४० किलो चामलले तीन कट्ठा घरघडेरी लिलाममा
6 वर्ष पहिले प्रकाशित
Smrititimes
महोत्तरी — भोक मेटाउन साहुबाट उधारोमा लिएको चामलले महोत्तरी धिरापुरकी तेतरीदेवी सहनीले कुनै दिन परिवारकै उठीबास हुन सक्छ भन्ने सोचेकी पनि थिइनन् । तर त्यही उधारो चामलले उनको परिवार अहिले बिखलबन्दमा छ ।
मटिहानी नगरपालिका–१ धिरापुरकी तेतरीले गाउँका साहु जगदीश साहसँग सात वर्षअघि ४० किलो चामल उधारो लिएकी थिइन् । त्यसबापत जगदीशले सादा कागजमा तेतरीको औंठाछाप लगाएका थिए । चामल लिएको एक वर्षपछि साहले पैसाको ताकेता गर्न थाले । तेतरीले गाउँकै अर्का व्यक्तिसँग ऋण मागेर २० हजार जगदीशलाई बुझाइन् । तर हिसाब चुक्ता भए होला भनेर सोचेकी तेतरीलाई एक वर्षपछि अर्को झड्का लाग्यो । २० हजार दिएको वर्ष दिनपछि फेरि जगदीशले तेतरीसँग ९ लाख लिनु छ भन्दै कागज देखाएर पैसा माग्न र धम्काउन थाले । खाँदै नखाएको ऋणको कागज देखाउँदा आफू छाँगाबाट खसे जस्तै भएको तेतरी बताउँछिन् ।
तेतरीले पटकपटक आफूले पैसा नलिएको र चामलको पैसा दिइसकेको भन्दै पञ्चायत राखिन् । पञ्चायतमा तेतरीले पैसा नतिर्ने बताएपछि जगदीशले तेतरीविरुद्ध एक वर्षअघि महोत्तरी जिल्ला अदालतमा मुद्दा नै हाले । तेतरीले फेरि पञ्चायत बोलाइन् । तेतरीबाट १ लाख लिएर गाउँ पञ्चायतले मुद्दा फिर्ता लिन आग्रह गरेपछि जगदीशले सहमति जनाउँदै गाउँलेकै अगाडि उनीसँग १ लाख रुपैयाँ लिए । ऋण गरेर जगदीशलाई १ लाख बुझाइसकेकी तेतरीविरुद्धको मुद्दा जगदीशले भने फिर्ता लिएनन् । अनेक जालसाजी कागजात पेस गरेर अदालतमा उनी झनै बलियो रूपमा उभिए । मुद्दा किनारा लाग्ने क्रममा अहिले महोत्तरी जिल्ला अदालतले तेतरीको तीन कट्ठामा रहेको घरघडेरी लिलाम गर्न आदेश दिएको छ । अदालतले समेत घर खाली गर्न पत्र दिएपछि आफू राज्यबाट समेत चरम अन्यायमा परेको तेतरी बताउँछिन् । जगदीशले आफूलाई पटक–पटक घरबाट निस्कन धम्की दिएकाले उनी अहिले जिल्ला प्रशासन कार्यालयदेखि अन्य निकाय र व्यक्तिलाई गुहार गरिरहेकी छन् ।
जिल्लामा जगदीशजस्तै मिटरब्याजीको समूह नै सक्रिय रहेका कारण गरिब तथा विपन्न समुदायको उठीबास लाग्दै आएको छ । महोत्तरीमा झूटा तमसुक बनाएर गरिबको शोषण गर्ने क्रम रोकिएको छैन । मिटरब्याजीको परिचय बनाएका धिरापुरका अर्का व्यक्ति विनोद साहको दबदबा अन्य पालिकामा समेत छ । विनोदले आफूमाथि अन्याय गरेको पिपरा गाउँपालिका अतराका रामसागर मण्डलको भनाइ छ ।
चार वर्षपहिले उनले घरव्यवहार चलाउन विनोदसँग डेढ लाख ऋण लिएका थिए । डेढ लाखको ब्याज जोड्दै ६ लाख रकम बुझाइसक्दा पनि विनोदले ४० लाख तिर्नुपर्ने भन्दै धम्क्याइरहेको मण्डलले बताए । अहिले विनोदले ४० लाख तिर्न दबाब दिँदै जेल जान तयार हुनू भनेर डर देखाउने गरेको मण्डलले गुनासो गरे । मटिहानी धिरापुर घर भएका मिटरब्याजी भनेर चिनिने एकै परिवारका जगदीश साह, विनोद साह र राजकुमार साहले धिरापुरको एकै टोलका गरिब तथा दलित २५ परिवारको उठीबास लगाउन खोजेको पीडित उर्मिला देवीको भनाइ छ ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
5 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
5 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
5 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
5 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
5 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
5 दिन पहिले
बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि भायानेटद्वारा ..
जनकपुरधाम भदौँ २३ गते । भाईनेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायक..
28 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश à¤..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
1 महीना पहिले
बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद
जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल à¤..
2 महीना पहिले
भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त
जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ कà¤..
2 महीना पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
2 महीना पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका कà¤..
2 महीना पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..