने निर्णयमा हामी तपसीलमा उल्लेखित नेता ड्ड तथा कार्यकर्ताहरू सामूहिक रूपमा पुगेका छौँ।
अब हामी यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै, देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको घोषणा गर्दछौँ ।

उक्त यात्रा केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी सम्बन्धित सबै सरोकारवाला तथा आम जनसमुदायलाई अवगत गराउन यो संयुक्त विज्ञप्ति जारी गरिएको छ ।’ सो पार्टीबाट अलग भएर राजीनामा दिएकाहरु उपेनद्र यादब अध्यक्ष रहेको जसपा नेपालमा प्रवेश गर्ने स्रोतले जनाएको छ । यसरी समुहगत रुपमा राजीनामा आएपछि धनुषामा राष्ट्रिय मुक्ति पार्टी कमजोर बनेका छन् ।

12 comments
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..

  जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..

11 दिन पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

12 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

12 दिन पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

13 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

13 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

24 दिन पहिले

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..

24 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

1 महीना पहिले

ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..

जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..

3 महीना पहिले

ढल्केवर ट्रमा सेन्टर सार्ने तयारीको विरोधमा संघर्ष समिà¤..

  जनकपुरधाम साउन २२धनुषाको ढल्केवर ट्रमा सेन्टरलाई अन्यत्र सार्ने तयारीको विरोध गर्दै ढल्केवर ट्रमा सेन्टर सà¤..

3 महीना पहिले

ढल्केबरको ट्रमा सेन्टर अन्यत्र सार्ने तयारीप्रति विरोध..

जनकपुरधाम, साउन २१ गते । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्à¤..

3 महीना पहिले