सामी कार्यक्रम सम्बन्धी नेपाल प्रहरी संग अभिमुखिकरण
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
पुस २८ गते ।
सुरक्षित बैदेशिक रोजगारका क्षेत्रमा काम गरी रहेको मित्र धनुषा अन्तरगत संचालित सुरक्षित आप्रवासन परियोजना(सामी) कार्यक्रम सम्बन्धी बिहिबार जिल्ला प्रहरी कार्यालय धनुषामा नेपाल प्रहरी संग अन्तरक्रिया तथा अभिमुखिकरण सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नेतृत्वमा सेवा प्रदायक संस्था मित्र धनुषा द्वारा सञचालित सुरक्षित आप्रवासन (सामी) परियोजना कार्यक्रम अन्तरगत एलएमबीआइृएसको बजेट उपशिर्षक अन्तरगत अभिमुखिकरण कार्यक्रम अन्तरगत प्रहरी संग सो अन्तरक्रिया गरिएको हो । सुरक्षित बैदेशिक रोजगारका लागि पिडितहरुको हितमा प्रहरी प्रशासनले गरिरहेको कामलाई थप प्रभावकारी बनाउन गरिएको सो अभिमुखिकरणमा धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले बेदेशिक रोजगारीलाई शोषण रहित बनाउन नेपाल प्रहरीको भुमिका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उहाँले बैेदेशिक रोजगारका क्षेत्रमा कानुनी प्रावधान, सहकार्यका क्षेत्रहरु, प्रहरीको भुमिका, समस्या तथा समाधानका उपायहरु लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगार र सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्बन्धी छलफल गरी साझा बुझाई निर्माण गर्ने तथा आप्रवासी स्रोत केन्द्र र जिल्ला प्रहरी कार्यालय बीच सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा सहकार्यका लागि सम्भावनाहरुको पहिचान गर्ने थियो ।
सो अभिमुखिकरणमा धनुषाका साहायक प्रमुख जिल्ला अधिकारी ध्रव प्रसाद कोइरालाले वैदेहिक रोजगार ठगीमा कानुनी व्यवस्था र प्रमुख जिल्ला अधिकारीको भूमिका विषयमा प्रस्तुतीकरण गर्दै बैदेशिक रोजगार ऐन २०६४(संशोधन सहित)मा प्रमुख जिल्ला अधिकारीको भूमिका तथा वैदेशिक रोजगारका समस्या समाधानका लागि भएको पहलहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।सो कार्यक्रममा धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले वैदेशिक रोजगार बिभाग र प्रहरी÷सीआईबी वीच भएको सम्झौता बमोजिम सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा प्रहरीको भूमिका साथै वैदेशिक रोजगारसँग सम्बन्धित मुद्दाहरु समाधानमा प्रहरी र आप्रवासी स्रोत केन्द्र बीचको सम्भावित सहकार्यको क्षेत्रहरुका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आप्रबासी स्रोत केन्द्रको सेवाहरु र हालसम्म प्राप्त भएका प्रगती तथा मुद्दाहरुको अवस्थाका विषयमा जिल्ला कार्यक्रम संयोजक सौरभ कर्णले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले भन्ुनु भयो,‘ स्थानिय एजेन्टहरु हुन जसले यस जिल्लाको ग्रामिण तथा अति विपन्न परिवारहरुलाई पनि वैदेशिक रोजगारीमा पठाएको छ । जसले गर्दा यस जिल्लाको बिभिन्न गाउँहरुमा पक्कि घर, वोडिङ्ग स्कुल, बिभिन्न किसिमका पसलहरु, सवरी साधनमा बृद्धी, संचारमा पहुच तथा मानिसहरुको दिनचर्यामानै फड्को मारेको छ । बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार नेपालको ७७ औं जिल्ला मध्ये यो जिल्ला लागातार ५ बर्ष देखी प्रथम स्थानमा रहे छ । तर रेमिटन्स भित्राउनमा दोस्रो स्थानमा छ । जसको प्रमुख कारण विना सुचना तथा सीपको विदेशिनु जसले गर्दा धनुषावासीहरुलाई विभिन्न किसिमका समस्या तथा चुनौतीहरुको सामना गर्र्नुु परिहेको छ । कामादारहरु समस्यामा परेका बेला सहयोगको लागी एजेन्टहरुलाई सम्पर्क गर्न खोज्दा मोवाईल नउठाउनु, स्विच अफ गर्नु, नम्बर परिवर्तण गर्नु आदी जस्ता समस्याहरु देखा परि रहेको हुन्छ । यस्ता एजेन्टहरुले गर्दा धनुषावासीहरुलाई विभिन्न किसिमका समस्याहरुको सामना गर्र्नुु परिहेको छ ।
