जानकी मन्दिर छेउको तेलहा पोखरीमा पानी फोहोरा र डिजिटल लाइटिङ्ग निर्माण हुने
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम १ भदौँ ।
मधेश प्रदेश सरकारको लगानीमा जानकी मंदिर क्षेत्रमा पर्यटक आकर्षित गर्न डिजिटल लाईटिङका साथै पोखरी फाउन्टेन्स( पानीको फोहोरा ) निर्माण हुने भएको छ । पर्यटकीय दृष्टिकोणले जानकी मन्दिर क्षेत्रमा मनोरम दृश्य बनाउन यहाँ रहेका तेलहा मरहा तथा अरगज्जा सरको डिलमा व्यवस्थित विश्राम स्थल विकसित समेत गरिने भएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए । उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवद्र्धन हुने उल्लेख गरे । जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिँहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए । मुख्यमन्त्री सिँहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् । उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिँहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए । मुख्यमन्त्री सिँहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने डिएफओ चौधरीले बताए । मुख्यमन्त्री सिँहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ । मुख्यमन्त्री सिँहले अरगजा पोखरी वरपर अतिक्रमित सडक तथा पेटी क्षेत्रलाई खाली गराउने विषयमा समेत चासो लिएका छन् । उनले अव्यवस्थित तवरले सञ्चालित टहरा र ठेलाका पसल तथा गाडी पार्किङ्गले धार्मिक क्षेत्रको सौन्दर्य बिगार्ने हुँदा पसल सञ्चालका लागि वैकल्पिक उपाय गरी व्यवस्थापन गरिनुपर्ने बताए । मुख्यमन्त्रीसँगै रहेका जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले पचास वर्षभन्दा बढी समयदेखि पोखरी वरपर त्यस्ता पसल सञ्चालन भइरहेकाले वैकल्पिक व्यवस्था नहुँदासम्म खाली गराउन कठिन हुने बताए । उनले वैकल्पिक व्यवस्था कसले गरिदिने भन्नेबारे मुख्यमन्त्री सिँहलाई भने केही सुझाएनन् । मुख्यमन्त्री सिँहले जानकी मन्दिर परिसरमा शौचालय तथा खानेपानी व्यवस्थाको समेत अवलोकन गरेका छन् । उनले प्रदेश सरकारले विनियोजन गरेको शौचालयको बजेट जानकी मन्दिर परिसरमा शौचालय निर्माणमा खर्च गर्ने व्यवस्था मिलाउन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलाई निर्देशन दिए । मुख्यमन्त्री सिँहले मन्दिर पछाडि अधुरो अवस्थामा रहेको आवासीय संरचनालाई पूर्णता दिएर पर्यटक आवासगृह बनाउन सकिने बताए । साभारः यात्राडेली
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
14 घन्टा पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
14 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
16 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
2 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
2 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
2 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..