भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण, ३५२३ को मृत्यु
6 वर्ष पहिले प्रकाशित
Smrititimes
काठमाडौँ — भारतमा कोरोना संक्रमणले एकपछि अर्को रेकर्ड राखिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ४ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो ।
त्यसैगरी पछिल्लो एक दिनमा ३ हजार ५ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन् ।
भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १९ लाख ४५ हजार २ सय ९९ नमुना परीक्षण भएको थियो ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।
महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६९ हजार ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय २८ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २५ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ७५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा ३२ हजार ४ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३२ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ११ हजार ३ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ११ हजार १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ भने ८० जनाको मृत्यु भएको छ ।
भारतमा बुधबारसम्ममा १५ करोड ४९ लाखभन्दा बढीले खोप लगाएका छन् ।
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
1 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
2 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 दिन पहिले
पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..
काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..
2 महीना पहिले
नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..
जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..
3 महीना पहिले
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..
ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..
11 महीना पहिले
अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..
जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..
11 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..