रोशनीको शंकास्पद मृत्यु बारे प्रहरीद्वारा अनुसन्धान शुरु

2 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम,
मंसिर १४ गते ।
जनकपुरधाममा बिहिबार साँझ शंकास्पद मृत्यु भएको रोशनी झाको घटनाबारे धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको छ । धनुषाका एसपी रुगम बहादुर कुँवरले आइतबार विहान आफंै घटनास्थलको निरीक्षण गरेका छन् । उनले प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार रोशनीले आत्महत्या गरे जस्तो नदेखिएको सञ्चारकर्मीहरुलाई जानकारी दिए । उनका अनुसार पोस्टमार्टमको रिपोर्टले थप कुरा पुष्टि हुनेछ । प्रहरीले सुक्षम तरिकाले घटनाको छानविन गरिरहेको र घटनामा संलग्न दोषीलाई कारबाही हुने उनले प्रतिबद्धता जाहेर गरे । ‘हत्याका आरोपीहरुले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेकाले घटना शंकास्पद बनेको छ’,रोशनीका मामा पंकज झाको आरोप छ ।

ससुराली पक्षले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाएका छन् । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ । प्रहरीले जलेको अवस्थामा फेला परेका अवषेशहरुको नमूना परिक्षणका लागि पठाएको छ । यता रोशनीको श्रीमान प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन जिल्ला प्रहरी कार्यालय धनुषा पुगे पनि प्रहरीले जाहेरी लिन नमानेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

पछि पिडित पक्षले किटानी जाहेरी समेत दर्ता गराएको छ । रोशनीको घाँटी थिचेर हत्या गरिएको र प्रमाण नष्ट पार्न कपडा तथा अन्य सामान जलाइएको दाबी गर्दै माइतीपक्ष न्याय दिलाउन प्रहरीसँग माग गरेकी छन्। घटनास्थलमा जलाइएका अवशेषहरू फेला परेको र आरोपीहरूले पटक–पटक अभिव्यक्ति परिवर्तन गरेको रोशनीका मामा पंकज झाले बताएका छन्।
घटनामा आरोपिका आफन्तहरु डा.धिरज झा, मिश्राको बहिनी र भिनाजु लगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए । उनिहरुले घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । रोशनीको माइत पक्षका आफन्तहरु रोशनीको ससुराली पुग्दा ससुराली पक्षले ‘फाँसी’ लागेको बताएपछि घटनाले शंकास्पद मोड लिएको छ । रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको माइती पक्षले आरोप लगाउँदै न्याय गुहारेका छन् । यता, प्रहरीले अनुसनधानका लागि मृतक रोशनीका श्रीमान प्रशान्त मिश्रा तथा उनका ससुरा रुद्रनारायण मिश्रलाई नियन्त्रणमा लिएको हो ।

12 comments
विपत्ति व्यवस्थापन सम्बन्धी तालिममे सशस्त्र प्रहरी नाय..

  जनकपुरधाम पुस २९ गते । सशस्त्र प्रहरी बल, नेपालक नायब निरीक्षक अजीत कुमार झा विपत्ति व्यवस्थापन सम्बन्धी तालि..

2 दिन पहिले

गोगलप्रसाद नमुना माविका नयाँ भवन उद्घाटन

जनकपुरधामपुस २६ गते । गोगल प्रसाद नमुना मा.वि. जनकपुरधाम –२४,बसहियामा नवनिर्मित दुईकोठे कक्षाकोठा भवनको शनिवा..

5 दिन पहिले

धनुषामेँ जमीन अतिक्रमण विवाद : झड़पमेँ ८ गोटे घायल, ७ सेल ..

  जनकपुरधाम, पुस २६ गते । धनुषा जिलाक मिथिला नगरपालिका–२ सुकजोरस्थित सन्त रामपाल आश्रमक आगे झड़प भेल अछ..

5 दिन पहिले

मारवाडी युवा दिवसमा रक्तदान लगायत विविध कार्यक्रम गरिय..

जनकपुरधाम पुस २६ गते –जनकपुरको मारवाडी युवा मञ्चले मारवाडी युवा दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ..

5 दिन पहिले

गर्भवती तथा बृद्धालाई ओरेकको स्नेहपुर्ण किट वितरण

जनकपुरधाम पुस २५ गते ।महोत्तरीको जलेश्वर नगरपालिका ३ खेरामा संचालनमा रहेका स्नेह केनद्र संग सम्बन्धित महिलाहर..

6 दिन पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..