प्राय जसो पिडित र पिडक पनि स्थानिय हुन्छ । समस्यामा परेका मानिसहरु स्थानिय भएको कारणले गर्दा स्थनिय स्तरमै समस्या सामाधान होस चाहना पडितको हुन्छ ।’उहाँले २०८१ साउन देखि मंसिर सम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । यो अवधीमा धनुषाबाट १७ हजार घसय ७३ जना बैदेशिक रोजगारीमा गएको जानकारी दिदै उहाँले ७ हजार ४ सय ५८ जनालाई सुचनामा पहूँच भएको बताउनु भयो ।
त्यस्तै बैदेशिक रोजगारको शिलसिलामा पिडित भएकाहरु मध्ये २ करोड १७ लाख ४८ हजार ६ सय रुपैया आर्थिक साहायत दिलाउन सफल भएको जनाउनु भयो । कार्यक्रममा जनकपुरधाम उप–महानगरपालिका वन शाखा अधिकृत तथा सामी कार्यक्रम फोकल पर्सन सुभाष चन्द्र शर्माले प्रत्येक दिन ११०० देखी १५०० सम्म नेपालीहरु वैदेशिक रोजगारीको लागी त्रिभूवन अन्तराष्ट्रिय विमान स्थल काठमाण्डौंबाट उड्ने गरेको बताउनु भयो । उहाँले दिएको जानकारी अनुसार नेपालको ८० प्रतिशत घरधुरी प्रत्यक्ष रुपमा वैदेशिक रोजगारी संलग्न छ । धनुषा जिल्लाको संदर्भमा ८५ प्रतिशत घरधुरी प्रत्यक्ष रुपमा वैदेशिक रोजगारीमा संलग्न छ ।
यस जिल्लाको ग्रामिण भेग तथा सदरमुकामबाट टाढाका मानिसहरु पनि बैदेशिक रोजगारीबाट फाईदा उठाइरहेको छ । यी साकारत्मक पक्ष हुन भने यसका केही नाकारात्मक पक्षहरु पनि छन् । जसले गर्दा अहिले जनकपुरधाम उप–महानगरपालिकाले गत अ.ब.मा यस पालिका वार्ड नं.१६, १७, १८ र १९ मा गणकहरु खटाएर वैदेशिक रोजगारको तथ्याङक संकलन गरेको थियो । जसमा विभिन्न समस्याहरु रहेका थिए । जसलाई ध्यानमा राखि यस आ.व.मा सचेतनामूलक कार्यक्रमहरु सुचारु गर्नका लागि १५ लाख भन्दा बदी बजेट विनियोजन गरेको हो । साथै यस आ.ब.मा पनि अन्य वार्डहरु पनि वैदेशिक रोजगारको तथ्याङक संकलन गर्ने योजना समेत गरेको छ ।
सामी परियोजनाले बैदेशिक रोजगार संग सम्बन्धीत सूचनामा पहूँच, न्यायमा पहूँच, मनोसामाजिक परामर्श, वितिय साक्षरता सेवा,सपिमा पहुँच, रिटर्नी स्वयंसेवक परिचालन लगायतका क्षेत्रमा काम गर्दै आएको छ । सो कार्यक्रममा सामी पालिकाका इलाका प्रहरी कार्यालयबाट ईन्चार्जहरु , जिल्ला प्रहरी मुद्दा शाखाका प्रमुख , जिल्ला प्रशासन कार्यालयका मुदा फाँटका कर्मचारी, सेवा प्रदायक संस्थाका प्रतिनिधि , आप्रवासी नेटवर्कका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
2 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
3 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
3 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
4 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
4 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
1 महीना पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..
2 महीना पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..